Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा सिंचाईको लागि बजेटको व्यवस्था गर्छु – मुख्य मन्त्री, ब्लड बैंक निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने

प्रभातफेरी अनलाइन ७९९५ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष २४, मंगलबार (७ साल अघि)
पाँचखालमा सिंचाईको लागि बजेटको व्यवस्था गर्छु – मुख्य मन्त्री, ब्लड बैंक निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने

आइ.आर.के मैनाली
पाँचखाल-प्रदेश नं ३ का मुख्य मन्त्रि डोरमणी पौडेलले साना तीना झीना मसिना कार्य स्थानिय तहले गर्ने बताउनु भयो । ठुला र महत्वपुर्ण योजनाको लागि सरकारले बजेटको व्यवस्था गर्ने बताउदै त्यस्ता खाले विकास निर्माणको लागि बजेट व्यवस्था गर्न आफु तयार रहेको बताउनु भयो ।

शनिबार पाँचखालमा आर्थिक बिकास बचत तथा ऋण सहकारी संस्थाको बाह्रौ बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले थप्नुभयो रेडक्रसले काभे्रमा व्लड बैक बनाउंदै रहेछ त्यस्तो राम्रो कार्यलाई सरकारले सहयोग गर्छ । व्लड बैंक निर्माणको लागि प्रदेश सरकारको तर्फबाट चित्त बुझ्ने ढंगले सहयोग गर्ने बताउनु भयो । काभे्रमा कोल्ड स्टोरको आवश्यक छ, सो आवस्यकता पुर्तीको लागि सरकारको तर्फबाट बजेट उपलब्ध हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले भन्नुभयो कृषि नगरीको रुपमा रहेको पाँचखालमा सिंचाईको समस्या रहेको छ, सो समस्या समाधान गर्नको लागि यो बर्ष डि.पि.आर गरे अर्को बर्ष सरकारले काम सुरु गर्ने ठोकुवा गर्नु भयो । नगर वा जिल्लाको लागि हमत्वपुर्ण बिकास निर्माण कार्यको लागि प्रदेश सरकारलाई भन्नुस हामी बजेटको व्यवस्था गर्छाैं । सानो तिनो बिकास निर्माणको लागि प्रदेश सरकारलाई भन्ने कार्य गर्नु उपयुक्त नहुने बताउंदै त्यस्ता सानातिना कार्य प्रदेश सरकारले गरे स्थानिय सरकारको मानहानी हुने बताउनु भयो ।

मुलुकमा तीन तहका सरकार छन्, केन्द्रिय सरकारले के गर्ने, प्रदेश सरकारले के गर्ने र स्थानिय सरकारले के गर्ने भन्ने बिषयमा स्प्रस्ट भएकोले आ—आफ्नो जिम्मेवारी अनुसारको काम गर्नु पर्ने बताउनु भयो । पाँचखाल कृषिको लागि अति उपयुक्त स्थान भएकोले आधुनिक तरीकाले कृषि गराउने कार्यको लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफुले पहल गर्ने बताउनु भयो । सिंचाई, आधुनिक ढंगको कृषि साथै वजारीकरणको लागि उपयुक्त ढंगबाट अगाडी बढे कृषकहरुको आम्दानी राम्रो हुने भएकोले सोही ढंगबाट अगाडी बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले भन्नुभयो सहकारी स्थापनाको ६२ बर्षको अवधिमा कतिपय सहकारीले राम्रो काम गरेको तर केही सहकारीले नराम्रो कार्य गरेको बताउनु भयो । कुनै पनि सहकारीका राम्रा र नराम्रा पक्षलाई केलाउन जरुरी रहेको छ, नराम्रा काम गर्नेहरु विगठन भई सकेका छन् । जुन उद्देस्य लिएर सहकारी संस्था गठन भएका छन् सो उद्देश्य भन्दा फरक ढंगबाट सहकारी अगाडी बढेको बताउनु भयो । सहकारीले सहकार्य गर्दै उत्पादनको क्षेत्रमा अगाडी बढ्नु पर्नेमा पैसा लिने दिनेको मात्र कार्य गरेको बताउनु भयो । तर सहकारीको उद्देस्य भनेको शेयर सदस्यहरुको उत्पादन बृद्धि गर्ने हो तर सो तरीकाले सहकारी नचलेको बताउनु भयो ।

मुख्य पौडेलले मन्त्रिले भन्नुभयो “सहकारीहरुसंग अर्बौ रुपैया छ, सो रकम बैंकले चलाई रहेका छन्, जसका कारण बैंकहरुले कमाई रहेका छन् र सहकारीले गुमाई रहेका छन्” । सहकारीले ठोस काममा लगानी गर्न नसक्दा समस्या आएको हो, पाँचखाल एग्रो र टुरिजमको लागि उपयुक्त ठाउ रहेकोले सहकारहिरुले सोही क्षेत्रमा लगानी गरी उत्पादनको बाटो पहिल्याउनु पर्ने बताउनु भयो । सहकारी संञ्चालनको लागि विगतमा कानुन थिएन अव कानुन बनिसकेको छ, अवको कानुनले हिजो कोठाभित्र बसेको सहकारी संघिए घेराभित्र बसेको सहकारीलाई अव खुल्ला आकास मुनी छोडेको छ । अवका दिनमा सहकारीले जुनसुकै काम गर्न सक्ने वातावरण निर्माण भएको बताउनु भयो ।

यतिखेर ३७ हजार भन्दा बढी सहकारीहरु छन्, कयौं सहकारीहरु कृयासिल छैनन्, संख्यात्मक रुपमा मात्र रहेको छ । सहकारीलाई संख्यात्मकमा नभै गुणत्मक तर्फ अगाडी बढाउनको लागि सहकारीहरु विच समायोजन गर्नु पर्ने मुख्य मन्त्रि पौडेलले बताउनु भयो । अवका दिनमा सहकारीहरुले बैंकहरुसंग प्रतिस्पर्दा गर्नु पर्ने बताउनु भयो । सरकार र सहकारी मिलेर देशको विकासको लागि अगाडी बढ्नु पर्ने बताउनु भयो । अव सहकारीको माध्यमबाट प्रदेश सरकारसंग मिलेर अगाडी बढ्ने वातावरण तयार गरेका छौं सोही अनुसार अगाडी बढ्दा मुलुकको साथै शेयर सदस्यहरुको हित हुने बताउनु भयो ।

कार्यक्रममा बिशेष अतिथि प्रदेश सांसद लक्ष्मण लम्सालले अबका दिनमा नाङ्ले पसल जस्तो टुक्रे सहकारीहरुले शेयर सदस्यहरुको हित गर्न नसक्ने बताउनु भयो । सहकारी संस्था विग्रिय धेरै नागरीकहरु विग्रने भएकोले सहकारीलाई मजबुद साथै सुरक्षीत तरीकाले संञ्चालन गर्ने वातावरणको लागि प्रदेश सरकारले कानुन निर्माण गरीसकेको वताउनु भयो । सहकारीहरुले पैसा को कारोबार मात्र नभई सामाजिक क्षेत्रमा समेत अग्रसर साथै कृषकहरुको उत्पादनको क्षेत्रमा कार्य गर्नुपर्ने बताउनु भयो । प्रदेश सरकार वलियोभएमा संघिएता बलियो हुने भएकोले प्रदेश सरकारलाई सहकारीहरुले पनि साथ दिदै एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो ।

आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, काभे्र जिल्ला समन्वय समितिका उप—प्रमुख मञ्जु गौतम, नेपाल रेडक्रस सोसाईटि काभे्रका सभापति रघुवर चौ प्रधान, जिल्ला बचत सहकारी संघ काभे्रका सह—सचिव शुरेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । संस्थाका उपाध्यक्ष सत्यवती भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव बाबुकाजी पराजुलीले कार्यक्रम संञ्चालन गर्नु भएको थियो । संस्थाका प्रबन्ध निर्देशक ठाकुर प्रसाद अधिकारीले संस्थाले हाल सम्म गरेको उपलब्धिलाई स्रव्य दृश्य बाट प्रस्तुत गर्नु भएको थियो ।

  • पाँचखालमा सिंचाईको लागि बजेटको व्यवस्था गर्छु - मुख्य मन्त्री
  • ब्लड बैंक निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0