प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ कार्तिक १७, मंगलबार
काठमाडौँ / नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गरेका हून् ।
अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
आजै सभामुख अर्यालसँग नेकपा ९एमाले० संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गरेका छन् । सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो ।