Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रसायनिक मल प्रयोग सम्बन्धि तालिम सम्पन्न, कृषकको हितको लागि शाल्ट टेडिङ्गको अग्रसरता

प्रभातफेरी अनलाइन ६४५० पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र ४, आईतबार (८ साल अघि)
रसायनिक मल प्रयोग सम्बन्धि तालिम सम्पन्न, कृषकको हितको लागि शाल्ट टेडिङ्गको अग्रसरता

बनेपा-कृषकहरुले रसायनिक मल प्रयोगको बिषयमा पुर्ण जानकारी नहुंदा समस्या आएको भन्दै सहजताको लागि साल्ट टेडिङ्ग कर्पोरिशन लिमिटेडले तालिम प्रदान गरेको छ ।

नेपाल सरकारले कृषकलाई दिने अनुदानको मल बिक्रिको लागि पछिल्लो समयमा अनुमति पाएको शाल्ट टेडिङ्गले कृषकहरुले प्रयोग गर्ने मलको मात्रा नमिलेको जसले गर्दा माटोमा हुनुपर्ने आवस्यक तत्वहरु ह्रास हुदै गएको भन्दै सिफारिस मात्रामा प्रयोग गर्ने बिषयमा तालिम दिएको हो ।

शाल्ट ट्रेडिङ्ग कर्पोरिशन काभे्रका प्रमुख जिवन खनाल लगायतका कर्मचारीहरुको समेत उपस्थितिमा शाल्ट टेडिङ्ग केन्द्रका कृषि विज्ञ भगवान प्रसाद खतिवडाले तालिम दिनु भएको थियो । कर्पोरिशनमा आबद्ध सहकारीका प्रतिनिधिहरु साथै अगुवा कृषकहरुको उपस्थितिमा बनेपाको उग्रचण्डि होटलमा एक दिने तालिम प्रदान गरेको थियो ।

माटोमा आवस्यक तत्वहरुको संरक्षणको बिषयमा जानकारी साथै आवस्यक भन्दा वढि रसानिक मल प्रयोग गर्दा हुने आर्थिक नोक्सानिको साथै माटो बिग्रने बिषयमा विज्ञ खतिवडाले जानकारी दिनु भएको थियो । माटोको अवस्था नियमित परिक्षण गरी कुन तत्वको अपुग भएको छ सो तत्व पुरा गर्दा उत्पादन बढ्नाको साथै माटो सुधार हुने बताउनु भएको थियो । कृषकहरुको हितको लागि माटो परिक्षणको व्यवस्था मिलाउंदै माटोमा आवस्यक तत्व उपलब्ध गराउने बिषयमा जानकारी गराउनु भएको थियो । माटोमा आवस्यक तत्व मध्य पोटास, जिंक, चुन, सुपर फस्फेट, एमोनियम सल्फेट अति आवस्यक हुने भएकोले त्यस्ता प्रकारको तत्वको सुरक्षीत गर्दा उत्पादन बृद्धि हुने बताउनु भएको थियो ।

सिफारीस मात्रा भन्दा बढि मात्रामा युरिया र डिएपि प्रयोग गर्दा कृषकलाई आर्थिक व्ययभार बढी हुनाको साथै माटो बिग्रने र उत्पादन घट्ने हुंदा कृषक समस्यामा पर्ने बताउन भएको थियो । कृषकको हितको लागि माटोमा नभई नहुने तत्वहरुको व्यवस्था शाल्ट टेडिङ्ले गरेको बताउनु भयो । माटोमा अमिलिय भएको अवस्थामा चुन अनिवार्य रुपमा प्रयोग गरेर माटोको सुधार गर्नुपर्ने बताउंदै नियमित रुपमा माटो परिक्षण गरी कुन क्षेत्रमा के आवस्यक छ सो उपलब्ध गराउने बताउनु भएको थियो । माटोको बिषयमा ध्यान नदिदा रोग तथा किराको प्रकोप समेत बढि हुने वताउंदै सवै प्रकारको तत्व पुर्ण भएमा माटोमा प्रतिरोधात्मक शक्ति पैदा हुने बताउनु भएको थियो ।

तालिममा प्रशिक्षक कृषि बिज्ञ खतिवडाले भन्नुभयो कृषकले कृषिउपजहरु कम उत्पादन गर्नु भनेको मुलुकलाईनै घाटा हुने बताउनु भयो । जनसंख्या बृद्धि हुदै जानु र भएको जमिन बिभिन्न कारणबाट बाझो बस्नाले विकराल समस्या आउने बताउंदै सतर्क रहन समेत वताउनु भएको थियो । उत्पादन कम हुंदा घाटा लाग्ने कारणले, जग्गा प्लटिङ्गको कारण, सिंचाईको अभाव लगाएतले बाँझो भएकोले सो बिषयमा संघिय सरकारलाई समेत घच्घच्याउनु पर्ने बताउनु भएको थियो ।

  • कृषकको हितको लागि शाल्ट टेडिङ्गको अग्रसरता
  • रसायनिक मल प्रयोग सम्बन्धि तालिम सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0