Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखाल नगरको बार्षिक समिक्षा सम्पन्न, विकास निर्माण कार्यमा वडा नं १० उत्कृट

प्रभातफेरी अनलाइन ६३०० पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन १३, शनिबार (७ साल अघि)
पाँचखाल नगरको बार्षिक समिक्षा सम्पन्न, विकास निर्माण कार्यमा वडा नं १० उत्कृट

पाँचखाल-पाँचखाल नगरपालिकाको गत आ.व ०७४। ०७५ मा सम्पन्न वार्षिक विकास कार्यक्रम तथा नगरपालिकाबाट सम्पन्न बिभिन्न क्रियाकलापको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले ०७४ । ०७५ मा सम्पन्न बिकास निर्माणको वारेमा जानकारी गराउनु भएको थियो । जसमा आय तर्फ ४९ करोड ४३ लाल ४५ हजार ६ सय ४९ रहेकोमा ३९४ वटा बिभिन्न बिकास निर्माणको कार्यको लागि वजेट विनियोजन भएपनि ३५६ सम्पन्न भई ३८ वटा कार्य अधुरै रहेको जसको लागि ३९ करोड ६९ लाख ७१ हजार ७ सय ९८ वजेट खर्च भएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा चापागाईले भन्नुभयो नगरका उप—मेयर लक्ष्मी दनुवारको संयोजकत्वमा गठित अनुगमन समितिका अनुसार ०७४ । ०७५ को विकास निर्माणको कार्यमा सबभन्दा उत्कृष्ट कार्य गर्दै शत प्रतिसत प्रगति हासिल वडा नं १० ले गरेको जानकारी गराउनु भयो । सो वडाले समयमै निर्धारित सम्पुर्ण बिकास निर्माणको कार्य सहज ढंगबाट सम्पन्न गराउन सफल भएको वताउनु भयो । त्यसैगरी तुलनात्मक रुपमा वडा नं १२ को विकास निर्माण कार्यमा ३४ वटा कार्य अधुरै रहेको जानकारी गराउनु भयो । सो वडामा ६८ प्रतिशत मात्रै प्रगति हासिल गरेको बताउनु भयो । त्यसैगरी सय प्रतिशत प्रगति हासिल गर्ने वडामा वडा नं ५, ६ , ७ ,१३ रहेको छ । सवभन्दा वडी योजना रहेको वडा नं १२ जसमा ५० वटा योजना रहेको थियो भने सवभन्दा कम योजना वडा नं १३ मा १२ वटा रहेको छ ।

समिक्षा कार्यक्रमका सभाध्यक्ष एवं नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरलाई समृद्ध बनाउनको लागि नगरका सम्पुर्ण जनप्रतीनिधिहरु एक ढिक्का भएर अगाडी बढेको वताउनु भयो । नगरवासिहरुको सुझाव र सल्लाहको आधारमा नगरको विकास निर्माण लगाएतको कार्यलाई अगाडी बढाएको बताउनु भयो । नगरको दिगो बिकासको लागि जनप्रतीनिधिहरु अगाडिी बढ्नुपर्ने बताउंदै वडामार्फत हुने विकास निर्माणको कार्यको लागि वडाध्यक्ष मात्र नभई वडामा रहेका वडा सदस्यहरुको भुमिका सकृय हुनुपर्ने वताउनु भयो ।

कार्यक्रममा नेकपाका नेता मणिराज गौतमले विकास निर्माण कार्यमा उत्कृष्ट कार्य गर्न सफल वडा नं १० को कार्यलाई अरुवडाहरुले समेत पच्छ्याउनु पर्ने वताउनु भयो । उहाँले थप्नुभयो उप—मेयरकै वडा वडा नं १२ मा अन्य वडाको तुलनामा धेरै योजना रहेको र सोही वडामा कार्य सम्पन्न नभई ३४ योजना अधुरै रहनुले सकारात्मक शंदेस नदिएको बताउनु भयो । नगरले वजेट विनियोजन गर्दा भौतीक निर्माणको साथै नगरवासिको जिवन स्तर उकास्ने साथै आय आर्जनको पक्षमा ध्यान दिनु पर्ने वताउनु भएको थियो ।

शिता तामाङबाट संञ्चालित उक्त कार्यक्रममा नगरका शाखा अधिकृत रोशन पुनले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लवग्रीन नेपालका कार्यक्रम संयोजक नारायण ज्ञवाली, पत्रकार महांसंघ काभे्रका प्रतीनिधि लक्ष्मण तिमल्सिना, वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल, वडा नं ९ का वडाध्यक्ष किरण श्रेष्ठ लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0