नगेन्द्र अधिकारी ÷ काभ्रे
घरायसी कामकाज र चुलोचौकोमा मात्र सिमित महिलाहरु अहिले सहकारीमा आवद्ध भएसँगै सकृय हुन थालेका छन् । आर्थिक तथा सामाजिक रुपमा समेत महिलाहरु आत्मनिर्भर भएका छन् भने महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । महिला आफैले पनि छुट्टै सहकारी सञ्चालन गरेर सफल भएका छन् । ठूलो संख्यामा महिलाहरु अहिले काभ्रेको सहकारी अभियानमा लागेका मात्रै छ्र्रैनन्, सहकारी क्षेत्रको जिल्ला नेतृत्वमा समेत पुगेका छन् ।
आफ्नै सकृयतामा सहकारी
जिल्लामा महिलाहरुकै सकृयतामा महिला सहकारी खुलेका छन् र त्यस्ता सहकारीले सफलता हासिल गरिरहेका छन् । जिल्ला डिभिजन सहकारी कार्यलय काभ्रेका अनुसार, काभ्रेमा रहेका करिव १२ सय सहकारी संस्था मध्ये ७७ सहकारी महिला आफ्नै सकृयातामा खोलिएका छन् । २१ विभिन्न बचत तथा ऋण, २६ नारी चेतना केन्द्रको सकृयतामा र ३० महिला विकास कार्यलयको अगुवाईमा गठन गरिएका सहकारी छन् । एकिन तथ्याङक नभएपनि जिल्लाभर १० हजार महिला प्रत्यक्ष रुपमा सहकारीमा आवद्ध छन् । अप्रत्यक्ष लाग्नेको संख्या पनि धेरै छ ।
यस्ता सहकारीले अहिले ग्रामिण स्तरमा सफलता हासिल गरेका मात्रै छैनन् सहकारीमा आवद्ध महिलाहरुको पहिचान पनि यस्ता सहकारी संस्था बन्न थालेका छन । सहकारीमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको सहकारी अधिकृत हरिप्रसाद पौडेल बताउँछन् । महिलाहरुले चलाएको सहकारी सफल समेत भएको बताउँदै उनले महिलाहरुले चलाएका सहकारीले महिला शसक्तिकरण र महिला विकासका क्षेत्रमा राम्रो काम गरेको बताए । “महिलाले चलाएका सहकारीले धेरै सफलता हासिल गरेका उदाहरण हामीसंग छ, महिलाहरु बचत तथ ऋणको प्रकृयामा सजग रहने भएकाले समेत महिलाले चलाएका यस्ता सहकारीहरु सफल भएका हुन् । ” उनले भने । सहकारीमा आवद्ध भएका महिलाहरु समयको ख्याल गर्ने र ऋण समेत समयमै बुझाउने समेत भएकाले यस्ता सहकारीहरु सफल भएको तर्क समेत गरे ।
सहकारीको जिल्ला नेतृत्वमा पनि महिला
जिल्लास्थित सहकारीको नेत्तृत्व तहमा पनि महिला पुगेका छन् । जिल्ला भरीका सहकारीहरुको संगठन जिल्ला सहकारी संघमा दुई जना महिला सदस्य छन् । नारी जागरण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी निर्मला श्रेष्ठ जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघकी समेत कार्यसमिति सदस्य हुन् । पञ्चकन्या महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष अम्विका हमाल पनि अहिले जिल्ला सहकारी संघको कार्यसमिति सदस्यको रुपमा काभ्रे जिल्लाको सहकारी आन्दोलनमा सकृय छिन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन काभे्रपलञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा समेत ३जना महिला सदस्य रहेका छन् । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तिर्थमाया श्रेष्ठ संघकी उपाध्यक्ष हुन् भने सत्यदेवी भट्टराई सञ्चालक सदस्य छिन् । जिल्ला सहकारी संघ र बचत संघको विभिन्न उपसमितिमा समेत महिलाहरुको सकृय सहभागिता छ ।
सहकारीकर्मी निर्मला श्रेष्ठ सहकारीमा महिलाहरुको राम्रो सहभागिता रहेको बताउँछिन् । सहकारीमा महिलाहरु आवद्ध आत्मनिर्भर समेत भएको उनले बताइन् । “पहिला सहकारीमा अघि बढ्ने महिलाई अर्कै नजरले हेरिन्थ्यो , अहिले त्यो अवस्थामा सुधार भएको छ । ” उनले भनिन् । सहकारीमा महिलाहरु आवद्ध भएपछि महिलाहरुको जीवन स्तर समेत सुधारिएको छ । सहकारीमा आवद्ध महिलाहरुले सञ्चालन गरेका विभिन्न व्यवसाय अहिले तिनै महिलाको आयश्रोत समेत बन्न थालेको छ । सहकारीले उपलब्ध गराउने ऋणले शुरु गरिएको कुखुरापालन व्यवसाय, तरकारी खेती, हस्तकला, सिलाईकटाई व्यवसाय अहिले उनीहरुको आयआर्जनको श्रोत हो । सहकारीमा लाग्ने महिलाहरुको संख्यामा समेत अहिले उल्लेख्य बृद्धि भएको छ । डिभिजन सहकारी कार्यलय काभ्रेको तथ्याङक अनुसार, हाल जिल्लाभर महिला सहकारीमा आवद्ध छन् ।
इन्द्रमायाको सफलता
डराउनेपोखरी–२, समुन्द्रेकी इन्द्रमाया लामालाई पहिले सामान्य किनमेल गर्न, माइत जाने खर्चको लागि समेत श्रीमानको भर पर्नुपथ्र्याे । श्रीमानले खटाएर दिएको रकमले उनले मन लागेको सामान किन्न समेत पाउँदिन थिइन् । श्रीमान्को भर परेर मात्र नहुने निष्कर्षमा पुगेकी उनले पछि आफैँ केही गर्ने अठोट गरिन् । त्यसैले उनले स्थानिय सगरमाथा नारी चेतना सिपमुलक सहकारी संस्थाबाट ३५ हजार ऋण लिइन् र वंगुरपालन शुरु गरिन् । उनले शुरु गरेको वंगुरपालनबाट न नाफा भयो न त घाटा नै । तर इन्दं्रमायाले हरेश खाइनन् । उनले आफ्नो केही गर्ने अठोटलाई मर्न दिइनन् र फेरी कुखुरा पालन शुर गरिन् । ३ सय वटा कुखुराका चल्ला ल्याएर उनले आफ्नो व्यवसाय शुरु गरेकी थिइन् । हालै मात्रै उनले ५ सय कुखुरा बेचिन् । अझै कुखुरा थप्ने सोचमा छिन् इन्द्रमाया ।
त्यति मात्रै हैन । उनले कुखुरा पालनको आम्दानी बाट १ रोपनीको घडेरी समेत जोडेकी छिन् । उनका छोराछोरी अहिले गाउकै ज्ञानोदय इङलिस बोर्डिङ्ग स्कुलमा पढ्छन् । छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाएकोमा उनी खुसी व्यक्त गर्छिन । कुखुरापालन गर्नकै लागि नजिकैको छत्रेबाँझ गाविसमा बसाँई सरेर आएकी इन्द्रमाया भन्छिन् “सहकारीले त हाम्रो लागि धेरै गरेको छ । सहकारीकै कारण महिलाहरु आर्थिक एवं सामाजिक रुपमा सक्षम भएका छन्” ।
उनी मात्र हैन, सहकारीकै सदस्यहरु एकमाया लामा, पोतेमाया लामा, धनमाया श्रेष्ठ, सावना श्रेष्ठले आफ्ना आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । पोतेमाया, धनमाया कुखरापालन गर्छन भने एकमाया लामाले तरकारी खेती गर्दे आएकी छिन् । सावना श्रेष्ठले पनि सहकारीकै लगानीमा पसल सञ्चालन गर्दै आइरहेकी छिन् । सहकारीले आफूलाई आर्थिक रुपमा निर्भर बनाएको उनीहरुको भनाई छ ।
डराउनेपोखरी गाविसका ९ वटा वडाहूलाई कार्यक्षेत्र बनाउको सगरमाथा नारी चेनता सिपमुलक सहकारी संस्थामा हाल ४ सय ७६ जना सदस्यहरु छन् । संस्थाकी अध्यक्ष रमिला अधिकारी सदस्यहरुले आर्थिक उन्नती गरेकोमा सन्तोष व्यक्त गर्छिन् । महिलाहरु मात्र सदस्य रहेको संस्थाका सदस्यहरुको प्रगति प्रति खुसी व्यक्त गर्दै उनी भन्छिन्, “महिलाहरुको लागि त सहकारी वरदान नै सावित भएको छ ।”
सहकारीले आफ्ना सदस्यहरुलाई व्यवसाय हेरी ३५ देखि ५० हजार सम्म ऋण दिने गरेको छ । सोही ऋणबाट महिलाले आफ्नो व्यवसाय सञ्चालन गर्दे आएका छन् ।
सिलाई कटाई
जिल्लाको उत्तरी क्षेत्र मण्डनभेगका महिलाहरु अहिले सिलाई कटाई तालिम लिएर उनीहरु आत्म निर्भर बन्दै आएका हुन् । परम्परागत रुपमा घर भित्रको काममा मात्र सिमित हुदैं आएका महिलाहरु अहिले सिपहरु सिकेर कमाई समेत गर्न थालेका छन् ।
गाउँमा बचत समुहहरु स्थापना गरे त्यस बाट ऋण लिँदै उनीहरुले व्यवसाय समेत गरिरहेका छन् । गाउँमै खोलिएको महिला विकास सहकारी संस्था र मेलम्ची खानेपानी आयोजनाल उनीहरुलाई सहयोग गरिरहेको छ । चण्डेनीमण्डन, महादेवस्थान, देउपुर, जैशिथोक र पाँचखालका करिब पाँच सय महिलाहरुलाई आत्म निर्भर बनाउने काम सहयोगी संस्थाले गरिरहेका छन् ।
संस्थाका अनुसार, यहाँका महिलालाई ६ महिने निःशुल्क सिलाई कटाई तालिम दिइएको छ । महिलाहरुलाई सजिलो होस् भन्ने अभिप्रायले कपडा सिलाउने मेशिन विशेष सहुलियतमा उपलब्ध गराइएको छ । महिलाहरुले यहाँबाट सिकेको सिपलाई सदुपयोग गरी व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । चण्डेनीमण्डनकी विमला नेपाल सिकेको सिपले आफुलाई आत्म निर्भर बनाएको बताउँछिन् । “सामान्य खर्चको लागि समेत श्रीमान् वा अरु कोहीको भर पर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त्यस्तो छैन, उनले भनिन्, “अहिले त्यस्तो छैन, आफुलाई चाहिएको खर्च गर्न पाएको छु । ”
मेलम्ची खानेपानी आयोजनाले आयोजना प्रभावित काभ्रेका पाँच गाविसमा महिला आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलाहरुलाई लक्षित गरि बाख्रा पालन कार्यक्रम समेत गाँउमा सञ्चालित छ ।
“गुरुआमा ” बन्न सिप सिक्दै
खनालथोक ७ की सितामाया तामाङ एकल महिला हुन् । प्रहरीमा रहेका उनका श्रीमान् मानसिक रोगी समेत थिए । उनको श्रीमान्ले आत्महत्या गरेको ६ महिना भयो । त्यसपछि नै ८, ७ र ३ बर्षका ३ जना छोरीको लालनपालन गर्ने अभिभारा उनकै काधमा आएको छ । श्रीमानका अन्य ३ जना दाजुभाई पनि छुट्टिएरै बसेका छन् । अंशवण्डा गर्दा करिव २ रोपनी बारी उनको भागमा पर्छ । अहिले १ रोपनी जग्गामा गोलभेँडा खेती गरेर उनले केही कमाइ गरिरहेकी छिन् तर यसको आम्दानीबाट उनलाई पुगेको छैन । हाल उनी लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरिरहेको ३ महिने मोटर ड्राइभिङ तालिम लिइरहेकी छिन् । तालिम लिइसके पछि संस्थाले जागिर समेत खोजिदिने बताएको छ । “३ जना लालाबालाको सम्पुर्ण जिम्मेवारी मेरै काँधमा आएकाले सीप सिके कमाएर खान सक्छु भने तालिम लिएको हुँ । ” उनले भनिन् ।
फुलबारीकी यमकुमारी भुजेल उमेरले ३४ भइन् । उनको १४ बर्षको छोरा र १ छोरी छन् । श्रीमान् घरमा नै मेल (कारखाना) चलाएर बसेका छन् । यो उमेरमा पनि जोश र जाँगरका साथ तालिममा बसेकी छिन् । “घरपरिवारको पनि हौसला छ । उनले भनिन् , “सिप सिकेर पछि यसलाई पेशा नै बनाउँछु । ”
सितामाया र यमकुमारी मात्रै हैन, स्थानीय हनुमान उच्च माविबाट कक्षा १२ उर्तीण पात्लेखेतकी दिपिका तिवारी पनि पछि ड्राइभिङ लाई नै पेशा बनाउने सोचमा छिन् । स्नातक तहमा भर्ना हुने तयारीमा रहेकी उनी समाजमा रहेको यो पेशा प्रतिको नकरात्मक सोच हटाउनमा पनि आफु लाग्ने बताउँछिन् । “यो आम्दानीका हिसाबले पनि राम्रो पेशा हो , उनले भनिन् “विहे गरेपछि पनि म त श्रीमान्लाई पनि सम्झाउँछु । ”
लक्ष्मी प्रतिष्ठान नामक संस्थाले पहिलो चरणमा ६८ जना महिलालाई “सेफ ड्राइभिङ तालिम ” दिइरहेको छ । ४ बर्षको अवधीमा काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौँ, भक्तपुर, ललितपुर, नुवाकोट र धादिङ जिल्लाका १ हजार महिलालाई दक्ष चालक बनाउने संस्थाको योजना छ ।
लक्ष्मी प्रतिष्ठान सडक दुर्घटनामा मृत्यु भएका आफ्ना दुई छोरा कुमार र बलराम गौतमको स्मृतीमा बाबु विष्णु गौतम र आमा लक्ष्मी गौतमले गठन गरेको संस्था हो । २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निमांण, युवा रोजगारी लगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
दक्ष महिला चालक उत्पादन गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम संञ्चालन गरिएको संस्थाका अध्यक्ष विष्णु गौतमले बताए । “चालककै कारण धेरै दुर्घटना हुने गरेका छन्, चालक दक्ष भयो भने दुर्घटनामा कमि ल्याउन सकिन्छ । उनले भने, “महिलाहरु इमान्दार र सजग पनि हुन्छन्, त्यसैले दुर्घटनामा कमि ल्याउन सकियोस् भनेर आफ्नै व्यक्तिगत खर्चमा तालिम चलाएका हौँ । ” तालिमको लागि ३ करोडको अनुमान गरिएको छ ।
तालिम अन्तर्गत मार्सल आर्टस, अटो मेकानिक, ट्राफिक जानकारी, अंग्रेजी भाषाको समेत तालिम दिइने गरिएको छ । आत्मसुरक्षाको लागि मार्सल आर्ट, प्रांविधिक पक्षको समेत जानकारी होस् भने अटो मेकानिक र ट्राफिक नियम बारे जानकारी दिने गरिएको छ । “नेपालमा धेरै पर्यटक आउँछन्, चालकले अ्रग्रेजी भाषा नजान्दा धेरै समस्या हुने गरेको छ, त्यसैले अंग्रेजीको भाषाको समेत कक्षा दिने गरेका छौँ । ” अध्यक्ष गौतमले भने । चालकको लागि छुट्टटै पोशाकको व्यवस्था समेत गरिएको छ । २०६९ साल फाल्गनु २४ गते उनीहरु तालिम सकेर सिपका साथ सडकमा देखिनेछन् । तालिम पश्चात आत्मनिर्भर बन्ने उनीहरुले मासिक २५ हजार सम्म कमाउन सक्छन् ।
महिलाको फरक काम
खसी पार्ने दिदी
पहिला उनको काम देखेर सबैले खिसी गर्थे । महिलाले पनि यस्तो काम गर्ने हो भनेर धेरैले उनलाई नराम्रो पनि भने । तर आज उनी सबैको लागि सम्मानित र इज्जतदार बनेकी छिन् ।
टुकुचा नाला गाविस–२ की बसन्ता जीसीलाई धेरैले महिलाले पनि खसी पार्छन् र भनेर व्यंग गर्थे । पुरुषले मात्र खसी पार्नुपर्छ भन्ने जमानामा उनले कुनै लाज, डर र हिनतावोध नलिई खसी पार्ने कार्यलाई जारी राखिन् । धेरैले त उनलाई महिलाले खसी पार्नु पाप गर्नु हो भनेर आलोचना पनि गरे । धेरैले यस्तो काम नगर भनेर सुझाव पनि दिए । तर उनले निरन्तर रुपमा विगत ७ बर्षदेखि खसी पार्ने कामलाई निरन्तरता दिएकी छिन् । आज सबैले खसी पार्नका लागि उनलाई बोलाउन थालेका छन् । ‘सुरुमा खसी पार्दा त मलाई पाप लाग्छ पनि भने, खिसी र ठट्टामा मेरो कार्यलाई पनि उडाएँ तर अहिले सबैले मलाई बोलाउँछन्, म पनि जान्छु, संघसंस्थामा पनि यही सक्रियताले राम्रै पद पाएको छु ।’– उनले विगत सम्झँदै भनिन् ।
नारी चेतना केन्द्र नेपालको सहयोगमा उनले २०६१ सालमा विराटनगरमा भेटनरी व्यवस्थापन तालिम लिएकी थिइन् । तालिममा सहभागी उनी एक मात्र महिला थिइन् । त्यसपछि उनले गाउँमा आएर खसी पार्न सुरु गरिन् । पहिला महिला मात्र फाट्टफुट्ट रुपमा खसी पार्न आउने भएपनि अहिले त धेरै पुरुषहरु आफै बोकालाई खसी पार्न घरसम्म पनि आईपुग्छन् । उनी कतिलाई त मलाई नै लाज छैन भनेर तपाईहरुलाई के को लाज भनेर सम्झाउँछिन् पनि नगेन्द्र अधिकारी ÷ काभ्रे

नारी चेतना केन्द्र नेपालको सहयोगमा उनले २०६१ सालमा विराटनगरमा भेटनरी व्यवस्थापन तालिम लिएकी थिइन् । तालिममा सहभागी उनी एक मात्र महिला थिइन् । त्यसपछि उनले गाउँमा आएर खसी पार्न सुरु गरिन् । पहिला महिला मात्र फाट्टफुट्ट रुपमा खसी पार्न आउने भएपनि अहिले त धेरै पुरुषहरु आफै बोकालाई खसी पार्न घरसम्म पनि आईपुग्छन् । उनी कतिलाई त मलाई नै लाज छैन भनेर तपाईहरुलाई के को लाज भनेर सम्झाउँछिन् पनि । उनले २ सयभन्दा बढी बोकालाई खसी पारिसकेकी छिन् र राम्रो आम्दानी पनि गरेकी छिन् । ‘मलाई महिला भएर खसी पार्ने काम गर्नु हुँदैन भन्ने लाग्दैन ।’–उनल थपिन् । खसी पार्न उनले श्रीमान् सुन्दर जिसीलाई पनि सिकाएकी छिन् । उनका श्रीमान् पनि खसी पार्छन् । उनीहरु समय मिलाएर पालैपालो खसी पार्न गाउँतिर जान्छन् । पहिला बाँच्नका लागि वाध्यतावश गरिएको कार्य उनीहरुका लागि अहिले व्यवसाय बनेको छ ।
पछिल्लो समयमा उनले गाउँकै सहकारीमा नेतृत्वदायी भुमिका पनि खेलिरहेकी छिन् । उनी नारी चेतना केन्द्र नेपालको सहयोगमा पुण्यमति नारी चेतना सिपमूलक सहकारी संस्थाको व्यवस्थापक पनि बनेकी छिन् । पहिला बोल्न समेत लजाउने उनलाई सबै महिलाले व्यवस्थापन गर्ने जिम्मा दिएका छन् । सुरुमा ५० रुपैयाँ बचत गर्ने उनले हाल मासिक ५ सय रुपैयाँ बचत गर्छिन भने सहकारीले उनलाई बाँच्नका लागि धेरै सहयोग गरेको छ । राम्रो कमाई पछि समाज र घर परिवारमा उनको झन इज्जत बढाएको छ ।
उनले भेटनरीका साथै गोठमल सुधार, सहकारी, लेखा व्यवस्थापन, अचार बनाउने लगायतका थुप्रै तालिमहरु समेत लिएको छिन् । उनको परिवारले ऋण लिएर पशुपालन, तरकारी खेती लगायका कार्य पनि गर्दै आएको छ । तरकारी, पशुपालन लगायतबाट भएको आम्दानीले उनले नयाँ घर पनि बनाएको छिन् । उनको परिवारले छोराछोरी दुवैलाई राम्ररी पढाउन पनि सकेको छ ।। उनले २ सयभन्दा बढी बोकालाई खसी पारिसकेकी छिन् र राम्रो आम्दानी पनि गरेकी छिन् । ‘मलाई महिला भएर खसी पार्ने काम गर्नु हुँदैन भन्ने लाग्दैन ।’–उनल थपिन् । खसी पार्न उनले श्रीमान् सुन्दर जिसीलाई पनि सिकाएकी छिन् । उनका श्रीमान् पनि खसी पार्छन् । उनीहरु समय मिलाएर पालैपालो खसी पार्न गाउँतिर जान्छन् । पहिला बाँच्नका लागि वाध्यतावश गरिएको कार्य उनीहरुका लागि अहिले व्यवसाय बनेको छ ।
पछिल्लो समयमा उनले गाउँकै सहकारीमा नेतृत्वदायी भुमिका पनि खेलिरहेकी छिन् । उनी नारी चेतना केन्द्र नेपालको सहयोगमा पुण्यमति नारी चेतना सिपमूलक सहकारी संस्थाको व्यवस्थापक पनि बनेकी छिन् । पहिला बोल्न समेत लजाउने उनलाई सबै महिलाले व्यवस्थापन गर्ने जिम्मा दिएका छन् । सुरुमा ५० रुपैयाँ बचत गर्ने उनले हाल मासिक ५ सय रुपैयाँ बचत गर्छिन भने सहकारीले उनलाई बाँच्नका लागि धेरै सहयोग गरेको छ । राम्रो कमाई पछि समाज र घर परिवारमा उनको झन इज्जत बढाएको छ ।
उनले भेटनरीका साथै गोठमल सुधार, सहकारी, लेखा व्यवस्थापन, अचार बनाउने लगायतका थुप्रै तालिमहरु समेत लिएको छिन् । उनको परिवारले ऋण लिएर पशुपालन, तरकारी खेती लगायका कार्य पनि गर्दै आएको छ । तरकारी, पशुपालन लगायतबाट भएको आम्दानीले उनले नयाँ घर पनि बनाएको छिन् । उनको परिवारले छोराछोरी दुवैलाई राम्ररी पढाउन पनि सकेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |