logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २० मिनेट अघि
बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो। भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने सार्वजनिक हुन बाँकी छ।