logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढायो, कात्तिक १९ र २० गते कुपन वितरण गरिने

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक १७, मंगलबार
सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढायो, कात्तिक १९ र २० गते कुपन वितरण गरिने

काठमाडाैँ / सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबीचको समन्वयमा किसानको धान खरिद प्रक्रिया अघि बढाइएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको छ। कम्पनीले महेन्द्रनगरबाट सुरु गरेको खरिद प्रक्रिया क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने जनाएको छ।

कम्पनीका अनुसार महेन्द्रनगर शाखा कार्यालय परिसरबाट कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गरिनेछ। कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ।

धान तौलने कार्य कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन गरिने कम्पनीले जनाएको छ। धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा कुपन लिनुपर्ने र तोकिएको मिति तथा आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ।

यसअघि गत असोज २१ गते कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो।