Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चिन्तन गर्नु पर्ने यथार्थ कुरा

प्रभातफेरी अनलाइन ४०३१ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (५ साल अघि)
चिन्तन गर्नु पर्ने यथार्थ कुरा

ज्ञानमणि नेपाल कालोटोपी

प्रत्येक दिन बिहानै बाहिरतिर निस्कन्छु , सबैतिर भिडैभिड छ । सडकतिर हे¥यो, मानिसकै भिड, अस्पतालतिर पनि उस्तै । गाडी चढ्ने स्टेशनतिर हेर्छु पाइला राख्ने ठाउँ छैन । पेट्रोलपम्पमा त्यतिकै भिड छ । सिनेमा हल, बैंक, सरकारी कार्यालय , एयरपोर्ट, मन्दिर जहाँ गयो त्यहाँ मानिसकै घुईंचो । हरेकक्षेत्रमा जाउँ, त्यहाँ मानिसको लाइन नभएको कतै पनि छैन । एक मानिसको अनुहार अर्को सँग मिल्दैन । सबै जना घरमै बसेका छन् । सबैले खाना खानै पर्छ । खाने पनि अन्नपात मात्रै हो । सबै जना हतारमा छन् । दिनमा सडकमा बसेर नियाल्दा लाग्छ यी सबैको गन्तव्य कहाँ सम्म होला ? रात पर्न थालेपछि दिउसोको भिड कता हराउँछ कुन्नी मुसो पनि सडकमा भेटिंदैन । पूरै सुनसान हुन्छ । दिउसो मानिसको भिड भइरहेको ठाउँमा राती जान एकदमै डर लाग्छ । तर के कुराको डर भनेर चाहिं पत्तो हुदैन । किन यसरी यिनीहरु तँछाड–मछाड गरिरहेका होलान् ? तर यो सत्य हो कि सबैलाई छिटो गर्नु छ । एउटा काम सकेर अर्को भ्याउनु छ । सके सम्म धेरै कमाउनु छ । अर्को भन्दा आफू धनी बन्नु छ । जसरी पनि अरुलाई जित्न पाए हुन्थ्यो भनेर हरेक पाइला–पाइला छिटो÷छिटो सारिरहेको छ मानिसले ।

नेपालमा ३ करोड जनसंख्या छ । त्यसमध्ये ५० लाख भन्दा धेरै यूवायूवतीहरु बैदेशिक रोजगारीका लागि गएका छन् । अरु ५० लाख जति बृद्ध÷बृद्धा र केटाकेटी छन् । उनीहरु घर छोडेर बाहिर मुस्किलले निस्कन्छन् । वा भनौं काम नपरी सडकतिर जाँदैनन् । ४० लाख भन्दा धेरै विद्यार्थीहरु छन् । स्कूल र कलेज जाने उनीहरुको पनि आफ्नै निश्चित समय छ । सरकारी र प्राइभेट कम्पनीमा जागिर खानेहरु २० लाख जति छन् । उनीहरु पनि काम छोडेर घुम्न जाने कुरै भएन । पाइला–पाइलामा केहि न केहि पसलहरु छन् । प्रत्येक पसलहरुमा त्यतिकै भीड छ । यसरी हरेकक्षेत्रमा मानिसहरु विभाजित हुने हुँदा पनि सडक बजारमा किन यति धेरै भीड भएको होला ? किन मानिसहरु वीच प्रतिश्पर्धा भएको होला ? वा अब कहिले सम्म यस्तो स्थिती रहिरहला ? अचम्म लाग्छ कहिलेकाहिं ।

यो मन गढन्ते विषय जस्तो लागे पनि अलिकति पनि काल्पनिक छैन । यथार्थको धरातलमा उभिएर हेर्ने हो भने आज मानिस जे का लागि दौडधुप गरिरहेको छ त्यो आखिर केहि प्राप्तीका लागि हो जस्तो लाग्दैन । पैसा कसरी कमाउने , खाने सामल कसरी जुटाउने, लगाउने लुगा कस्तो र कहाँबाट ल्याउने, बस्ने घर कसरी र कति खर्च गरेर बनाउने ? यी र यस्ता कुरा भन्दा अरु कसैको पनि उद्देश्य छ जस्तो लाग्दैन । मान्छेहरु रोगी पनि कति धेरै हुन्छन् ? अस्पतालमा कहिल्यै विरामी सकिंदैनन् । स्कूल कलेजहरु पनि कुनै वर्ष विद्यार्थी भएन भनेर बन्द गरेको रेकर्ड शायदै होलान् । पसल र बजारहरु उपभोक्ता आएनन् भनेर बन्द नै गरेको पनि थाहा छैन । सिनेमाहलहरुमा जस्तोसुकै चलचित्र चलेको होस् , मान्छे कताबाट आउँछ कताबाट, हल त पूरै प्याक नै हुन्छ । कुनै क्षेत्र होस न, जहाँ मानिसको भिड कम भएको होस् वा भिड नै नभएको होस् , अहिले सम्म छ जस्तो लाग्दैन । लाखौं थरी मानिसका करोडौं विचारहरु । यो गरौं कि त्यो गरौं का सयौं कौतुहलताहरु, सबैका फरक फरक सोच, फरक फरक विचार । सबै कुरा गर्छ मान्छेले । एकदिन पत्तै नपाई मर्छ , अहिले त आर्यघाटमा पनि भिड उस्तै छ । लास जलाउन पनि पालो कुर्नु पर्छ ।

यो शास्वत सत्य हो, जसको कुनै अन्त्य हुदैन । यी कुराहरुको अन्त्य भयो भने तपाईं हामी कसैको पनि अस्तित्व हुदैन । तैपनि मान्छेहरु भन्छन् , यो वर्ष त खै व्यापार पनि छैन । आर्थिक मन्दी लाग्ला जस्तो छ । सबैका आ–आफ्नै गुनासा र जवाफ पनि त्यस्तै । सोचेर ल्याउँदा लाग्छ, जिन्दगीको मूल्य नै यसैमा अल्झिएको होला ! मानिसको भाग्य नै यस्तै होला, तैपनि मानिसले यता तिर थोरै मात्र पनि सोचेको छैन । अझै कसरी धेरै कमाउने ? सोझो बाटोले भएन भने कसरी लुट्ने र भ्रष्ट्राचार गर्ने भन्ने पनि छन् । यो मेरो र यो तेरो गर्दा गर्दै मानिस एकदिन मर्छ । मरेर लैजानु केहि छैन । बाँचुञ्जेलको चुरीफूरी केहि दिनमै विर्सन्छन् मान्छेले । यस्तै हो, यो शास्वत सत्यलाई बुझेर अगाडि जान सक्ने हो भने जीवन सहि नै छ , नबुझ्ने हो भने धेरै कहाली लाग्दो पनि छ । यी कुरालाई एकपटक चिन्तन गरौं त !

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0