Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रतिष्ठा कृषिको सातौं बार्षिक साधारण सभा सम्पन्न, कृषकको हितको लागि सहकारीलाई साथ लिएर अगाडी बढ्छौं- खरेल

प्रभातफेरी अनलाइन ६८४९ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष २१, शनिबार (४ साल अघि)
प्रतिष्ठा कृषिको सातौं बार्षिक साधारण सभा सम्पन्न, कृषकको हितको लागि सहकारीलाई साथ लिएर अगाडी बढ्छौं- खरेल

पाँचखाल-“नियमित बचत गरौ आर्थिक विकासमा सहकार्य गरौं” भन्ने मुल नाराका साथ पाँचखाल नगरपालिका वडा नं ३ मा संञ्चालन भएको प्रतिष्ठा कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको नीति नियम र भिजन “कृषि नगर पाँचखाल शहर”संग मिल्दो जुल्दो रहेकोले नगरसंग समन्वय गरेर अगाडी बढ्न सुझाव दिनु भयो । पाँचखाल नगरको प्रमुख उद्देश्य कृषिलाई अगाडी बढाउंदै कृषकलाई धनि बनाउने रहेको र सहकारीको पनि कृषकको हितको खातिर कार्य गर्ने भएकोले एक आपसमा सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले भन्नुभयो पाँचखालमा उत्पादन हुने तरकारी, बिषादी रहित ढंगको उत्पादन हुने भएकोले उत्पादन भएको तरकारीहरु गे्रडिङ्ग, प्याकिङ्ग गर्दै पाँचखालको लोगो लगाएर बजारमा लाने तयारी गरेको बताउनु भयो । सो कार्यको लागि प्रतिष्ठा कृषि सहकारी साथै अन्य कृषि सहकारीलाई साथ लिने बताउनु भयो । पुरानो तरीकाले खेती गर्दा पाँचखालका कृषकहरु मध्यम स्तरमानै सिमित रहेकोले कृषकलाई धनि बनाउन आधुनिक ढंगबाट खेती गराउने योजना नगरको रहेको बताउनु भयो । कृषकलाई जवसम्म धनि बनाउन सकिन्न तवसम्म समृद्ध पाँचखाल बन्न नसकिने हुंदा पहिलो प्राथमिकता कृषिलाई दिने तयारी नगरले गरेको वताउनु भयो ।

मेयर खरेलले थप्नुभयो पाँचखालको समस्याको रुपमा रहेको खानेपानी समाधानको लागि धेरै मिहिनेत गरेर योजना आएको छ, सो योजना सफल पार्नको लागि सम्पुर्ण नगरवासी जुट्नु पर्ने बताउनु भयो । शुनकोसी पाँचखाल खानेपानीसंग पाँचखालको भविश्य जोडिएकोले त्यो योजना सफल पार्नु भनेको पाँचखालको निर्माण गर्नु भएकोले सवै नगरवासिले साथ दिन आवस्यक रहेको बताउनु भयो । पाँचखालमा पानीको व्यवस्थासंगै कृषि अन्तर्गत पशुपालन, पंक्षि पालन लगाएतको कार्यलाई अगाडी बढाउने बिषयमा कृषि सहकारीहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले प्रतिष्ठा कृषि सहकारी संस्था कृषिसंग जोडिएको सहकारी संस्था भएकोले नगरपालिकाको तर्फबाट कृषिमा गरीने कार्यमा हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो । पाँचखालमा उत्पादन भएको कृषि जन्य सामाग्रीहरुको बजार व्यवस्थापनको लागि नगरले योजना अगाडी बढाएको बताउनु भयो । जवसम्म वजारको उचित व्यवस्था हुंदैन तवसम्म कृषले उत्पादन गरेको सामाग्रीले उचित भाउ नपाउने भएकोले त्यसको व्यवस्थापनको लागि नगरले योजना अगि बढाएको बताउनु भयो ।

कार्यक्रममा शुनकोसि पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले पाँचखालमा आएको पानीको योजना सफल भएपछि नगरवासिको गौरवको दिन आउने बताउनु भयो । पाँचखालमा भएको पानीको मुलहरु सुकेपछि तात्कालिन विकल्पको रुपमा इनार, बोरिङ्गको माध्यमबाट पानीको व्यवस्था गर्दै आएकोमा सो पानीको स्रोत समेत सुक्दै गएकोले बृहत खानेपानी योजना सफल गर्न नसके पाँचखालको भविश्य अन्धकार हुने बताउनु भयो । उहाँले थप्नुभयो “योजना सजिलोसंग आएको छैन, त्यसलाई सफल पार्ने बिषयमा नगरवासिले गर्नु पर्ने दायित्व पुर्ण गर्नु पर्छ” ।

कार्यक्रममा शुनकोसी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष एवं सर्वमंगला पुर्व विद्यार्थी पुनरमिलन समितिका संयोजक रविन्द्रराज सिपखानले पाँचखाल नगरमा रहेको सहकारीहरुको मिलिमतोमा नगरका युवाहरुलाई रोजगारी दिने खालको कार्य गर्नु पर्ने बताउनु भयो । उहाँले थप्नुभयो राज्यले सहुलिएतमा दिने ऋणलाई सहकारीको माध्यमबाट लक्षीत बर्ग सम्म पु¥याउनु पर्ने बताउनु भयो । कृषि भनेर तरकारी खेति मात्र नभई पशुपालन, पंक्षि पालन तथा फलफुल खेती समेत भएकोले सो सवै प्रकारको कृषिमा कृषि सहकारीहरुले सहकारीले भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

सहकारीका व्यवस्थापक शुमन वानियाँबाट संञ्चालित तथा संस्थाका अध्यक्ष पुर्णप्रसाद दुलालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानवहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभामा संस्थाका सचिब श्याम वहादुर दुलालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष गोविन्द प्रसाद काफ्लेले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण संयोजक सीताराम अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अशल ऋणि बिमली दनुवार, उत्कृष्ट बचतकर्ता अजय थापा, उत्कृष्ट बाल बचत कर्ता विजय थापा, उत्कृष्ट दुग्ध उत्पादक बाबुकाजी अधिकारी, केदार हुमागाई, सालिकराम लुंईटेल सम्मानित हुनुभएको थियो । त्यसैगरी कार्यक्रममा एसइइ परिक्षामा नीजि विद्यालयबाट उत्कृष्ट अंङ्क हासील गर्ने प्रवेश अधिकारी र सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क हासील गर्ने पुष्पा ढुंगानालाई सम्मानित गरिएको थियो । कार्यक्रममा मनोरन्जन प्रदान गर्ने उद्देस्यले चिट्टा कार्यक्रमको आयोजना गरी २४ थान क्यान प्रदान गरेको थियो ।

  • कृषकको हितको लागि सहकारीलाई साथ लिएर अगाडी बढ्छौं- खरेल
  • प्रतिष्ठा कृषिको सातौं बार्षिक साधारण सभा सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0