logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

सम्भावित विपद्लाई मध्यनजर गर्दै टाढाको यात्रा नगर्न आग्रह

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
सम्भावित विपद्लाई मध्यनजर गर्दै टाढाको यात्रा नगर्न आग्रह

काठमाडौं / यातायात व्यवसायीले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा यात्रुलाई आग्रह गरेको हो।

महासंघले मौसम तथा सडकको अवस्था प्रतिकूल हुन सक्ने भएकाले अत्यावश्यक नपरेसम्म लामो दूरीको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधअनुसार यातायात सञ्चालनमा सावधानी अपनाउन महासंघले सदस्यहरूलाई सचेत गराएको जनाएको छ।