प्रभातफेरी अनलाइन११७३ पटक पढिएको | २०७० बैशाख २१, शनिबार
बनेपा ÷ वेलर इन्टरनेशनल एकडेमी आएका कोरियाली पाहुना फर्किएका छन् । विगत ३ बर्षदेखि शैक्षिक गतिविधी र सास्कृतिक आदाप्रदान गर्दै आएको दक्षिण कोरियाको थेवोङ हाइस्कुलका प्रधानाध्यापक यो ते जोनको नेतृत्वमा आएको ५२ सदस्यीय टोली १५ दिन नेपाल भ्रमण गरेर फर्किएको हो ।
नेपालमा रहँदा उनीहरुले काभ्रे, पोखरा, तनहुँ लगायतका क्षेत्र पुगेर त्यहाँको संस्कृति, परम्परा, शैक्षिक अवश्था, जीवनशैली र कृषिक्षेत्र बारे अध्ययन तथा अनुगमन गरेको थियो । भ्रमण दुई देशका विद्यालय विचको शैक्षिक तथा सास्कृतिक आदानप्रदान फलदायी भएको विद्यालयका प्रवन्ध निर्देशक पवन थापाले विश्वास व्यक्त गरे ।