धुलिखेल-मानविय सेवामा समर्पित संस्थाको रुपमा परिचित रोटरी क्लव अफ धुलिखेल काभे्रपलाञ्चोकले सक्षम जनशक्ति उत्पादनको लागि विभिन्न सिपमुलक कार्यक्रमहरु संञ्चालन गर्दै आएको रोटरीयन जोत्सना सैजुले बताउनु भएको छ ।
बेरोजगार रहेको जनशक्तिलाई सिपमुलक क्षमतामा परिणत गरी दक्ष जनशक्तिका रुपमा समाजमा स्थापित गराउने लक्षसहित रोटरी क्लब अफ धुलिखेल र धुलिखेल उद्योग बाणिज्य संघ धुलिखेल काभे्रपलाञ्चोकले सेनेटरी प्याड, सिलाई प्रशिक्षण सुरु गरेको शैजुको भनाई रहेको छ ।
उक्त सिलाई प्रशिक्षण कार्यक्रम अन्तर्गत धुलिखेल आसपास क्षेत्रका ३० जना बेरोजगार महिलाहरुलाई पहिलो चरणअन्तर्गत ३ महिना प्रशिक्षण पश्चात डिप्लोमा अन्तर्गत अर्को ३ महिना थप प्रशिक्षित गराइ आत्मनिर्भरता तर्फ उन्मुख गराउने लक्ष्यलिएको रोटरी क्लव अफ धुलिखेलका पे्रसिडेन्ट लक्ष्मी खनालको भनाई रहेको छ । उहांका अनुसार अहिले ३० महीला द्वारा उत्पादन गरीने सेनेटरी प्याड स्कुले किशोरीहरुलाई प्रदान गरीने र तालिम पश्चात सो उत्पाद गरीएको सेनेटरी प्याडलाई बिक्रि वितरण गर्ने स्वामित्व प्रशिक्षार्थीहरुकै हुने हुंदा सिलाई प्रशिक्षणमा महिलाहरुको अभिरुची वढ्दो पाईएको खनालको भनाई रहेको छ ।
भण्डै ७० लाखको परियोजना अन्तर्गत संञ्चालित उक्त सिलाई प्रशिक्षण बाट उत्पादन भएको सेनेटरी प्याड गरिव विपन्न परिवारका स्कुले किशोरी प्रति लक्षीत गरी सुरु भएको योजनाले पहिलो चरण अन्तर्गत सेनेटरी प्याड, हातधुने साबुन, कपडा धुने साबुन, रुमाल र पेन्टी उपलब्ध गराउने अध्यक्ष खनालको तर्क रहेको छ । सामान दिनु पुर्व ति स्कुले किशोरीहरुलाइ महिनावारी सम्बन्धि सचेतना कार्यक्रमहरु चलाईने र उक्त कार्यक्रमबाट महिलाहरुमा देखिएको महिनावारीका समस्या र चुनौतीका बारेमा सु–सुचित समेत पारीने वताउनु भयो ।
रोटरी क्लव अफ धुलिखेलको भावि कार्यक्रम अन्तर्गत रायोवारीमा लघुबित्त कार्यक्रम चलाउने साथै अशक्त महिलाहरुका लागि बाख्रा पालन संगै लोपोन्मुख अवस्थामा पुगेको सालको पातबाट बन्दै आएको टपरी बनाउने तालिम दिने समेत अध्यक्ष खनालले बताउनु भयो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |