logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

क्षितिजको शुभकामना

प्रभातफेरी अनलाइन५४३१ पटक पढिएको | २०७४ अषाढ ११, आईतबार
Post Thumbnail

क्षितिज इङ्गलिश बोर्डिङ्ग स्कूल, वनेपा ले २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा आफ्नो तह पूरा गर्नुभएका ४० जना विद्यार्थीहरुलाई बधाई
तथा शुभकामना कार्यक्रम उग्र चण्डी बैंक्वेटमा भव्यरुपमा आयोजना ग¥यो ।सो कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष
हरिगोपाल प्रधानाङ्ग ज्यू ले गर्नुभएको थियो । सोहि कार्यक्रममा विद्यालयका संरक्षक श्री गोबिन्दलाल प्रधानाङ्ग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायष्ठ, सञ्चालक समिति सदस्य श्री भोला के.सी., विद्यालयका प्रिन्सिपल श्री लिलाधर पौड्याल, शिक्षक श्री सरिता बञ्जारा, विद्यार्थी सन्देश न्यौपाने र उत्कृष्ट औषत अंक प्राप्त गर्नुहुने विद्यार्थी आनन्दप्रसाद ढुङ्गानाले आआफ्नो तर्फबाट वधाई तथा शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । राम्रो अंक प्राप्त गरी तह पूरा गर्न पढेर मात्र नहुने, यसका अलाभा व्यवहारिक ज्ञानहुन जरुरी हुने तथा अन्य तहहरुमा पनि उत्कृष्ट नतिजा ल्याउन जरुरी हुने कुरा राख्दै कार्यक्रमको समापन सभाका सभापति ज्यू बाट भएको थियो ।