Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडक्रस टौखाल उपशाखामा त्रिपक्षीय भिडन्त

प्रभातफेरी अनलाइन ७००५ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ८, आईतबार (७ साल अघि)
रेडक्रस टौखाल उपशाखामा त्रिपक्षीय भिडन्त

पनौती- नेपाल रेडक्रस सोसाइटी उपशाखाहरुको अधिवेशन कार्यक्रम तिब्र रुपमा सम्पन्न भइरहेका खबर छन् । यसै क्रममा आइतबार पनौतीका २ ओटा शाखाहरु सुन्थान र टौखालले निर्वाचन प्रकृया सँगै अधिवेशन आयोजना गरे । अधिवेशनबाट सुन्थान शाखाले सर्वसहमत ईश्वर बहादुर भण्डारीको सभापतित्वम नयाँ कार्य समिति चयन गरेको छ ।

अन्य सर्वसहमत सदस्यहरुमा रामकृष्ण भण्डारी, बाबुराम भण्डारी,रञ्जु सापकोटा,राजेन्द्र कुमार दाहाल, नवराज सापकोटा,दिपक तिमल्सिना,यज्ञ प्रसाद हुमागाई,सरस्वती हुमागाई तिमल्सिना, र नविन रावल रहेका छन् । अधिवेशन कार्यक्रममा निर्वाचित सभापति तथा सदस्यहरुलाई शपथ गराउँदै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री उद्धव पौडेलले सहमतिपूर्ण ढंगले अधिवेशन सम्पन्न गर्न सकेकोमा धन्यवाद दिँदै रेडक्रसको मर्म र सिद्धान्त अनुरुप कार्य गर्नुपर्ने बताउनुभयो । जिल्ला शाखाद्वारा सुन्थान रेडक्रसका लागि एम्बुलेन्स उपलब्ध गराउन लागेको जानकारी दिँदै उचित व्यवस्थापनका साथ संचालन गर्ननिर्देशन दिनुभयो ।

कार्यक्रमा बोल्दै रेडक्रस जिल्ला उपसभापति रघुनाथ हुमागाईले संस्थाको विकासलाई ध्यान दिँदै लक्षित समूहका लागि सक्रिय रहन निर्देशन दिए । जिल्ला पूर्व उपकोषाध्यक्ष नारायण सापकोटाले संस्थाको हित नै प्रधान हुने भएकोले बिना स्वार्थ रेडक्रसको उद्देश्य अनुरुप कार्यगर्नुपर्ने बताए । बल्थली रेडक्रसका सभापति मकुन्द प्रसाद अर्यालले सफलताको शुभकामना प्रदान गर्दै रेडक्रसको सिद्धान्त र मर्म अनुरुप संचालन गरी लक्षित बर्गमा सहज सेवा प्रदान गर्नुपर्ने बताए । सर्वसहमतिपूर्ण ढंगले अधिवेशन सम्पन्न गरेकोमा धन्यवाद दिए ।

त्यसै गरी शनिवार नै आयोजना गरिएको टौखाल उपशाखाको अधिवेशनमा कुनै पनि पदमा सर्व सहमत हुन सकेन । उक्त शाखाका लागि सभापति पदमा प्रल्हाद शर्मा हुमागाई,मिन बहादुर बस्नेत र विनोद बञ्जाराको दावी रहेको छ । अन्य पदमा पनि सर्वसहमत हुन सकेन । सभापति पदका उम्मेदवार हुमागाई तीन कार्यकाल अघि सर्वाधिक मतले सदस्य विजय भएका थिए । तत्कालिन अवस्थामा टौखाल उप–शाखा अधिवेशनमा पनि निर्वाचन प्रकृयाबाट नै पदाधिकारीको छनोट गरिएको थियो । जसमा १ सय २ मत खसेकोमा हुमागाईले ९८ मत प्राप्त गर्न सफल भएका थिए । निर्वाचन प्रकृयाबाट पदाधिकारीको छनोट गरिँदा पनि परिणाम हुमागाईकै पोल्टामा जाने आजिवन सदस्य एवम् मतदाता रविन बञ्जाराले बताए । स्थानीय समुदायमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेका हुमागाई प्रति स्थानियको विश्वास भएकै कारण सबैको चाहना उहाँ प्रति नै हो । अन्य दुई आकांक्षीको पनि हुमागाई प्रति नै विश्वास छ । उनीहरुले पनि हुमागाई सँग निर्वाचनमा जाँदा पराजय भोग्नु पर्ने देखे पनि बाध्यात्मक अवस्थाले मात्र उम्मेदवारी दिएको एक उम्मेदवारले सार्वजनिक रुपमै बताएका थिए ।

अर्का दुई प्रत्यासीहरु मध्ये मीन बहादुर बस्नेत यस अघि पनि कार्यसमितिका सभापति हुन् । यस अघि सार्वजानिक समारोहहरुमै आफू उम्मेदवार नदिने बताए पनि पछिल्लो समयमा आएर मात्र उनले उम्मेदवारी दिएका हुन । बाध्यकारी अवस्था सृजना भएर मात्र उनले उम्मेदवारी दिएको उपशाखा सदस्यहरुको भनाई छ । अर्का उम्मेदवार विनोद बञ्जारा रेडक्रस टौखाल उपशाखाका निर्वतमान सदस्य तथा पूर्व जिल्ला प्रतिनिधि हुन । यस अघिको निर्वाचनमा सभापति बस्नेतलाई सघाए बापत नै बञ्जारा जिल्ला प्रतिनिधिमा छनोट भएको चर्चा गरिदै आएको छ । पहिले दुवै पक्ष बिच सहमति भएर बस्नेतले विजय हासिल गरेपनि यो पटक यी दुई विचको प्रतिस्पर्धाले हुमागाईको पल्लाभारी हुने मतदाताहरुको भनाई छ ।

यस विषयमा प्रतिस्पर्धी हुमागाई सँग प्रतिकृया लिँदा उनले रेडक्रस जस्तो नितान्त मानवीय संस्थालाई शुद्धिकरण गर्न मात्र उम्मेद्वारी दिएको बताए । मेरो कोही कसै सँग प्रतिस्पर्धा गर्ने इच्छा पनि छैन । न कोही मेरा लागि टाढा नजिकका नै हुन मेरो त मात्र रेडक्रसमा रहेर संस्थाको भावना अनुरुप संस्थागत विकास गरौं र स्थानीयलाई रेडक्रस छ भन्ने प्रत्याभूति गराउँ भन्ने चाहना मात्र हो उनले बताए ।

  • रेडक्रस टौखाल उपशाखामा त्रिपक्षीय भिडन्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0