logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

तीन सष्टा सम्मानीत

प्रभातफेरी अनलाइन२०३५ पटक पढिएको | २०७४ बैशाख १९, मंगलबार
Post Thumbnail

बनेपा / स्व. केदारनाथ प्रधानको ७२ औं जन्मजयन्तीको अवसरमा तीन जना सष्टालाई सम्मान गरिएको छ । केदारनाथ प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठ, गोविन्द्रलाल प्रधानाड्ढ र प्रा.डा. उत्तम कर्माचार्य सम्मानीत भएका हुन ।
विहीवार बनेपा नगरपालिका हलमा भएको कार्यक्रममा संस्कृतविद शिरोमण्ी एवम् इतिहासकार हरिराम जोशी, प्रतिष्ठानका संरक्षक एवम् बरिष्ठ साहित्यकार मोहन दुवाल, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, लोक गायक मच्छेश्वर सापकोटा, प्रतिष्ठानका अध्यक्ष कमला काष्यथ लगायतले मन्तव्य राखेका थिए । तीन सष्टालाई प्रमुख अतिथि जोशीले सम्मान गरेका थिए । कार्यक्रममा केदारनाथले समाज परिवर्तनमा खेलेको भूमीकाको बारेमा मन्तव्य राखेका थिए ।