logo
२०८३ अषाढ ९, मंगलबार |
📰
🔍

रवि लामिछानेको निर्देशन: रास्वपा महाधिवेशनमा गुटबन्दी नगर्न र स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार(३७ मिनेट अघि)
रवि लामिछानेको निर्देशन: रास्वपा महाधिवेशनमा गुटबन्दी नगर्न र स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि प्रकारका गुट, उपगुट वा प्यानल नबनाउन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।

चितवनमा जारी महाधिवेशनको बन्दसत्र उद्घाटन गर्दै उनले चुनावी प्रक्रियालाई स्वस्थ प्रतिस्पर्धामै सीमित राख्नुपर्नेमा जोड दिए। उनले भित्रभित्रै नाम सिफारिस गर्ने वा फोनमार्फत मत माग्ने जस्ता अस्वस्थ अभ्यास नगर्न पनि प्रतिनिधिहरूलाई सचेत गराए।

लामिछानेले नेपाली नागरिकको अथाह विश्वासका कारण रास्वपा यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब त्यस विश्वासलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने समय आएको बताए।

उनले पार्टीले महाधिवेशन अगावै नै राजनीतिक रूपमा ठूलो उपलब्धि हासिल गरेको दाबी गर्दै त्यसको मात्र प्रशंसा गरेर बस्न नहुने धारणा राखे। उनले भने, “सपना देख्दैमा र चाहना राख्दैमा अटो पाइलटमा गएर आफैँ पूरा हुँदैन, त्यसका लागि आवश्यक कदम चाल्नैपर्छ।”