Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चिन्तन गर्नु पर्ने यथार्थ कुरा

प्रभातफेरी अनलाइन ४६८५ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (९ साल अघि)
चिन्तन गर्नु पर्ने यथार्थ कुरा

ज्ञानमणि नेपाल कालोटोपी

प्रत्येक दिन बिहानै बाहिरतिर निस्कन्छु , सबैतिर भिडैभिड छ । सडकतिर हे¥यो, मानिसकै भिड, अस्पतालतिर पनि उस्तै । गाडी चढ्ने स्टेशनतिर हेर्छु पाइला राख्ने ठाउँ छैन । पेट्रोलपम्पमा त्यतिकै भिड छ । सिनेमा हल, बैंक, सरकारी कार्यालय , एयरपोर्ट, मन्दिर जहाँ गयो त्यहाँ मानिसकै घुईंचो । हरेकक्षेत्रमा जाउँ, त्यहाँ मानिसको लाइन नभएको कतै पनि छैन । एक मानिसको अनुहार अर्को सँग मिल्दैन । सबै जना घरमै बसेका छन् । सबैले खाना खानै पर्छ । खाने पनि अन्नपात मात्रै हो । सबै जना हतारमा छन् । दिनमा सडकमा बसेर नियाल्दा लाग्छ यी सबैको गन्तव्य कहाँ सम्म होला ? रात पर्न थालेपछि दिउसोको भिड कता हराउँछ कुन्नी मुसो पनि सडकमा भेटिंदैन । पूरै सुनसान हुन्छ । दिउसो मानिसको भिड भइरहेको ठाउँमा राती जान एकदमै डर लाग्छ । तर के कुराको डर भनेर चाहिं पत्तो हुदैन । किन यसरी यिनीहरु तँछाड–मछाड गरिरहेका होलान् ? तर यो सत्य हो कि सबैलाई छिटो गर्नु छ । एउटा काम सकेर अर्को भ्याउनु छ । सके सम्म धेरै कमाउनु छ । अर्को भन्दा आफू धनी बन्नु छ । जसरी पनि अरुलाई जित्न पाए हुन्थ्यो भनेर हरेक पाइला–पाइला छिटो÷छिटो सारिरहेको छ मानिसले ।

नेपालमा ३ करोड जनसंख्या छ । त्यसमध्ये ५० लाख भन्दा धेरै यूवायूवतीहरु बैदेशिक रोजगारीका लागि गएका छन् । अरु ५० लाख जति बृद्ध÷बृद्धा र केटाकेटी छन् । उनीहरु घर छोडेर बाहिर मुस्किलले निस्कन्छन् । वा भनौं काम नपरी सडकतिर जाँदैनन् । ४० लाख भन्दा धेरै विद्यार्थीहरु छन् । स्कूल र कलेज जाने उनीहरुको पनि आफ्नै निश्चित समय छ । सरकारी र प्राइभेट कम्पनीमा जागिर खानेहरु २० लाख जति छन् । उनीहरु पनि काम छोडेर घुम्न जाने कुरै भएन । पाइला–पाइलामा केहि न केहि पसलहरु छन् । प्रत्येक पसलहरुमा त्यतिकै भीड छ । यसरी हरेकक्षेत्रमा मानिसहरु विभाजित हुने हुँदा पनि सडक बजारमा किन यति धेरै भीड भएको होला ? किन मानिसहरु वीच प्रतिश्पर्धा भएको होला ? वा अब कहिले सम्म यस्तो स्थिती रहिरहला ? अचम्म लाग्छ कहिलेकाहिं ।

यो मन गढन्ते विषय जस्तो लागे पनि अलिकति पनि काल्पनिक छैन । यथार्थको धरातलमा उभिएर हेर्ने हो भने आज मानिस जे का लागि दौडधुप गरिरहेको छ त्यो आखिर केहि प्राप्तीका लागि हो जस्तो लाग्दैन । पैसा कसरी कमाउने , खाने सामल कसरी जुटाउने, लगाउने लुगा कस्तो र कहाँबाट ल्याउने, बस्ने घर कसरी र कति खर्च गरेर बनाउने ? यी र यस्ता कुरा भन्दा अरु कसैको पनि उद्देश्य छ जस्तो लाग्दैन । मान्छेहरु रोगी पनि कति धेरै हुन्छन् ? अस्पतालमा कहिल्यै विरामी सकिंदैनन् । स्कूल कलेजहरु पनि कुनै वर्ष विद्यार्थी भएन भनेर बन्द गरेको रेकर्ड शायदै होलान् । पसल र बजारहरु उपभोक्ता आएनन् भनेर बन्द नै गरेको पनि थाहा छैन । सिनेमाहलहरुमा जस्तोसुकै चलचित्र चलेको होस् , मान्छे कताबाट आउँछ कताबाट, हल त पूरै प्याक नै हुन्छ । कुनै क्षेत्र होस न, जहाँ मानिसको भिड कम भएको होस् वा भिड नै नभएको होस् , अहिले सम्म छ जस्तो लाग्दैन । लाखौं थरी मानिसका करोडौं विचारहरु । यो गरौं कि त्यो गरौं का सयौं कौतुहलताहरु, सबैका फरक फरक सोच, फरक फरक विचार । सबै कुरा गर्छ मान्छेले । एकदिन पत्तै नपाई मर्छ , अहिले त आर्यघाटमा पनि भिड उस्तै छ । लास जलाउन पनि पालो कुर्नु पर्छ ।

यो शास्वत सत्य हो, जसको कुनै अन्त्य हुदैन । यी कुराहरुको अन्त्य भयो भने तपाईं हामी कसैको पनि अस्तित्व हुदैन । तैपनि मान्छेहरु भन्छन् , यो वर्ष त खै व्यापार पनि छैन । आर्थिक मन्दी लाग्ला जस्तो छ । सबैका आ–आफ्नै गुनासा र जवाफ पनि त्यस्तै । सोचेर ल्याउँदा लाग्छ, जिन्दगीको मूल्य नै यसैमा अल्झिएको होला ! मानिसको भाग्य नै यस्तै होला, तैपनि मानिसले यता तिर थोरै मात्र पनि सोचेको छैन । अझै कसरी धेरै कमाउने ? सोझो बाटोले भएन भने कसरी लुट्ने र भ्रष्ट्राचार गर्ने भन्ने पनि छन् । यो मेरो र यो तेरो गर्दा गर्दै मानिस एकदिन मर्छ । मरेर लैजानु केहि छैन । बाँचुञ्जेलको चुरीफूरी केहि दिनमै विर्सन्छन् मान्छेले । यस्तै हो, यो शास्वत सत्यलाई बुझेर अगाडि जान सक्ने हो भने जीवन सहि नै छ , नबुझ्ने हो भने धेरै कहाली लाग्दो पनि छ । यी कुरालाई एकपटक चिन्तन गरौं त !

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0