प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकन निवेदन दर्ता भएको छ।
कांग्रेस सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न माग गर्दै संस्थापन इतर पक्ष पुनः सर्वोच्च पुगेको हो।
पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काको तर्फबाट दर्ता गरिएको पुनरवलोकन निवेदनमाथि अब तीन न्यायाधीशको इजलासले सुनुवाइ गरी मुद्दालाई अघि बढाउने ‘निस्सा’ दिने वा नदिने निर्णय गर्नेछ।
निवेदनमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको समूहलाई दिएको आधिकारिकता कायम राख्ने सर्वोच्चको अघिल्लो फैसलामा तथ्य, प्रमाण र कानुनी पक्षको गलत व्याख्या तथा विश्लेषण भएको दाबी गर्दै उक्त फैसला उल्ट्याउन माग गरिएको छ।