प्रभातफेरी अनलाइन१ पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(१७ सेकेण्ड अघि)
काभ्रे / भुमी प्रशासन कार्यालयको उद्घाटन गर्दै भुम्लु गाउँ पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले योद्धाहरुको बलिदानिकोबाट प्राप्त उपलब्धि कै जगमा यहाँ आइपुगे स्मरण गराउनु भएको छ
सम्बोधन कै क्रममा अध्यक्ष भुजेल थप्नु हुन्छ “पुरानो निरन्तरताको क्रमभङ्ग गर्दै नयाँ युगतर्फको छलाङ।” म लगायत हजारौँ क्रान्तिकारी योद्धाहरूले ‘बाँचे गणतन्त्र मरे अमर सहिद हुने दृढ संकल्पका साथ गरेको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत स्थानीय सरकारको आफ्नो अधिकार प्रयोग गरि हिजो जिल्ला सदरमुकाममा सामान्य सेवाका लागि पनि रु. १०० को काम गर्न ५००० खर्च गरेर जानुपर्ने बाध्यता थियो।
आज त्यही सेवा आफ्नै घरदैलोमा, गाउँ–गाउँमा सिंहदरबारको अनुभूति हुने गरी उपलब्ध गराउने अभियानअन्तर्गत मालपोत तथा नापी (भूमि प्रशासन व्यवस्थापन) कार्यालयको उद्घाटन गर्न पाउँदा अत्यन्त हर्षित र गौरवान्वित भएको छु।
यो उपलब्धि जनताको लामो संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण प्रतिफल हो। स्थानीय सरकारलाई अझ प्रभावकारी, जनमुखी र सेवामुखी बनाउँदै जनताको विश्वास जित्ने हाम्रो निरन्तर प्रयास रहनेछ।” यो कार्यमा सहयोग पुर्याउनु हुने मन्त्रालयका सचीव मदन भुजेल लगायत सबै कर्मचारी जनप्रतिनिधि साथीहरू सबैलाई धन्यवाद दिन चाहान्छु । र भुम्लुका जनसमुदाय मा हार्दिक बधाई व्यक्त गर्दछु भन्नू भएको छ ।