logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

गम्भीर समस्याका रुपमा असुरक्षित गर्भपतन

प्रभातफेरी अनलाइन२६२८ पटक पढिएको | २०७० फागुन ९, शुक्रबार
गम्भीर समस्याका रुपमा असुरक्षित गर्भपतन

सरकारले गर्भपतनलाई कानूनी मान्यता दिए पनि काभ्रेका अधिकांश क्षेत्रहरुमा आफ्नो ज्यानै जोखिममा पारी असुरक्षित गर्भपतन गराउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । सुरक्षित गर्भपतनका बारेमा जनचेतनाको कमी तथा अप्ठ्यारा सामाजिक मान्यताले यस जिल्ला युवतीहरु लुकिछिपि असुरक्षित गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीहरुले नै बताएका छन् ।
विवाहित महिलाहरु भन्दा अविवाहित यूवतीहरु लुकिछिपि स्थानीय मेडिकलहरुमा आएर गर्भपतनको औषधी किनेर असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको काभ्रेका नीजि मेडिकल संचालकहरु बताउँछन् । यूवायूवती बीच असुरक्षित शारिरीक सम्बन्धबाट गर्भ रहेपछि विवाहित महिलाहरुको संख्यामा अविवाहिता यूवतीहरु पनि आउने गरेको स्वयम् मेडिकल संचालकहरु बताउँछन् ।
कानूनले मान्यता र छुट दिएको छ, सुरक्षित रुपले गर्भपतन गर्न जिल्ला अस्पताल जाउँ भन्छौ तर यूवतीहरु लाज र इज्जत जाने डरले जति पैसा तिरेर भएपनि ज्यान जोखिममा राखेर मेडिकलहरुबाट औषधी किनेर असुरक्षित गर्भपतन गर्ने गरेका छन् ।
अविवाहित यूवतीहरु पछिल्ला दिनहरुमा लुकिछिपि गर्भपतन गराउनेको संख्या बढ्दै गएपछि यूवायूवतीहरुमा शारिरीक सम्बन्धप्रति उनीहरुमा चेतनाको कमी भएको देखिन्छ ।
विशेषगरी हाइस्कुल लेवल तथा क्याम्पस पढ्ने उमेर समूहका यूवतीहरु बढी असुरक्षित शारिरीक सम्बन्धबाट गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरुको दाबी छ । यसरी असुरक्षित गर्भपतन गराउँदा अविवाहित महिलाहरुमा बाँझोपन आउन सक्ने सुत्केरी अवस्थामा पाठेघरमै सालनाल अड्किन सक्ने साथै बढी रक्तस्राव भएर मत्यु नै हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
नेपाल सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपनि विवाहित महिलाहरु विभिन्न स्वास्थ्य संस्थाहरुमा आएर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट गर्भपतन गराउने गरेका छन् भने अविवाहित यूवतीहरु लाजको डरले अस्पतालहरुमा नआउने गरेको मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
हामीहरु पनि अविवाहित यूवतीको गर्भपतन गराउँदा नाम गोप्य राख्छौं तर सरकारी अस्पतालमा बढी स्टाफ हुने भएकोले यस्तो कुराहरु सार्वजनिक हुने र बदनामी हुन्छ भन्ने डरले यूवतीहरु सरकारी अस्पताल भन्दा नीजि मेडिकलमा जान्छन् ।
आधुनिक सञ्चार माध्यमको विकाससँगै मोबाइल फोन इन्टरनेटको सुविधासँगै यूवा तथा यूवतीहरुमा यस्ता किसिमका विकृति तथा विसंगतिहरु दिनप्रतिदिन मौलाउँदै गएको जानकारहरु बताउँछन् ।