Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

प्रभातफेरी अनलाइन६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १, सोमबार(४ घण्टा अघि)
मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

काठमाडौँ, मानसरोवर–कैलास दर्शनका लागि जाने तीर्थयात्रीहरूको संख्या बढेसँगै नेपाल–चीन सीमा रसुवागढी नाकामा यात्रुको उल्लेखनीय चाप देखिएको छ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ सम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। ती यात्रुहरू नेपाल, भारत, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, बेलायत, मलेसिया र जर्मनीलगायत देशका नागरिक रहेका छन्।

कार्यालयका अनुसार अधिकांश यात्रु मानसरोवर–कैलास तीर्थयात्राका लागि चीन प्रवेश गरेका हुन्। छोटो, सहज र सुविधाजनक मार्ग भएकाले रसुवागढी नाकाप्रति यात्रुहरूको आकर्षण बढ्दै गएको बताइएको छ।

काठमाडौँबाट बसमार्फत करिब १० घण्टामा रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टरमार्फत करिब आधा घण्टामै पुग्न सकिने भएकाले पनि यात्रुहरूले यो मार्ग रोज्न थालेका छन्। टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङका अनुसार केही यात्रुले काठमाडौँदेखि घट्टेखोलासम्म हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेका छन्।

यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा चुनौती थपिएको छ। कर्मचारी अभावका कारण भिसा दर्ता तथा अनुमति प्रक्रियामा यात्रुले लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। हाल दुईवटा डेस्कबाट मात्र सेवा प्रदान भइरहेको कार्यालयले जनाएको छ।

यस अवधिमा भिसा दर्ता तथा अन्य सेवा शुल्कबाट ६२ लाख ८० हजार ४२० रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यात्रुहरूको बढ्दो आवागमनले स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटल, यातायात तथा अन्य व्यवसायहरू पनि चलायमान बनेका छन्।

समाचार सम्बन्धि थप
  • काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

  • अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

  • आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • नेकपाले गठन गर्‍यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान

    नेकपाले गठन गर्‍यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer