Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनप्रतिनिधिले सडक बन्दको तयारी , वजेट निकासा नहुंदा पनि अरनिको राजमार्ग मर्मत हुंदै,

प्रभातफेरी अनलाइन ७७०४ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र १४, बुधबार (७ साल अघि)
जनप्रतिनिधिले सडक बन्दको तयारी , वजेट निकासा नहुंदा पनि अरनिको राजमार्ग मर्मत हुंदै,

आइ.आर.के मैनाली
धुलिखेल-काभे्रको धुलिखेलदेखि पाँचखाल सम्मको मोड कटिङ्गको जिम्मेवारी पाएका ठेकदारलाई उपलब्ध गराउनु पर्ने रकम सम्बन्धित निकायले समयमा उपलब्ध नगराएपनि आज (बुधबार) बाट धुलिखेलबाट ३ किलोमीटर तल थाक्ले सम्म मर्मत कार्य सुरु भएको छ ।

 

मोड कटिङ्ग, कालो पत्रे साथै ओभर डे गर्ने गरी ठेक्का लिएका ठेकेदार रामबहादुर गौतमले ७ करोड बराबरको काम सक्दा पनि सम्बन्धित निकायबाट भुक्तानि नहुंदा काम रोकीएको थियो । काम रोकीएपछि दयनिय सडकमा जोखिम पुर्ण तरीकाले यायायात संञ्चालन हुंदै आएको थियो । राजमार्गको लथालिंगे अवस्थाका कारण स्थानिय, यातायात व्यवसायी साथै राजनीतिक दलहरुले अलपत्र अवस्थामा रहेको सडकको बिषयमा जतीनै बिरोध साथै दवाव दिदा समेत वजेट निकासा नहुंदा मर्मत कार्य अगाडि बढ्न सकेको थिएन ।

राजमार्गको दयनिय अवस्थाका कारण स्थानिय साथै सेवा ग्राहिहरुले सास्ति खेप्नु परेको बिषयलाई मध्य नजर राख्दै बजेट निकासा नभएपनि काम सुरु भएको ठेकेदार गौतमले बताउनु भएको छ । गौतमका अनुसार आफ्नो घर पनि सोहि जिल्लामा भएको र आफ्ना परिचित साथै सुभ चिन्तकहरुले गरेको गुनासो र राजनैतिक दलका नेतृत्वहरुको सुझाबको आधारमा काम सुरु गरेको हो । गौतमले थप्नुभयो ४ वटा मेसिन १ पानी ट्याङ्किको व्यवस्था गरी काम सुरु गरेका छौं, १५ देखि २० दिन भित्र काम सकिनछ । ७ करोडको काम भैसक्दा पनि भुक्तानि नपाउंदा समस्या आएकोले काम रोकिएको र हाल बैंक तथा आफ्ना शुभ चिन्तकसंग ऋणपन गरी काम सुरु गरेको होे ।

ठेकेदार गौतमका अनुसार १० दिन भित्र कालो पत्रे गर्ने अवस्थाको लागि बेशको कार्य सकिने र कालो पत्रे गर्नको लागि निकासा पाउने आस्वासन पाएकका छौं । बेश सम्मको कार्य सम्पन्न गर्नको लागि ऋण र सरसापटि गरी रकमको जोहो गरेको र कालो पत्रेको लागि निकासा पाउने आशाका साथमा काम सुरु भएको छ । कालो पत्रे सम्मको तयारी गरि सक्दा पनि बजेट निकासा नभएमा पुन समस्या पर्ने उहाँको भनाई रहेको छ ।

यसै बिषयमा सडक डिभिजन कार्यालयका प्रमुख गुरु प्रसाद अधिकारीसंग सम्पर्क राख्दा प्राबिधिक समस्याले गर्दा समयमा बजेट निकासा हुन नसकेको बताउनु भयो । हाल पनि बजेट निकासा भएको छैन तर काम सुरु भएको वताउनु भयो । मौसमले साथ दिएमा १५ देखि २० दिन भित्र काम सकिने ढंगबाट काम सुरु भएको प्रमुख अधिकारीले वताउनु भयो । प्राबिधिक कारणले केहि समय निकासा ढिला भएपनि वजेट निकासाको लागि पहल भैरहेकोले छिटै वजेट निकासा हुने उहाँको भनाई थियो । सडकको अवस्थाको बिषयलाई लिएर चौतर्फी ढंगबाट दवाब आएकोले वजेट निकासा नहुंदा पनि काम सुरु गर्ने वातावरण निर्माण गरेको प्रमुख अधिकारीले बताउनु भयो ।

पाँचखाल देखि धुलिखेल सम्मको १३ किलोमिटर सडक पार गर्न ३ घण्टा सम्म लाग्ने गरेकोले स्थानियहरुको सुझावको आधारमा पाँचखाल नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण सापकोटाको नेतृत्वमा निर्माण कार्य सुरु नभए सम्म सडक अबरोध गर्ने तयारी समेत गरेको थियो । चैत्र ५ गते जिल्ला प्रशासन कार्यालय काभे्रलाई सम्बोधन गरी सम्बन्धित निकायलाई बोदार्थ दिदै मर्मत कार्य सुरु नभए चैत्र १० गतेबाट सडक बन्द गर्ने भन्दै निवेदन दर्ता गराएको थियो । जनताको समस्याको बिषलाई मध्य नजर राख्दै नजप्रतिनिधिनै सडक अवरोधको लागि बाध्य हुनुपरेको अवस्थालाई लिएर सम्बन्धित निकायमा व्यापक छलफल समेत भएको थियो । छलफल हुंदा सडक मर्मत कार्य सुरु गर्ने कार्यको लागि सवै पक्षबाट पहल गर्ने निचोड निस्किएको थियो ।

मोड कटिङ्ग, वाल र नाली मर्मत साथै आवश्यकिय स्थानमा ग्रावेल, वेस सहित पुरै कालो पत्रे र मर्मत गरेर हुने स्थानमा ओभर डे (टाल्टुल) गर्ने शिर्षकको नाममा भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएका “द कञ्चनजंगा मोतिदान जेवी” ले काम सुरु गरेको बिषयमा वडाध्यक्ष सापकोटासंग सम्पर्क गर्दा खुसि व्यक्त गर्दै मर्मत कार्यमा सहजता साथै सहयोगको लागि आफु तयार भएको वताउनु भयो । उहाँले थप्नुभयो मर्मत कार्यको सहजताको लागि राजमार्गमा संञ्चालन हुंने टिपरलाई कुनै निश्चित समय निर्धारण गर्नुपर्ने वा बैकल्पिक मार्गबाट पठाउने वातावरण निर्माण गर्ने बताउनु भयो ।

अरनिको राजमार्ग सुधारको बिषयमा पाँचखाल नगरका मेयर महेस खरेलसंग सम्पर्क राख्दा कुनैपनि बिकास निर्माणको कार्यको लागि साथ र सहयोग गर्ने बताउनु भयो । उहाँले थप्नुभयो तीन तहको निर्वाचन लगायतको बिभिन्न कारणले गर्दा ठेकेदारले सयमया निकासा नपाउंदा काम हुन सकेन जस्ले गर्दा सेवा ग्राहिहरु साथै स्थानियले सास्ति खेप्नु पर्यो, हामीले आफ्नो ठाउंबाट छिटो निकासाको लागि पहल गरेका छौं । गुणस्तरिय निर्माण कार्य गर्ने वातावरण बनाएका छौं, केहि समय अगाडि करिव ११ किलोमिट कालो पत्रे भएको थियो सो कार्यको लागि नगरको मेयरको हैसियतले साथ र सहयोग गरेको जस्को कारण कालो पत्रे भएको बताउनु भयो ।

काभे्र जिल्लाम दुई राजमार्ग सहित १ सय ३२ किलोमिटर कालो पत्रे सडक रहेको छ, । उक्त सडकहरुको मर्मतको बिषयमा समयमा बजेट निकासा गराउने कार्यमा सुस्तता साथै अनुगमको अभावमा समस्या आएको स्थानियहरुको भनाई रहेको छ । राम्रो काम गर्ने ठेकेदारलाई झुलाउने गुणस्तर हिन कार्य गर्नेलाई प्राथमिकता दिंदा बिकास निर्माणको कार्य गुणस्तरिय हुन नसकेको समाजसेवीहरुको भनाई रहेको छ ।

सडक मर्मतको नाउमा आएको वजेट ठेकेदारसंग मिलिमतोमा झ्वाम पार्नेको संख्या दिनपर दिन थपिदो छ । रकम झ्वाम पारेकै आधारमा गुणस्तरीय निर्माणको सिफारीस हुने गर्दा मर्मत कार्य सकेको साता वित्न नपाउंदै सडक लथालिङ्गे अवस्थामै पुग्छ । कतिपय सडक मर्मतको लागि काम सुरु गराएर निरन्तरता नदिदा सवारी आवागमनमा ठुलो असर पुगेको छ । सामान्य बर्षाद हुंदा रोपाईको लागि तैयार गरेको खेत जस्तो र पानी रोकिएपछि धुलोले गर्दा यात्रु मात्र नभएर सडकको वरपरको बस्तिमा बस्ने स्थानियहरुको स्वास्थ्यमा असर पुग्दा समेत संम्बन्धित निकाएको चासो पुग्न सकेको छैन ।

  • अरनिको राजमार्ग मर्मत हुंदै
  • जनप्रतिनिधिले सडक बन्दको तयारी
  • वजेट निकासा नहुंदा पनि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0