Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खोला किनाराका बस्तिलाई स्थानान्तरण गर

प्रभातफेरी अनलाइन २८३७ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ९, सोमबार (११ साल अघि)
Post Thumbnail

सुनकोशीमा पहिरो गएलगत्तै सुदूरपश्चिम क्षेत्रमा बाढीपहिरो गई विपत्तिको दुखान्त रुप आएको छ । १ सय ५० जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ भने प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न र पनि हुनसक्ने क्षतिलाई न्यूनिकरणको प्रबन्ध गर्न पूर्वतयारीको व्यवस्था भने राज्यले मिलाउन सक्ने थियो । हानी नोक्सानी घटाउने उद्देश्यको रणनीतिक तर्जुमा गर्नु जरुरी भैसकेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार व्यवस्था, प्रभावकारी राहत वितरण, घाइतेहरुको उपचार, विस्थापितहरुको पुनस्र्थापना एवं पूर्वाधारहरुको पुनः निर्माण गर्नु अहिलेको आवश्यकता प्रभावकारी हुन आउँछ । देशमा विपत गरेको बेला सरकारले गम्भीर हुनुपर्नेमा ढिलो चाल पाएजस्तो तरिकाबाट गइरहेको पाइन्छ । एक साताअघि मात्र प्रधानमन्त्रीको नेतृत्वमा विपक्षी नेपा समावेश गरि राष्ट्रिय विपत्तिको उच्च स्तरीय समितिबनाई सकारात्मक ढंगबाट अगाडि बढेको देखिन्छ । पीडितलाई तत्काल राहत र उद्दारले मात्र सम्भव छैन, घोषित नीतिहरु व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेमा मात्र आम अपेक्षाहरु पूरा हुने थिए ।
पहिरो पीडितहरुको ज्यानमात्र गएन घरजग्गा पशु चौपाया, अन्न भण्डारदेखि सम्पूर्ण जीवन यापन गर्ने बाटो नै बन्द भएकोले सरकारले उद्दार र राहतपछि तुरुन्त पुनर्वासको व्यवस्था मिलाउने कार्यतिर अगाडि बढ्नुपर्छ । विस्तापित भएको एकसाता भइसक्दा पनि पश्चिमी भेगको बर्दिया, कैलाली, सुर्खेत लगायतका बाँके जिल्ला जस्तै छ । जिम्मेवारी पाएर बसेका राज्यका अधिकारीहरु निर्धक्क र सहज रुपमै केही गर्न नसकेको जवाफले टार्न खोज्ने जस्ता कार्यले प्रशय पाउनुले पनि पीडितहरुले बेलामा राहत पाउन नसकेको हो ।
२००६ साल र २०११ सालमा ठूलो क्षति पु¥याउने बाढी पहिरोले गोरखादेखि दोलखासम्म भूधरातल नै फेरबदल गर्ने गरि नोक्सानी भएकोमा ३ सय ५० को मृत्यु ३ हजार घर क्षतिग्रस्त भई दुईकरोड बराबरको धनजन क्षति भएको थियो ।
त्यस्तै, २०१८, २०२२ र २०३० मा पनि बाढी पहिरोले क्षति भएपछि न्यूनिकरण गर्न वन संरक्षणलाई जोड दिई सरकार अगाडि बढेको थियो, जुन अहिले पनि जारी छ । उक्त सिद्धान्त सहि होइन भनि प्रकाशनमा आउँदा पनि बाढी पहिरोलाई विनाससँग जोड्ने प्रचलन भने अझै कायमै छ ।
इतिहास हेर्दा २०३८, २०४३ र २०५० मा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा बाढी पहिरो गई सुनकोशी जलविद्युत गृहमा क्षति पु¥याएको थियो भने २०५९ र २०६५ को सप्तकोशीमा आएको बाढीले व्यापक नोक्सानी गरेको थियो । यसरी के भन्न सकिन्छ भने सरकारले खोला किनाराका बस्तिहरुलाई स्थानान्तरण गरि अन्यत्रै पुनर्वासको व्यवस्था मिलाउनु जरुरी भैसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0