Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘नेपाली कलाकारको पारिश्रमिक हलिउड, बलिउडक कलाकारसँग तुलना गर्नु हुँदैन’ मेलिना मानन्धर, नायिका

प्रभातफेरी अनलाइन २९५५ पटक पढिएको प्रकाशित मिति: २०७० माघ २६, आईतबार (९ साल अघि)
‘नेपाली कलाकारको पारिश्रमिक हलिउड, बलिउडक कलाकारसँग तुलना गर्नु हुँदैन’ मेलिना मानन्धर, नायिका

० हाल के गर्दै हुनुहुन्छ ?
हाल म दुईवटा फिल्मको सुटिङमा व्यस्त छु । कृषा गौतमी र धम्मवति । धम्मवतिको सुटिङ भर्खर सकिएको छ भने कृषा गौतमीको सुटिङ भइरहेको छ ।
० यी फिल्मका कथावस्तु कस्ता छन् ?
यी दुवै फिल्मका कथावस्तु प्रेम सम्बन्धी रहेका छन् ।
० अहिले बनेका धेरै फिल्महरुमा यूवा पुस्ताको प्रेमप्रसङ्गलाई बढी देखाइएको छ किन होला ?
हरेक चिजको एउटा समय हुन्छ । पहिला पहिला निर्माण भएका फिल्ममा गाउँको जमिन्दार, मुखियाले शोषण गरेको देखाइन्थ्यो । अहिले जमिन्दार र मुखियाको स्थान राजनैतिक दलका नेताहरुले लिएका छन् । पहिला खुलेर प्रेम व्यक्त गर्न नसकिने हुनाले सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने गर्दथे तर अहिले समय धेरै विकसित भइसकेको छ र खुलेरै प्रेम व्यक्त गर्न सकिन्छ ।
० तपाइले पनि अन्तर्जातिय प्रेम विवाह गर्नुभयो । कत्तिको संघर्ष र चुनौतीहरु हुँदा रहेछन्, अन्तर्जातिय विवाहमा ?
मलाई त यो समाजमा दुईवटा मात्र जात हुन्छ जस्तो लाग्छ । एउटा महिला र अर्काे पुरुष । आफूले जिवन बिताउने मान्छेसँग मन, मुटु र विचार मिल्छ भने त्यो मान्छे जुनसुकै जातको भएपनि केही फरक पर्दैन । तर अन्तर्जातिय विवाहमा सजातिय विवाहमा भन्दा केही बढी नै संघर्ष र चुनौती हुन्छ नै ।
० नेवार परिवारमा जन्मेर हुर्केकी यूवती ब्राह्मण रितिरिवाज र परम्परामा घुलमिल हुन त गाह्रो भयो होला नि ?
निश्चय पनि ब्राह्मण, क्षेत्री र नेवारको रितिरिवाज धेरै फरक हुन्छ । म पनि बिस्तारै घुलमिल हुँदै गएँ । मलाई श्रीमान् मुकेश ढकालले धेरै कुराहरु सिकाउनुभयो । हाम्रो परिवारमा आधा क्षेत्री, ब्राह्मणको र आधा नेवार समुदायको रितिरिवाजको मिश्रण छ ।
० घरका परिवारलाई पनि नेवारी परम्परामा लिएर आउनुभयो ?
काम गर्दै जाँदा अनायासै नेवारी परम्परा अनुसार काम गर्न पुगिन्छ र त्यसलाई परिवारका अन्य सदस्यहरुले अन्यथा लिनुहुन्न ।
० कति समय चल्यो तपाइहरु बीचको प्रेम सम्बन्ध ?
हामी बीचमा दुईवर्ष प्रेम सम्बन्ध भएपछि हामीले विवाह गरेका हौं ।
० शुरुमा प्रेम प्रस्ताव कसले राख्नुभयो ?
हामीले एकैपटक प्रेम प्रस्ताव राखेका होइनौं । एकअर्कालाई राम्रोसँग बुझेपछि हामी बीच प्रेम सम्बन्ध स्थापित भएको हो र पहिलो प्रेम प्रस्ताव मुकेशजीले राख्नुभएको हो ।
० कस्तो श्रीमान्को कल्पना गर्नुभएको थियो ?
मेरो पेशालाई बुझ्ने मन विचार मिल्ने श्रमितीको भावनाको कदर गर्ने यस्तै श्रीमान्को कल्पना गरेको थिएँ, जो मुकेशजीमा यी सबै कुराहरु पाएँ ।
० श्रीमान्, श्रीमती दुइवटैको एउटै पेशा हुँदा कत्तिको सजिलो हुन्छ ?
धेरै नै सजिलो हुन्छ । मैले नजानेको कुरा उहाँले सिकाउनुहुन्छ ।
० श्रीमान्ले अरु नायिकासँग अँगालो मारेर हिँडेका देख्दा नरमाइलो लाग्दैन ?
कलाकार भएपछि जस्तो पनि अभिनय गर्नुपर्छ । श्रीमान्ले फिल्मी पर्दाको लागि कुनै नायिकासँग अँगालोमा बाँधिनुहुन्छ भने म पनि त फिल्मको लागि अरु नै नायकसँग नाँचिरहेकी हुन्छु नि !
० अहिले नेपालमा यौन विषय सम्बन्धी फिल्महरु बन्ने क्रम तीव्र छ के यो समयको माग हो ?
अलिकति समयको पनि माग हो र अलिकति विदेशी फिल्महरुको पनि प्रभाव हो । पहिला नायिकाको पिड्युँला देख्दा जिब्रो टोक्ने दर्शकहरु अहिले मिनिस्कर्टमा नाचेको दृश्य हेर्न कुनै लाज मान्दैनन् ।
० के त्यस्ता फिल्महरु परिवारका सदस्यहरुसँगै बसेर हेर्न सकिन्छ ?
अवश्य पनि सकिँदैन तर बलिउड र हलिउडका छाडा फिल्म हेर्न लाज नमान्ने नेपाली दर्शकहरुले यौन विषयमा निर्माण भएका नेपाली फिल्मलाई छाडा फिल्म भन्न मिल्दैन । हुनसक्छ, फिल्मको प्रस्तुतिकरण राम्रो भएन होला तर त्यसको लागि त निर्माता तथा निर्देशकलाई मार्ग निर्देशन दिन सकिन्छ नि !
० नेपाली कलाकारहरुको पारिश्रमिक धेरै नै कम छ भन्छन् । तपाई आफ्नो पेशा र पारिश्रमिक प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नेपालमा कलाकारहरुको मात्र होइन अरु पेशामा पनि पारिश्रमिक कम छ । नेपाली कलाकारहरुको पारिश्रमिक बलिउड, हलिउडका कलाकारहरुको पारिश्रमिकसँग तुलना गरेर हुँदैन । म आफ्नो पेशा प्रति पूर्ण सन्तुष्ट छु ।
० नव नायिकाहरुको शोषण गरिन्छ, उनीहरुलाई उचित पारिश्रमिक दिइँदैन भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा सँधै चर्चाको विषय बन्छ, यसमा तपाइको के विचार छ ?
अरुले पारिश्रमिक पाए पाएनन् उनीहरुको शोषण हुन्छ, हुँदैन त्यो त मलाई थाहा छैन तर मैले पहिलो फिल्म प्रियसीदेखि नै उचित पारिश्रमिक पाएकी छु र सबैबाट सम्मान पाएकी छु ।
० निर्माताहरु फिल्मको बजे कम बनाउन कलाकारहरुलाई सुटिङ स्पटमा निम्न गुणस्तरको खाना खुवाउँछ रे नि !
यो कुरामा केही सत्यता छ । सुटिङ स्पटको खानेकुरामा निर्माण पक्षको ध्यान आकर्षित हुनु जरुरी छ ।
० तपाइले हालसम्म कतिवटा फिल्ममा अभिनय गर्नुभयो ?
करीब ६५–७० वटा भयो होला ।
० कतिवटा म्युजिक भिडियो र टेलिफिल्म खेल्नुभयो ?
टेलिफिल्म ३ वटा र म्युजिक भिडियो १५ वटा जतिमा अभिनय गरें ।
० फिल्म र टेलिफिल्ममा कुनबाट चाँडै लोकप्रिय भइन्छ ?
मलाई त फिल्म भन्दा टेलिफिल्मबाट चाँडै लोकप्रिय भइन्छ जस्तो लाग्छ । फिल्म हेर्नेको संख्या भन्दा टेलिफिल्म हेर्नेको संख्या बढी छ । अझै पनि कयौं दर्शकहरु मलाई करुणा टेलिफिल्मको पात्र करुणा भनेर चिन्छन् ।
० आफूले खेलेको फिल्म मध्ये तपाईलाई सबैभन्दा बढी मन परेको फिल्म हुन हो ?
निर्देशक किशोर रानाद्वारा निर्देशित फिल्म घुम्टो, मलाई मनपर्ने फिल्म हो ।
० कुन पोशाक आफूलाई सुहाउँछ जस्तो लाग्छ ?
कुर्ता सुरुवाल
० कलाकार नबनेको भए आज तपाइ के गर्दै हुनुहुन्थ्यो होला ?
मेरो सानो देखिको रुचि डाक्टर बनेर बिरामीको सेवा गर्ने थियो । अनायासै फिल्मी क्षेत्रमा आइयो । अहिले यसैलाई आफ्नो रुचि र पेशा बनाएकी छु ।
० तपाई कसलाई आफ्नो आदर्श व्यक्ति भन्न रुचाउनुहुन्छ ?
मेरो दिदी, सुशिला मानन्धर ।
० कुन निर्देशकसँग काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
निर्देशक तुलसी घिमिरे ।
० नेपालको कुन स्थानमा घुम्न जान रुचाउनुहुन्छ ?
मुक्तिनाथ ।
० तपाइ आफूलाई कत्तिको सुन्दर छु जस्तो लाग्छ ?
हेर्नेको नजरमा भरपर्छ । मलाई त म सुन्दर छु जस्तो लाग्दैन ।
० अहिलेको यूवा यूवतीको प्रेमलाई तपाइ के भन्नुहुन्छ ?
अहिले साँचो माया गर्ने प्रेमिप्रेमिका पाउन गाह्रो छ । अधिकांश पुरुषहरु यौन चाहना पूरा गर्न प्रेमको नाटक गर्छन् भने महिलाहरु पनि पैसावाल केटाहरु प्रति बढी अकर्षित हुन्छन् ।
० प्रेम के हो ?
प्रेम नभइ नहुने तथा व्यक्त गर्न नसकिने चिज हो ।
० सेक्स के हो ?
प्रकृतिको वरदान र वंश जोगाउनको लागि चाहिने अपरिहार्य कुरा हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0