logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

धुलिखेल अस्पताल र पत्रकार वीच अन्तरक्रिया

प्रभातफेरी अनलाइन५३०२ पटक पढिएको | २०७४ अषाढ २५, आईतबार
Post Thumbnail

धुलिखेल / धुलिखेल सामुदायिक अस्पतालले पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा शुक्रबार अन्र्तक्रिया कार्यक्रम भएको हो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. राजेन्द्र कोजूले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए । उनले पत्रकारहरुसँग सहकार्य गरेर अस्पताल अगाडी बढ्न चाहेको बताए । कार्यक्रममा विभाग बिशेष प्रस्तुती डाक्टरहरुले पेश गरेका थिए । मेडिसन डा. राम गुरुङ, शल्यक्रिया डा. बलराम मल्ल, पिसाव नली सम्बन्धी शल्यक्रियाका बारेमा डा. सृजना माकजू, स्त्री तथा प्रसुती सम्बन्धी डा. सुमनराज ताम्राकार, बालरोगको बारेमा डा. सृजना डंगोलले जानकारी दिएका थिए । त्यसै गरी नाक, कान, घाँटी डा. विकासलाल श्रेष्ठ, आँखारोगका बारेमा डा. पूजा श्रेष्ठ, हाडजोर्नीको बारेमा डा. रोहित श्रेष्ठ, दन्तरोगको बारेमा डा. दशरथ काफ्ले, चर्मरोगका बारेमा धर्मेन्द्र कर्ण, आकस्मिक कक्षको बारेमा डा. सानुकृष्ण श्रेष्ठ र रेडियोलोजीका विषयमा डा. रामचन्द्र पौडेलले जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारहरुलाई भेटघाट गर्ने अवसर जुटाईदिएकोमा धन्यवाद दिए । उनले पत्रकारहरुलाई रिपोटिङ गर्न सहज भएको बताए ।