बनेपा-शब्दयात्रा प्रकाशनले यही जेठ महिनामा छजनालाई सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा ६ विधामा सम्मान गर्न लागिएको हो ।
प्रशासनिक महिला प्रतिभा सम्मानबाट प्रथम महिला महाप्रबन्धक सावित्री जङ्गम थापा (ओखलढुङ्गा) लाई, राष्ट्रझङ्कार सम्मानबाट जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ) लाई र सिर्जना सम्मानबाट २०७४ सालमा प्रकाशित पुस्तकहरूमध्ये ‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रहका लागि द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) लाई सम्मान गरिनेछ भने कश्यपगोत्रीय अधिकारीको वृहत् वंशावली तयार पार्ने नरेन्द्रकुमार अधिकारी (झापा) लाई शोध सम्मानबाट, काभ्रे जिल्लामा सामाजिक कार्यहरू गरिरहेको संस्था सुभाष स्मृति प्रतिष्ठान (काठमाडौँ) लाई सामाजिक जागरण सम्मानबाट र शिक्षासेवी रामप्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) लाई शिक्षक सम्मानबाट सम्मान गरिनेछ ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, कल्याण लम्साल, गीता मञ्जुश्री अधिकारी, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो । सम्मान गर्दा ५ हजार रुपियाँ, प्रमाणपत्र, किरीट र उपहार समर्पण गरिनेछ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |