Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डाँडापारी झिंगेमा मोटर सरर

प्रभातफेरी अनलाइन ७१५० पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
डाँडापारी झिंगेमा मोटर सरर

राजाराम गौतम
बिकट क्षेत्रको रुपमा चिनिने काभ्रेको दक्षिणीभेग डाँडापारी क्षेत्र ले विस्तारै आफ्नो रुप परिवर्तन गर्दै छ । बेथानचोक गाउँपालिकाको च्याम्राङ्गबेसी हुँदै मिल्चेसम्म सिधा यातायात सञ्चालन सुरु गर्नकालागि अब मोटर बाटो बनेको छ ।
गत हप्ता एक विषेश कार्यक्रम आयोजना गरेर च्याम्राङ्गबेसी–कलाङसिंह–झिंगे–मिल्चे मोटरबाटो सञ्चालनमा आएको जनाकारी सबैमाझ गराईको छ । प्रदेश नं. ३ को नेपाली काँगे्रका नेता इन्द्र बानियाँले बाटोको उद्घाटन गरे सँगै यात्रु बहाक बसले उक्त ठाउँ सम्म आफ्नो सेवा विस्तार समेत गरेको छ ।


नेपाली सेनाको प्राविधिक सहयोगमा बेथाञ्चोक गाउँपालिका १ च्याम्ब्राङ्गबेशी देखि झिंगेसम्म जाने सडकको ट्रयाक खोल्न विष्णु दल धुलिखेलको समन्वय र कालिप्रसाद गण काठमाडौको प्राविधिक सहयोगमा ४० दिन लागेको छ । अत्यन्तै अप्ठ्यारो रहेको पहरो फोर्न नेपाली सेनाले विस्फोटक पदार्थ समेतको प्रयोग गरी सडकको ट्रयाक खुल्ला गरेको हो ।

१ हजार २ सय मिटर सडक निर्माणका लागि झण्डै ५० लाख खर्च भएको उपभोक्ता समितिका अध्यक्ष रुपेश पाख्रिनले बताउनु भयो । उक्त क्षेत्रमा भोलिका दिनमा उद्यमशिलतालाई अगाडि बढाउन बाटोको भुमिका महत्वपूर्ण रहने पाख्रिनले बताउनुभयो ।

सडक विस्तार भए सँगै स्थानिय उपभोग्य सामग्रिले सहज रुपमा बजार पाएको जननिर्वाचित वडा सदस्य गोपाल कृष्ण सापकोटाले बताउनुभयो । कोहि बिमारी भएको अवस्थामा डोको वा स्टे«चरमा हालेर कुदाउनु पर्थ्यो अब भने गाउँघरमै मोटर बाटो भएपछि एम्बुलेन्स पनि घर सम्मै आउने अवस्था रहेकोमा स्थानीय दङ्ग छन् । स्थानीय स्तरमा उत्पादन हुने कफि, दुधजन्य पदार्थहरु, कृषिका उत्पादनहरुको बजार सहजीकरण हुने भएको छ . सापकोटाले भन्नुभयो । सापकोटाका अनुसार ललितपुर जिल्लाको २१ किलोमिटर भन्दा लामो बाटो प्रयोग गरेर वस्तुको बजार खोज्नु पर्ने झनझट हटेको छ । निकैनै अप्ठ्यारो भिरलाई सेनाको मद्धतले बाटो खुलाउन सकिएको हो । अब उक्त बाटो मकवानपुर–फापरबारी हुँदै धरान चतरा जोड्ने काम अगाडि बढिरहेको छ । जिल्लाको पनौती–ढुंर्खक–च्याम्राङवेशीको झिंगे–मिल्चे हुँदै मकवानपुरको फापरबारी–राईगाउँ हुँदै भित्रि मधेशको बाटो प्रदेश नं. १ को धरान चतरा जोड्ने योजना बनाएर शुरु गरेको उक्त सडक २ नं. प्रदेशको कर्मैया समेत जोड्ने बैकल्पिक मार्गको रुपमा विकास गर्ने योजना सहित अगाडि बढेको छ । उक्त बाटो संचालनका लागि ललितपुर जिल्लाका निवर्तमान सांसद एवं पूर्व अर्थमन्त्री उदय शम्शेर राणा, काभ्रेका निवर्तमान सांसद एवं पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको महत्वपूर्ण भुमिका रहेको भन्दै उक्त अवसरमा स्थानियले पूर्व सासंदहरुलाई उच्च सम्मान व्यक्त गरेका थिए । च्याम्राङ्गबेशी–कलाङ्गसिङ्ग–झिंगे–मिल्चे सडकका लागि गाउँपालिकाले विनियोजन गरेको रकमबाट ४२ लाख खर्च गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भयो ।

उपभोक्ता समितिको सहकार्यमा नेपाली सेनाले सडक खनेको जिल्लामै पहिलो पटक हो । तर उक्त क्षेत्रमा उपभोक्ता समितिको समन्वयमा सेनाले गरेको सहयोगलाई मंगलबार सोहि क्षेत्रका नागरिकहरुले उच्च सम्मान गर्दै विष्णु दल गणका गणपति रामहरी केसी र कालिप्रसाद गणबाट खटिएको सेनाको टोलीलाई सम्मान गरेका छन् । सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्काभेटरका चालक उमेश थापालाई १५ हजारको माला, सहायक अपरेटरलाई १२ हजार र सहयोगीलाई ५ हजारको माला लगाएर भव्य सम्मान समेत गरेका छन् ।

  • डाँडापारी झिंगेमा मोटर सरर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0