Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हस्तकलाबाटै मनग्य आम्दानी

प्रभातफेरी अनलाइन १४७६ पटक पढिएको प्रकाशित मिति: २०७० चैत्र ९, आईतबार (१२ साल अघि)
हस्तकलाबाटै मनग्य आम्दानी

कुनै पनि निर्जिव वस्तु आफैंमा पूर्ण आकृति हुदैन । त्यसमा विभिन्न सिप सिकेका व्यक्तिहरुको श्रम, सिप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । कुनै एउटा काठको टुक्रा भित्र सिकर्मिले झ्याल–ढोका र विभिन्न जनावर तथा देवीदेवताको आकृति देख्छ । ढुङ्गा त्यसै सडकमा फालिएको हुन्छ ।
एउटा मुर्तिकारले त्यसमा राम्रो मुर्ति र शालिक देख्छ । फलामको टुक्रामा लोहार ( फलामको काम गर्ने व्यक्ति ) ले हतियार, इञ्जिन, वा दैनिक आवश्यकिय सामानको चित्र देखेको हुन्छ ।
त्यस्तै सुनार ( सुनचाँदीको काम गर्ने ) ले सुनचाँदीको टुक्रामा विभिन्न आकृतिका महङ्गा गरगहना देख्छ । यहि देखाईले गर्दा नै ऊ भविष्यमा सफल बन्न सक्छ ।
नुवाकोट जिल्ला ओखरपौवा–६ का मानबहादुर लामाले बाँसका जरा र सल्लाका फलहरुमा विभिन्न आकृतिका मुर्तिहरु र उपहार सामाग्रिको स्रोत देखे, केहि वर्ष अगाडि । त्यतिखेरै देखि तिनीहरुमा उनले आफ्नो श्रम, सिप र समय खर्चिंदै गए । जसले बनायो उनलाई एक सफल हस्तकला व्यवसायी ।
उनकै प्रयासले बन्यो त्यहाँ म्हित्ङप हस्तकला उद्योग र आफूलाई त्यसका प्रोप्राइटर । पूख्र्यौली पेशा भए पनि अहिले सम्म त्यहाँ हस्तकला उद्योग खुलेको थिएन । लामाले यसलाई एउटा उद्योगको रुप दिए , २ वर्ष अगाडि । अहिले यसमा रोजगारी दिएका छन् , पाँच जना स्थानियलाई । ‘सिप सिकाउँदै रोजगारी दिदैं छु ।’ उनी भन्छन्–“ बाँसका सामानहरु दैनिक आवश्यकताका सामान भएकाले जो कसैलाई पनि आवश्यक पर्छ । तैपनि अहिले सस्ता प्लाष्टिकका भाडाहरु प्रति मानिसको आर्कषण वढ्दै गएको छ , बाँसका सामानहरु ओझेलमा छन् ।” आफूले केहि तालिम लिएर यस तर्फ लागेकाले काम गर्न भने सजिलो भएको उनको भनाई छ ।
गाउँ–घर तिर त्यतिकै खेर जाने गरेको बाँसबाट मानबहादुरले डोका, डाला , नाङ्ला, थुन्से, टोकरीहरु , खेलौनाहरु , भकारी तथा चाल्नुहरु बनाउनुका साथै सल्लाका फलहरुका आर्कषक उपहार सामाग्रि , फूल र पुतलीहरु बनाउँदै आएका छन् ।
त्यस्तै बाँसकै जराबाट बाघको आकृति बनाएका छन् । यसले त्यहाँ स्वदेशि तथा विदेशि दुवै खाले पर्यटकहरुलाई अवलोकन गर्ने वातावरण मिलेको उनको भनाई छ । यस्ता सामानहरु बनाउन सके बजारको अभाव नभएको मानबहादुर बताउँछन् ।
उनले अहिले यी सामानहरुलाई स्थानिय बजारका अतिरिक्त राजधानी सम्म पठाउने गरेका छन् । उद्योगले ठूलो रुप लिन सके देशका अन्य भेगमा पनि बाँसका सामानहरु पठाउने उनको योजना छ ।

अहिले सम्म उनलाई हस्तकलाको उद्योग संचालन गर्न कुनै पनि वितिय संस्थाले सहयोग नगरेको मानबहादुरले गुनासो गरे । नेपालका ७२ जिल्लामा बाँस पाइन्छ । सदुपयोग गर्न नसकेर त्यतिकै खेर गईरहेको बाँसको महत्व बुझेर सरकारले यसमा संलग्नहरुलाई आर्थिक , सिप सम्बन्धि र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो भएको लामाले बताए ।
नेपालमा मानबहादुर जस्ता करिव दश हजार जति व्यवसायीहरु छन् । जसले दैनिकजसो थुप्रै थरिका बाँसका आकृतिहरु बनाउँदै गरेका छन् । ती व्यवसायीहरुले गर्ने हस्तकलाको कामलाई २ भागमा विभाजन गरिएको छ । कपडाबाट बनाइने अन्र्तगत ढाका र यसबाट बनाइने सामानहरु पर्दछन् । ढाकाबाट झोला, टोपी , पुतली तथा अन्य यस्तै सामान बनाउनेहरु संलग्न छन् । त्यस्तै बाँस र काठबाट डालो, डोको, नाङ्लो , ढक्की ,विभिन्न जनावरका आकृति र पुरातत्व सँग सम्बन्धित अन्य सामान बनाउनेहरु पर्ने गरेको नेपाल हस्तकला महासंघकी जीना शाक्यले जानकारी दिनुभयो । अहिले महासंघबाट सदस्यता लिएर काम गर्नेहरु करिव १ हजार भन्दा वढि छन् । यो संख्या वर्षेनी वढ्ने गरेको महासंघले जानकारी दिएको छ । उनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु देशका विभिन्न प्रमुख शहरका अतिरिक्त विश्वका जापान, चीन , भारत लगायत ५० भन्दा वढि देशहरुमा निर्यात् हुने गरेको छ । वर्षेनी महासंघले राजधानीमा हस्तकला प्रदशनी पनि गर्ने गरेको छ । गएको वर्षको चैत महिनामा राजधानीको भृकुटीमण्डपमा महासंघले हस्तकला प्रर्दशनीको आयोजना गरेको थियो । यसमा करिव १ सय वटा स्टलहरु रहेको र ५० लाख भन्दा वढि रुपयाँ बरावरको कारोवार भएको महासंघले जानकारी गरायो ।
हस्तकला व्यवसायका लागि चाहिने कच्चा पद्धार्थको सहजताले गर्दा समग्रमा नेपालमा हस्तकलाको भविष्य राम्रो रहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पछिल्ला दिनहरुमा यसमा मानिसहरुको आर्कषण बढे पनि नेपालको अस्थिर राजनितिक अवस्थाले हस्तकला व्यवसायलाई पनि असर पारेको छ । राजनितिक अवस्थामा सुधार हुने हो र अहिलेका यूवा वर्गले पनि यसमा चासो राख्ने हो भने नेपालको थुप्रै जनशक्तिलाई यसले रोजगारी दिन सक्ने बताइएको छ । अन्य व्यवसायको जस्तै हस्तकला व्यवसायको पनि महत्व बुझ्न सके नेपालको जनशक्ति कामकै लागि विदेशिनु नपर्ने सम्बद्ध व्यवसायीहरुको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0