Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बस्तीको बिच भागमा इट्टा भट्टा हुनै सक्दैन – मन्त्री बाँस्कोटा

प्रभातफेरी अनलाइन ६४१० पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (४ साल अघि)
बस्तीको बिच भागमा इट्टा भट्टा हुनै सक्दैन – मन्त्री बाँस्कोटा

आइ.आर.के.मैनाली
नमोबुद्ध-सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मानव सस्थ्य भन्दा ठुलो उद्योग नभएको वताउनु भयो । बस्तिको बिच भागमा मापदण्ड बिपरित ढंगबाट संञ्चालन भएको इट्टा भट्टा र क्रसर उद्योगले वातावरणलाई प्रदुषण गर्दै मानब स्वास्थ्यमा असर पु¥याएकोले त्यस्ता उद्योग तुरुन्तै बन्द गर्नुपर्ने बताउनु भयो ।

आईतबार नमोबुद्ध नगरको पाँचौ स्थापना दिवस तथा नगरको नवनिर्मित भवन उद्घाटनन गर्ने क्रममा मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नु भएको थियो । उहाँले थप्नुभयो नगरवासिको हितको खातिर नगरले भट्ट तथा क्रसरलाई हटाउन खोजेको र सो नगरको निर्णयलाई अवज्ञा गरे व्यवसायीहरुले जटिल परिस्थितिको सामना गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले थप्नुभयो विगतको बर्षहरुमा नमोबुद्ध नगरपालिका साह्रै सफा र वातावरण स्वच्छ थियो, तर हाल आएर वातावरण पुर्ण रुपमा प्रदुषण भई अचेल धुवाँका कारण विहान ९ बजे पनि घाम नलाग्ने भएको वताउनु भयो । यसरी बस्तीको बीचमा ईंट्टा भट्टा संञ्चालन हुनै नसक्ने बताउंदै विकासको परिकल्पना भित्र वातावरण ध्वस्त गर्न नहुने बताउनु भयो । सरकारले उद्योगको लागि विकल्पको रुपमा पाँचखालमा औद्योगिक क्षेत्र निर्माण गर्न लागेको वताउंदै सो स्थानमा स्थापना हुनै सवै प्रकारका उद्योगहरु वातावरण मैत्री ढंगले संञ्चालन हुने जसको कारण मानव स्वस्थ्यलाई कुनै समस्या नपर्ने बताउनु भयो ।
नमोबुद्ध नगरपालिकाको मुख्य समस्या भनेको उद्योगको नाममा संचालन भएको भट्टा तथा क्रसरले विगारेको वातावरणको संम्रक्षणको साथै पानीको व्यवस्था गर्नु पर्ने बताउनु भयो । उद्योगको कारणले भएको समस्या समाधानको लागि नगरपालिकाले प्रकृया अगाडी बढाई सकेको र दोस्रो समस्याको रुपमा रहेको पानीको व्यवस्थाको लागि ५ वर्ष भित्रमा समाधान गर्ने तयारी गरेको बताउनु भयो । पानीको समस्या समाधानको लागि सवै प्रकृया अगाडी वढेकोले नगरवासिहरुलाई ढुक्कका साथ रहन भन्नु भयो ।

पछिल्लो समएमा आएर मुलुकको १४ वटा नगरमा नगरपालिका भवन निर्माणको योजना रहेकोमा नमोबुद्ध नगरपालिकाको भवन निर्माण समयमै सकिएर पहिलो हुन सकेकोमा खुसि व्यक्त गर्नुभयो । यसरी समयमै कार्य सम्पन्न गर्न सक्ने नगरपालीका परिवारलाई साथै निर्माण जिम्मेवारी लिएका ठेकेदारलाई समेतलाई बधाई दिनु भयो । अवका कुनै पनि विकास निर्माणको कार्यमा नमोबुद्ध नगरपालीका भवन जस्तै समयमै निर्माण सम्पन्न गर्ने गराउने वातावरणमा सरकार लागेको बताउनु भयो ।

कार्यक्रममा मन्त्री वाँस्कोटाले थप्नुभयो अवैध ढंगबाट संचालन भएका कुनै पनि उद्योगलाई कारवाही गरेरै छाड्छौं । तेमाल बेसीको बगरमा रहेको क्रसरलाई कार्वाहीको प्रक्रिया अगाडी बढी सकेको बताउनु भयो । कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखसंग कुरा भैसकेको खुलासा गर्नुभयो । कोशीको बगर व्यक्तिको हुन सक्दैन त्यो जनताको सम्पत्ति हो, त्यस्तो ठाउंमा क्रसर संचालन गरेकोले कारवाहीको प्रकृया अगाडी बढाएको वताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले भन्नुभयो “यो वर्ष सिलान्यास र उद्घाटनको वर्ष हो”। ‘हिजो मात्र मैले गुम्बा उद्घाटन गरें आज नगरपालिकाका कार्यालय भवन उद्घाटन गरेका छौं ।’ बमध्वजले भने, ‘अब यो वर्ष सिलान्यास र उद्घाटनको वर्ष हुनेछ ।’ सवैखाले बिकास निर्माण कार्यको उद्घाटन भन्नुनै समृद्धिका किरणहरु जनताको बीचमा आउनुको शंकेत भएको वताउनु भयो । समृद्धिका क्षितिज टाढा भएपनि आफूहरुले जनताको आँगनमा ल्याउने प्रयत्न गरिरहेको बताउनु भयो ।

वर्तमान सरकारले तिब्र गतिमा कामहरु अगाडी वडाउदैछ, यस्तो समयमा पनि प्रति प्रतिपक्षले गरेको विरोधको कुनै अर्थ नरहेको बताउनु भयो । प्रतीपक्षले आफूहरुले शासन गर्दाका अवस्थालाई फर्केर हेर्नु पर्ने वताउनु भयो । ‘हामीले प्रतिपक्षको विरोधलाई सकारात्मक रुपमा लिएका छौं । सुझाव र सल्लाहको रुपमा ग्रहण गरेका छौं ।’ हिजो शासन गर्दा गरेका काम पनि देखेका छौं भन्दै जस्ले जस्तो बिरोध गरेपनि जनताको हितको लागि निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो ।

त्यसैगरी प्रदेश ३ का सांसद चन्द्र लामाले आफूहरु निर्वाचित भएको १ वर्ष पुग्नै लाग्दा धेरै काम गरेको बताउनु भयो । विकास निर्माणको कार्यमा समस्या जताततै रहेको छ, तर समस्या छ भनेर अन्धोले हात्ती छामे जस्तो गर्ने स्थिति नरहेको वताउनु भयो । सवै प्रकारको समस्याको समाधानको लागि आफूहरुले २४ वटा विधेक पास गरिसकेका बताउनु भयो । जनताले विकास निर्माणको लागि आफुहरुलाई चुनेर पठाएको त्यसलाई मध्यनजर राख्दै जनताको चाहना अनुसारको कार्य सम्पन्न गरी छाड्ने बताउनु भयो ।

४ करोड ६६ लाख ६२ हजार ६ सय ७६ रुपैयाको लागतमा नगरको २ तले १७ कोठाको भुकम्पप्रतिरोधी भवन निर्माण कार्य सम्पन्न भएको छ । अपांगमैत्री उक्त भवनमा महिला, पुरुष र अशक्तको लागि ८ शौचालय छन् । लिफ्ट जडान गर्ने संरचना समेत तयार भएको प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी गराउनु भएको छ । कृषि, आयर्वेुद र पशु सेवा शाखा भने आफ्नै सेवा केन्द्रको भवनबाट सञ्चालन भइरहेको छ ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, रत्न लामा, गोमा भुर्तेल, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु, नेपाली कांग्रेस नगर सभापति कुन्साङ लामा, नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिना लगायतले नगरको विकास निर्माणबारे आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा पुर्व दलीय संयन्त्र प्रतिनिधी, पुर्व प्रमुख प्रशासकीय अधिकृतहरु, उत्कृष्ट कर्मचारी लगायतलाई उनीहरुले विगतमा पु¥याएको योगदानको चर्चा गर्दै सम्मान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0