सुनिता पौडेल – धुलिखेल, काभ्रे
“कबिता”
आमा !ए!!आमा,
जिबनको पठशालामा बासेर
मैले कयौ
पुस्तकहरुको आधारहीन
अध्ययन गरे,
गहन शब्द हरु भेटाए ,
तर कुनै पुस्तकमा
लेखिएको थिएन,
कि,
देश जोगाउनु पर्छ,!
माया ममता
अनि,
शदभाब हुनु पर्छ,!
पृथ्वी समान आमाको
कसम खाएर,
नारिलाइ रुवाउने,
एउटा कालो
भिखारी पुरुषलाई
समाज बाट बहिस्कृत
गर्नु पर्छ भनेर,
मैले,यस्ता कुनै हरफहरु
भेटाउन सकिन आमा
जहाँ आफ्नै छोरिलाई
बलात्कार गर्ने बाउलाई मृत्युदणड हुनुपर्छ भनेर,???!!
मेरा यिनै काचा मस्तिष्कमा
गडेकाे छ एउटा जराे
जुन जराे
त्यो काशी सम्म पुग्ने
पिपलको भन्दा कम छैन,
त्यो दुर दराजमा पुग्ने वर को भन्दा कम छैन,,
हो आमा मैले अध्यन गरेको कुनै,
शास्त्रमा लेखिएको थिएन??
जहाँ आफ्नै श्रीमतीलाई,मट्टीतेल
खनाएर जलाउने ,श्रीमानलाई
पनि जिउदै जलाइनु पर्छ भनेर,,!?
एउटा अबोध नारिको मौनतालाइ
कमजोरीको श्रीङ्खाला नबनाइयोस यहाँ ?
सबार गरिरहदा यहाँ आफ्नो गन्तव्यमा,
चालिरहदा पाइला यहाँ आफ्ना लछ्यमा
हेयको नजरले हेर्ने
प्रेतेक मानवलाई,
सुचित गर्न ,लेखिएका हैनन यी लेखहरु,
अर्थ स्पस्ट छ,यहाँ
तर,
मैले यस्ता कुनै हरफहरु भेटाउन सकिन
आमा ,जहाँ
नातिनिको बलात्कृत शरीरलाई खोलामा
बगाउने ,
हजुरबाबुलाइ
मृत्युदणड हुनुपर्छ भनेर??
आमा अब मैले
मेरो आधूरो अध्यनलाई पूरा गर्न के गर्नु पर्छ,??
कुन पुस्तकमा पाउछ म ??
आफ्नै छोरी बलात्कार गर्ने बाउको सजाय??
आफ्नै नातिनी हत्याउने,हजुरबाउको दन्ड ??
अनि बिबाहमा सात फेरालागाएर ,ल्याएकी श्रीमतीलाई जलाउने अनैतिकताको,जेल????
#हो मैले यस्ता कुनै हरफ भेटाउन सकिन आमा #
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |