Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन्दर्भ राष्ट्रिय बाल दिवस, २०७३

प्रभातफेरी अनलाइन ७९१६ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (९ साल अघि)
सन्दर्भ राष्ट्रिय बाल दिवस, २०७३

सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संबिधानको भन्ने मूल नाराका साथ यस वर्ष राष्ट्रिय वाल दिबस, २०७३ भब्य रुपमा मनाइयो । यस क्रममा काभ्रेपलाञ्चोकमा गाबिस देखि जिल्ला स्तरीय एबम् केन्द्रिय स्तरमा समेत बिबिध कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपालले बालअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९ को अनुमोदन १९९० सेप्टेम्बर ४ तारिखका दिन गरेको सम्झनामा यो दिवस देशव्यापीरूपमा मनाइएको छ ।
बाल अधिकार सम्बन्धि महासन्धि, १९८९ का माध्यमवाट अन्तर्राष्ट्रिय जगतमा नेपालले जनाएको प्रतिवद्धता र राष्ट्रिय कानूनले प्रत्याभूत गरेको बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा हामीले गरेका कामको मूल्यांकन गर्ने दिनको रुपमा भाद्र २९ लाई हरेक वर्ष सरकारले बाल दिवसको रुपमा मनाउदै आईरहेको छ ।
नेपाल संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको २६ वर्ष पूरा भएको छ । यस अबधिमा धेरै सकारात्मक परिबर्तन भएका छन् । तथापी बालबालिका माथि हुने शारीरिक तथा मानशिक हिंसाका कारण बाल अधिकारको हननको घटनाहरु बिध्यमान रहेका छन् । यसका बिरुद्ध थप प्रयासको आबश्यकता छ ।
बालबालिकाका हिंसा र दुर्ब्यबहारका विभिन्न स्वरुपहरु रहेका छन् । बालश्रम, बालबालिकाको बेचविखन, र बाल बिबाह, शोषण एवं मानसिक तथा शारीरिक सजायले वालवालिकाको हक अधिकारको हनन हुनुका साथै समग्र विकास प्रक्रियामा समेत नकारात्मक प्रभाव पर्दछ ।
बालबलिका र किशोर किशोरीप्रति आम जनताको धारणा परिवर्तन भई बालसुलभता र अपरिपक्वताको कारण बयस्कको ब्यबहारबाट उनीहरुको विकासमा हुन सक्ने सकारात्मकर नकरात्मक प्रभाव एंव जोखिम प्रति सचेतना बढेको छ । बालबालिका तथा किशोर किशोरीको हक अधिकारको सुनिश्चितताको लागि नीतिगत, कानूनी र कार्यक्रमिक प्रयासहरु गरिएका छन् । बालअधिकारका ४ महत्वपुर्ण पक्षहरु बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिताका अधिकारलाई प्रत्येक बालबालिकाले निवार्ध रुपमा उपयोग गर्न पाउने वातावरण सिर्जना गर्न सरकारी तथा गैरसरकारी निकायहरु प्रयासरत रहेका छन् ।
विगतका तुलनामा बालबालिकाका विषयले क्रमशः राष्ट्रिय प्राथमिकता पाउदै आएकोमा कसैको मतान्तर छैन । समाजको विकाससंगै आउने विविध जटिलताले बालबालिकामाथि परिरहेका नकारात्मक प्रभावहरुको न्यूनिकरणका लागि हरेक व्यक्ति, निकाय, संघसंस्था अझ बढी जिम्मेवार भई निरन्तर रुपमा लाग्नु आवश्यक छ ।
गत वर्ष देशमा गएको विनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्प एबम् बाढी पहिरो जस्ता विपत्तिले व्यापक रुपमा जनधनको क्षति मात्र गरेन यसले हाम्रो मानसपटलमा गहिरो चोट छाडेको छस यसबाट कलिला बाल बालिकाहरु धेरै प्रभावित भएका छन् । उनीहरुको त्रासदीपूर्ण मानसिकतामा परिबर्तन ल्याउन लामो समय सम्म तीनीहरुलाई मनोसामाजिक विमर्श सेवाको आबश्यक पर्नसक्छ । त्यति मात्र होइन आर्थिक सामाजिक पूर्बाधारमा पुगेको क्षतिले बालबालिकाका शिक्षा, स्वास्थ्य, उचित पोषण र सुरक्षित आवासको अधिकार सुनिश्चित गर्नु चुनौती रहेको छ । यिनै चुनौतीहरुलाई सम्बोधन गर्ने तर्फ नेपाल सरकार र विभिन्न संघ संस्थाको सामुहिक प्रयासहरु केन्द्रित रहेका र भविष्यमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरूरी देखिएको छ ।
नेपालमा बाल संरक्षणका थुप्रै सवालहरु रहेका छन् । भौगोलिक र क्षेत्रीय स्वरुपका आधारमा बालबालिकाहरु थुप्रै भिन्न भिन्न प्रकारका समस्या र सवाल बाट जेलिएका छन् । नेपालमा देखिएका प्रमुख बालसंरक्षणका सवालहरुमा बालश्रम, बालयौन दूब्र्यवहार, बालबिबाह, बेचबिखन, घरेलु, हिंसा, भेदभाव तथा बालबालिकाहरु बिद्यालयबाट बाहीर रहनु हो । नेपालमा लगभग ६ लाख भन्दा बढी बालबालिकाहरु बालश्रमको चपेटामा रहेको पाइएको कुरा तथ्यांकहरुले देखाएको छ (श्रम शक्ति सर्वेक्षण २००८), सयौको संख्यामा बालबालिकाहरु यौनदूब्र्यवहार बाट पिंडित रहेको पाइएको कुरा तथ्यांकले देखाएको छ । बालबिबाहको समस्या पनि अझै ज्वलन्त रहेको छ । देशका विभिन्न स्थानहरुमा हजारौं बालबालिकाहरु घरेलुहिंसा, सारिरीक तथा मानसिक यातना, दण्डसजाय कुटपिट र अपहरणको चपेटामा परेको पाइएको छ । यि सवै तथ्यहरुलाई अझ उजागर गर्न नसकनु र समस्याको उचित समाधान गर्न नसक्नु हामि माझ चुनौतिको रुपमा रहेको हुनाले त्यसको लागि समेत हामि सबै सचेत हुनु आजको आवस्यकता देखिन्छ ।
अतः आधा भन्दा बढी जनसंख्या बालबालिकाको रहेको हाम्रो देशमा बालअधिकार हननका घटनाहरु, बेचबिखन, अपहरण र बलात्कारका घटनाहरु हुनु ज्यादै निन्दनीय मानिन्छ । त्यसैले एक दिनको बाल दिवसले मात्र सम्पूर्ण बालबालिकाको समस्यालाई हाल गर्न नसक्ने भएकोले बाल संरक्षण र बालअधिकार बिषयमा व्यक्ति, परिवार, समाज लगायत सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायको संयुक्त दायित्व रहेको छ । बिषेशत काभ्रेपलाञ्चोक जिल्ला बालबालिका बेचबिखन, बालश्रम र यौन दुर्व्यवहारको उच्च जोखिममा रहेको जिल्ला मानिएको हुँदा यस जिल्लामा कार्यरत सम्पूर्ण सरोकारवाला निकायहरुले गरेको योगदानको उल्लेखनीय कदर गर्दै आगामी दिनमा बालसंरक्षणको क्षेत्रमा अझबढी ससक्त र समन्वयात्मक ढंगले कार्य गर्नु जरुरी रहेको छ । (लेखक, जिल्ला बालकल्याण समिति, काभ्रेका सूचना व्यवस्थापन अधिकृत हुन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0