Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पानी सँगै आयो नयाँ बिहानी

प्रभातफेरी अनलाइन ६५७३ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २०, मंगलबार (८ साल अघि)
पानी सँगै आयो नयाँ बिहानी

राजाराम गौतम
भुम्लु -दिन होस या रात होस भुम्लु गाउँपालिका वडा नं १० दोलालघाटका महिला, बालबालिकाको एउटै मात्र ध्याउन्न हुन्थ्यो खानेपानी जुटाउने । वर्षौ देखिको दिनचर्या थियो पानी जहाँ पाईन्छ त्यो ठाउँमा गयो र पानी ओसा¥यो ।

एक गाग्रो पानीको लागि ३ घण्टा सम्म समय लाग्ने गरेको भुम्लु गाउँपालिका वडा नं १० कि फुलमाया तामाङ बताउनु हुन्छ । पानी कै कारण उहाँले न बस्तु भाउ राम्रो सँग पाल्न सक्नुभएको छ न तरकारी खेति बारे सोच्ननै पाउनु भएको छ । घरका सबै सदस्य दिन रात पानीकै लागि दोडधुप गरिरहनु पर्ने उनिहरुको बाध्यता रहेको थियो । पानीको अभावका कारण बालबालिकाको पढाई समेत प्रभावित भैरहेको थियो । फुलमायाले राम्रो सँग निदाउन नपाएको पनि बर्षौ भैसकयो । फुलमाया एउटा प्रतिनिधि पात्र मात्र हुन । गाउँ का सबैको समस्या उस्तै छ ।
अब भने फुलमायाले राम्रो सँग निदाउन पाउने भएकि छिन । उनका छोराछोरिले समयमै विद्यालय जान पाउने छन् । किनकि अब उनको घर अगाडि पानीको धारो आएको छ ।

नेपाल रेडक्रश सोसाईटि केन्द्रिय कार्यालयको समन्वय डेनिस रेडक्रस कन्र्सोटियम टिमको मुख्य सहयोग तथा नेपाल सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोक र एलडिएस च्यारिटिको सहयोगमा नेपाल रेडक्रश सोसाईटि काभ्रेपलाञ्चोक जिल्ला शाखाद्धारा चिलाउने पानी दोभान लिफ्टिङ खानेपानी आयोजना सफलता पुर्वक सम्पन्न भएर उपभोक्तलाई हस्तान्तरण गरिएको छ । चैत्र २८ गते नेपाल रेडक्रश सोसाईटीका अध्यक्ष संजीव थापाले एक कार्यक्रमका बिच उक्त खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गर्नु भएको छ ।

पानी आएपछि समयको बचत हुने भएको छ । हिजोको दिनमा घण्टौं कुरेर पनी पानी नपाएर घर फर्केको पिडा सुनाउँदै सिता तामाङ भन्नुहुन्छ ः – “अब सुःखका दिन आयो । मजाले पानी खान पाउने भइयो । बटुवाले पानी माग्दा समेत दिन नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । अब ति दिन गए अब बचेको पानीले करेसाबारी बनाउने सोचमा छु । पानी पानी भन्दा गयो जिन्दगानि झैं भएको थियो । अब भने घर अगाडि धारो झरेको छ । खुःशि को सिमा छैन । ”

पानी आए सँगै भुकम्प पछाडि घर बनाउन थालेकी माईलि तामाङ पनी आफ्नो खुःसि यसरी साट्नुहुन्छ  – “पानी नभएर बनाउँदै गरेको घर बिचमै पो छोड्नु पर्ला जस्तो भएको थियो । एक गाग्रो पानी लिन ३ घण्टा सम्म लाग्ने अब त धारो खोले पछि आँगनमै पानी खस्ने । घर पनी अब चै बनाउन सजिलो भयो । पानी नभएर गाउँनै उजाड जस्तो लाग्थ्यो । भएको एउटा कुवामा पानीको पालो पाउनै नसकिने, रातभर कुर्दा पनी पालो पनी नआउने अनी कुवामा पानी पनि सकिने कति दिन घण्टौं लाईनमा बसेर रित्तै भाँडो घर फर्केका छौं । ” यसो भनि रहँदा माईली तामाङको गहभरी आँसु देखिन्थ्यो ।

चिलाउने पानी दोभान लिफ्टिङ खानेपानी आयोजना कुल १ करोड ७७ लाख ९६ हजार ८३४ रुपैयाको लागतमा सम्पन्न आयोजनाले २ सय ४७ घर धुरीका करिब १५ सय भन्दा बडि उपभोक्ता, २ वटा विद्यालय, १ वटा स्वास्थय चौकि मार्फत उपभोक्ता लाभान्वित हुने जिल्ला रेडक्रस सोसाईटिका सभापति रघुवर चौ प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार नेपाल रेडक्रस सोसाईटिले गरेका काम मध्ये यो कामबाट उहाँ आफै पनि निकै सन्तुष्ट रहनु भएको छ । धारा जोड्ने काम अझै जारी रहेको छ । आयोजनाको ग्याबिनबक्स सहितको स्रोत संरक्षण् १ वटा, इन्टेक १ वटा, ट्रान्समिसन लाईन जडान, पम्पसेट जडान ३ वटा, पम्पहाउस निर्माण (शौचालय सहित) २ वटा, ३२ हजार लिटर क्षमताको ३ वटा ट्याङकी, विद्युतिकरण सम्बन्धि कार्य, पाईप लाईन सम्बन्धि कार्य, बारबेर सम्बन्धि कार्य ३ स्थानमा, बे्रक प्रेसर ट्याङकी ३ वटा (मर्मत सुधार) गरेको थियो ।
खानेपानी हस्तान्तरण भैरहँदा बाजा गाजा सहित गाउँमै छुट्टै रौनकता छाईरहेको थियो । मानिसहरु भन्दै थिए पानी सँग भुम्लुमा नयाँ बिहानी आएको छ । यो अवसरमा भए पनि यो बाजामा एक पटक मजैले नाचिन्छ । छम…छम…।

  • पानी सँगै आयो नयाँ बिहानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0