Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माटो परिक्षणको लागि जापानीज बिशेषज्ञको सहयोग, बिना खनजोत खेती गर्दा उत्पादन बृद्धी, खर्च कम्

प्रभातफेरी अनलाइन ८२८२ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (७ साल अघि)
माटो परिक्षणको लागि जापानीज बिशेषज्ञको सहयोग, बिना खनजोत खेती गर्दा उत्पादन बृद्धी, खर्च कम्

आइ.आर.के. मैनाली
पाँचखाल-“पाँचखाल नगर कृषि शहर” भन्ने उद्देस्यका साथ अगाडी बढेको पाँचखाल नगरको खेति योग्य जमिनमा माटोको अवस्था पहिचान गर्ने उद्देस्यले माटो परिक्षण गर्ने कार्यलाई प्राथमिकता दिदै अगाडी बढेको छ ।

लवग्रीन नेपालको आयोजना तथा लवग्रीन जापानको सहयोग साथै पाँचखाल नगरपालीका कृषि शाखा र प्रतिष्ठा कृषि सहकारी संस्था को समन्वयमा भएको माटो परिक्षणले माटोको अवस्थाको बारेमा जानकारी भई कृषकहरुले गर्दै आएको खेतीमा उत्पादन बृद्धी साथै खर्चमा कमी ल्याउन टेवा मिल्ले भएको छ ।
“गुणस्तरीय माटो, दिगो कृषिको आधार” भन्ने मुल नाराका साथ दुई दिने माटो परिक्षण कार्य पाँचखालमा मंगलबार सम्पन्न भएको छ । पाँचखाल र आसपासको क्षेत्रमा बिशेषगरी वातावरण संरक्षणको लागि भुमिका निर्वाह गर्दै आएको लवग्रीन नेपालले आयोजना गरेको उक्त माटो शिबिरमा हाललाई पाँचखाल नगरपालिका भित्रका कृषकहरुको खेतबारीको माटो नमुना संकलन गरी परिक्षण गरेको हो ।

वातावरण संरक्षणको लागि विगत २७ बर्षदेखी निरन्तर रुपमा अगाडी बढेको लवग्रीन नेपालले कृषकहरुको खेतबारीबाट २ हजार माटो नमुना संकलन गरी परिक्षण गर्ने तयारी गरेको लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीले जानकारी गराउनु भएको छ । निर्देशक ज्ञवालिका अनुसार कृषिको लागि उर्बरा भुमिको रुपमा रहेको पाँचखाल र आसपासको स्थानमा माटोको परिक्षण गरी माटोमा अपुग भएको तत्वहरु परिपुर्तीको लागि कृषकहरुलाई जाकरुक गराउने तयारी गरेको बताउनु भयो । उहाँले थप्नुभयो कृषकहरुको लागत खर्च घटाउंदै आम्दानि बढाउने बिषयमा जापानमा रहेका कृषि विज्ञहरुसंग परामर्स गरीरहेको बताउनु भयो । कृषकहरुले हाल गरीदै आएको पौरानीक खेती प्रणालीलाई परिवर्तन गर्दै विना खनजोत खेती गर्ने तरीका अपनाउंदै अनावश्यक रुवमा गरीने खनजोतमा हुने खर्चलाई घटाउने तयारी गरेको बताउनु भयो ।

जापान स्थित फुकुसिमा विश्वविद्यालयका प्रोफेसर (माटो बिज्ञ) नोवुहिरो खानेकोले दुई दिने निःशुल्क माटो परिक्षण शिविरको उद्घाटन गर्दै भन्नुभयो नेपालमा गरीने कृषिपेसालार्ई आधुनिक तरिकाबाट गराउने उद्देस्यका साथ तीन बर्ष अगाडी बाट बर्षको ७ दिन नेपालमा बसेर नयाँ ढंगको खेती गराउने बिषयमा लागेको होे ।

उहाँले थप्नुभयो राम्रो उत्पादनको लागि सवै भन्दा महत्वपुर्ण पक्ष माटोमा हुनुपर्ने तत्वहरु सुरक्षीत हुनुपर्ने भएकोले माटो परिक्षणलाई अभियानको रुपमा अगाडी बढाएको बताउनु भयो । विश्वका बिभिन्न मुलुकमा बिना खनजोत खेती गर्ने नयाँ प्रबिधिहरु भित्रिएको बताउंदै नेपालमा पनि सोही प्रबिधि भित्राउने बिषयमा लवग्रीन नेपालले कार्य थालेको र सो कार्यलाई आफुले सघाउने बताउनु भयो ।
कार्यक्रममा प्रोफेसर खानेकोले खेती गर्दा गरीने खनजोतले भूक्षय हुने साथै कृषकहरुको खर्च बढ्ने भएकोले आधुनिक खेती गर्दा विगतको जस्तो अनावश्यक रुपमा जमिन भत्काउने कार्यलाई रोकी जुन खेती गरीन्छ त्यसको लागि बिरुवा रोप्नको लागि जति आवस्यक पर्छ त्यति मात्रै खनेर खेती गर्दा उप्तादनमा कुनै कमी नआएको बताउनु भयो । जापान अमेरीका लगाएतको मुलुकहरुमा गरेको अनुसन्धानको आधारमा नेपालमा पनि सोही तरीकाले खेती गर्दा सफल भएको बताउनु भयो । जुन तरीकाले खेती गर्दा खर्च कम हुने साथै उत्पादन बृद्धी भएकोले कृषकहरुको लागि हित भएकोले सोही तरीकाले खेती गराउने बिषयमा लवग्रीन नेपाल अगाडी बढेको र आफुले सहयोग गर्ने बताउनु भयो । पाँचखालको केही स्थानमा नमुनाको लागी (डेमोस्टेसन) खेती सुरु गरीसकेको र अब धेरै स्थानमा नमुनाको लागि (डेमोस्टेसन) जमिनको तयारी गरेको बताउनु भयो ।

लवग्रीन जापानका अध्यक्ष मासाव आईकावाको उपस्थितमा भएको उक्त निःशुल्क माटो परिक्षण शिविरमा माटोमा भएको नाईट्रोजन बिशेषज्ञ बिनय संगत लगायतको प्राविधिक टोलिले २ सय ५० नमुना माटो संकलन गरी परिक्षण गर्नुभएको थियो । परिक्षणमा माटोमा अमिलिय पनको मात्रा बडी साथै नाईट्रोजन र फसफोरसको मात्रा कमी हुनाको साथै सन्तोष जनक पिएच नभएको पाईएको छ । माटोमा भएको समस्या समाधानको लागी लवग्रीन नेपालले पाँचखाल नगरपालीकासंग समन्वय गरेर अगाडी बढ्ने लवग्रीन नेपालका निर्देशक ज्ञवालीले जानकारी गराउनु भएको छ ।

लवग्रीन नेपालले सुरुको समयमा पाँचखाल र आसपासको क्षेत्रमा विक्षारोपन गर्दै हरीयाली पुर्ण वनाउंदै वातावरणको संरक्षण गर्दै धेरै सामुदायिक भवन, विद्यालयहरु निर्माण गर्ने कार्य समेत गदै आको थियो । पछिल्लो समयमा पाँचखालमा प्राङ्गारिक तरकारी खेती गराउने बिषयमा कृषकहरुलाई जागरुक वनाउंदै आएको छ । पाँचखालको वातावरण संरक्षको लागि स्थापना कालबाटै भुमिका निर्वाह गर्दै आएको उक्त संस्थाले बिषादी रहित पाँचखाल बनाउने अभियानका साथै आधुनिक तरीकाको खेतीमा जोड दिदै आएको छ ।

  • खर्च कम्
  • बिना खनजोत खेती गर्दा उत्पादन बृद्धी
  • माटो परिक्षणको लागि जापानीज बिशेषज्ञको सहयोग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0