Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको बृहत खानेपानीको लागी रकम जम्मा गर्ने कार्य जारी,  समयमा रकम जम्मा नभए योजना फेल हुने

प्रभातफेरी अनलाइन ६७०७ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
पाँचखालको बृहत खानेपानीको लागी रकम जम्मा गर्ने कार्य जारी,  समयमा रकम जम्मा नभए योजना फेल हुने

आइ.आर.के मैनाली
पाँचखाल-पाँचखाल नगरपालीकामा पिउने पानीको अभावलाई दिर्घकालिन रुपबाट समाधान गर्ने उद्देश्यले नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानीमा सुनकोशि पाँचखाल खानेपानी योजना संञ्चालन गर्ने तयारीमा रहेको छ । योजनाको नियम अनुसार उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम हात्तीको लम्काईको वदलामा कछुवाको लस्काईको गतिले अगाडी बढेकोले समयमा रकम जम्मा हुन नसके शंकेत देखा पर्दा “हात्ती आयो हात्ती आयो फुस्सा” सावित हुन सक्ने प्रवल संभावना रहेको छ ।

विस्तृत अध्ययन प्रतिवेदनको आधारमा २ अर्व २१ करोडको लागतमा सुरुहुन लागेको उक्त खानेपानी योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ५ प्रतिशत जम्मा गर्नु पर्ने हुन्छ । जसको लागि ११ करोड ५ लाख रकम उपभोक्ताले जम्मा गरेपछि योजनाको कार्य सुरु हुन्छ । हालको अवस्थामा ५ हजार ९ सय उपभोक्ता रहेकोले प्रति उपभोक्ता १८ हजारको दरले जम्मा गर्नुपर्ने हुन्छ । पाँचखालको प्रमुख बालिको रुपमा लगाईने आलु खेतीको लागि लगानी गर्नु पर्ने समय भएकोले उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम समयमा जम्मा हुन नसकेको कृषकहरुको भनाई रहेको छ । रकम जम्मा गर्न सक्ने स्थानियहरुले पनि पर्ख र हेरको नीति लिदैं रकम जम्मा गर्न आलटाल गर्दा केही समस्या आएको उपभोक्ता समितका पदाधिकारीहरुको भनाई रहेको छ ।

नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानिमा दैशै भरमा १९ वटा योजना रहेको छ । १९ योजना मध्य जुन उपभोक्ता समितिले पहिला रकम जम्मा गर्छ सोही योजना पहिला सुरुहु्ने जानकारी प्राप्त भएको छ । त्यसैगरी निर्धारित समयभित्र उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा नभए योजना फेल हुने शंकेत देखा परेको छ ।

उपभोक्ता समिति साथै पाँचखालका जनप्रतीनिधिहरुको ठुलो प्रयासमा संञ्चालन हुन लागेको वृहत खानेपानी योजना असफल भएमा केही बर्ष पछि पाँचखालका जनताहरु काकाकुलको अवस्थामा पुग्नु पर्ने सुनिष्चित रहेको छ । स्थानियमुलहरु सुकेर विकल्पको रुपमा इनारको माध्यमबाट पानीको व्यवस्था गर्दै आएको अवस्थामाकेही बर्ष अगाडीबाट सो स्रोत समेत भरपर्दो नहुंदा पुन विकल्पको खोजिको क्रममा डिप वोरिङ्गको माध्यम अपनाएपनि सो समेत भरपर्दो अवस्थामा नरहेकोले दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था हुन नसके पाँचखालमा पानीको लागि ठुलो समस्या आउने दिन नजिकदो छ ।

बृहत खानेपानी संञ्चालनको बिषयमा पाँचखाल नगरका मेयर महेश खरेलसंग समपर्क गर्दा पाँचखालको भविश्यसंग गासियको बृहत खानेपानी योजना जुन सुकै हालतमा सम्पन्न गरी छाड्ने बताउनु भयो । उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा हुने क्रम जारी रहेको र अव गतिलिने बताउनु भयो । कृषकहरुको प्रमुख खेतीको समय भएकोले सुरुको अवस्थामा रकम जम्मा हुन केही सुस्तता भएपनि यो महिना भरमा धेरै रकम जम्माहुने बताउनु भयो । रकम जम्मा गर्नुपर्ने बिषयमा व्यापक प्रचार प्रशारको माध्यम अगाडी बढ्ने बिषयमा सोमबारको कार्यपालीकामा निर्णय भएको मेयर खरेलले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो पाँचखालमा रहेको सवै दल साथै स्थानियको चाहना दिर्घकालिन खानेपानी भएकोले सो दल साथै नगरवासिहरुको चाहनालाई पुर्ण गर्ने दायित्व जनप्रतीनिधिको समेत भएकोले योजना असफल हुनेमा कुनै शंङ्का नरहेको मेयर खरेलले बताउनु भयो ।

मेयर खरेलले थप्नुभयो म लगाएत सवै राजनीतिक दलका नेताहरुले स्थानिय तहको निर्वाचनमा पाँचखाल नगरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने वचन दिएका थियौं । सोही सवै नेताको वचन पुरा गर्ने कार्यमा सवै दल लागिपर्नुभएको छ, नगरको नेतृत्व आफुले सम्हालेकोले सो वचनलाई पुरा गर्ने बिषयमा निरन्तर लागि परेको बताउनु भयो । पाँचखालमा पौरानिक मुलहरु त, केही वर्ष अगाडिनै सुकिसकेको र विकल्पको रुपमा इनारको माध्यम अपनाएको सो पनि सुक्न थालेपछि बोरिङ्ग गरी पानीको व्यवस्था गरेकोमा सो स्रोत पनि भरपर्दो नभएको कतिपय सुक्न थालेकोले दिर्घकालिन स्रोतको व्यवस्था गरी अगाडी वढ्ने तयारी गरेको वताउनु भयो ।

सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार हाल सम्म ६० लाख रकम जम्मा भएको छ । पुष मसान्त सम्म उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा हुन नसके योजना फेल हुने संम्भावना रहने वताउनु भयो । उहाँले थप्नुभयो “योजना फेल हुनु भनेको सिंगो पाँचखाल खानेपानीको लागी पछि पर्नुहो” । योजनालाई फेल हुन नदिनको लागि भोली बुधबारबाट घरदैलो अभियान साथै माईकिङ्ग गर्ने तयारीमा जुटेको साथै विद्यालयहरुमा गएर शिक्षक तथा विद्यार्थीहरुसंग अन्तक्रिया गरेर रकम संकलन कार्यलाई तिब्र गतिमा अगाडी बढाउने योजना रहेको अध्यक्ष लामिछानेको भनाई रहेको छ ।

योजना सम्पन्न गर्न ठुलो चुनौती रहेको तर दिर्घकालिन रुपमा पानीको समस्या समाधानको लागि अर्को कुनै विकल्प नभएकोले पाँचखाल नगरवासिहरुले समयमै सचेत नरहे भावि पुस्ताले पानीको लागि ठुलो समस्या खेप्नु पर्ने अवस्था आउने संभावना रहेको छ । कुल लागत स्टमेट २ अर्व २१ करोडको ७० प्रतिशत एशियाली विकास वैंकले पाँचखाल नगरको जमानिमा ऋण लगानि गर्ने, २५ प्रतिशत नगरबिकासको तर्फबाट ऋण उपलब्ध गराउने तयारी भइसकेको अवस्थामा ५ प्रतिशत उपभोक्ताले जम्मा गर्नुपर्ने रकम जम्मा हुन नसकेर योजना असफल भए समस्या निम्तन सक्ने भन्दै जनप्रतीनिधिहरुले सकृय ढंगबाट अगाडी बढेको अवस्था छ ।

उपभोक्ताहरुले तोकीएको रकम जम्मा गर्न सुनकोशी पाँचखाल खानेपानी उपभोक्त समितिको नाउमा पाँचखाल नगरमा रहेको कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडमा खाता खोली रकम जम्मा गर्ने व्यवस्था मिलाईएको छ । सो रकम जम्मा गरेपछी उपभोक्ताले घरघरमा धारा जडानको लागि पुन शुल्क तिर्नु नपर्ने जानकारी प्राप्त भएको छ । उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ । सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समितिको पहलमा दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने तयारी भएको हो ।

  • पाँचखालको बृहत खानेपानीको लागी रकम जम्मा गर्ने कार्य जारी
  • समयमा रकम जम्मा नभए योजना फेल हुने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0