Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोशीमा नवनिर्मित विद्यालय भवनहरु हस्तान्तरण, हिमाली गाउँ संरक्षण नेपालकोे भवन निर्माण कार्य जारी

प्रभातफेरी अनलाइन ५१२४ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष २४, मंगलबार (७ साल अघि)
रोशीमा नवनिर्मित विद्यालय भवनहरु हस्तान्तरण, हिमाली गाउँ संरक्षण नेपालकोे भवन निर्माण कार्य जारी

रोशी-रोशी गाउंपालिका वडा नं ५ मा ठोकर्पा सिसाखानीमा रहेको गणेश आधारभूूत विद्यालयको सुबिधा सम्पन्न ढंगबाट निर्माण भएको भवन एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

हिमाली गाउँ संरक्षण नेपालको आर्थिक सहयोगमा ५० लाख लागतमा निर्माण भएको ७ कोठे भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष डिवी लामाले शैक्षिक संस्थाहरुले व्यवहारिक र नयाँ शैक्षिक पद्दतिबाट पठनपाठान गराउने बिषयमा पालिकाले योजना बनाएको बताउनु भयो ।

गाउँपालिकामा कोही पनि बालबालिकाहरुलाई कुनै पनि बहाना गरी शिक्षाबाट बञ्चित नराख्न अध्यक्ष लामाले अभिभावकहरुलाई अनुरोध गर्नु भएको थियो । विद्यालय भवन निर्माणका लागि सहयोग जुटाएको भन्दै हिमाली संरक्षण नेपालले पु¥याएको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले शैक्षिक संस्थाहरुमा अभिभावक र समुदायको सहभागिता अनिवार्य रुपमा हुनुपर्ने बताउनु भएको थियो । उहाँले थप्नुभयो शिक्षामा धेरै सुधारको आवस्यकता भएकोले सुधारगर्ने कार्यको लागि सरकार लागि परेको बताउनु भयो ।

विद्याललय भवन हस्तान्तरण गर्दै हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष तथा समाजसेवी निरध्वज लामाले समाजमा शैक्षिक पूर्वाधारको अभावबाट कुनै पनि बालबालिकाले शिक्षा हासिल गर्न समस्या नपरोस भन्ने उद्देस्यका साथ आफु अगाडी बढेको बताउनु भयो ।। अध्यक्ष लामाले बालबालिकाको नैसर्गिक अधिकारलाई कुण्ठित नपार्न अभिभावकलाई सुझाव दिदै जस्तो सुकै समस्या आउंदा पनि विद्यालयमा अध्ययनको लागि पठाउन अनुरोध गर्नु भयो ।

त्यसगरी भुमेस्थान मावि विद्यालय ५५ लाख ३१ हजारमा ७ कोठे भवन निर्माण भएको छ । हस्तान्तरण कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बस्याल, रोशी वडा नं ६ का अध्यक्ष पदम लामा, रोशी वडा नं ५ का अध्यक्ष तिर्थ लामा, हिमालय प्रोजेक्टका हिमालय प्रोजेक्टका अध्यक्ष माईकल होसेले, सचिव स्टेफन होयर, हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष निरध्वज लामा, विद्यालयका प्रअ उमेश पराजुली, गायक विश्व दोङ, विव्यस अध्यक्ष योगचन्द्र लामा, शिक्षिका प्रमिला थापा लगायतले विद्यालय निर्माणमा सहयोग गर्ने संस्थालाई धन्यवाद दिनु भएको थियो । त्यसैगरी ३६ लाख ९० हजारको विद्या विकासको ३ कोठे भवनको रोशी गाउँपालिकाका अध्यक्ष डिवि लामाले उद्घाटन गर्नु भएको थियो ।

त्यस्तै तेमाल गाँउपालिकाको वडा नम्बर ८ को जनज्योती माध्यमिक विद्यालय भोज्र्याङमा ८ कोठे पक्की नवनिर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । हिमाली गाउँ संरक्षण नेपालले कुल ५६ लाख ५० हजार ६ सय ३८ मा विद्यालय भवन निर्माण गरेको हो । ८ कोठे पक्की भननसंगै २ वटा शौचालय पनि निर्माण गरेको छ । ३४ लाख १५ हजारमा कालिगंगाको ३ कोठे भवन र ६५ लाख ६७ हजारको लागतमा कृष्ण गोपाल माविको ६ कोठे पक्की भवन पुनःनिर्माण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षा निर्देशनालय प्रदेश नम्बर ३ का कार्यवाहक निर्देशक दिनेश श्रेष्ठ, नेपाल शिक्षक संघ प्रदेश नम्बर ३ का अध्यक्ष नारायण तिमिल्सीना, गाउँपालिका उपाध्यक्ष दुर्गामाँया तामाङ, हिमाली गाँउ संरक्षण नेपालका अध्यक्ष निरध्वज लामा, पुर्व विद्यालय वयावस्थापन समीतिका अध्यक्ष कुन्साङ दोर्जे लामा, पुर्व प्रधानाध्यापक शम्भु कडेल, प्रधानाध्यापक सुरथसिंह तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष मनहरी मैनाली लगाएतले आ—आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

  • रोशीमा नवनिर्मित विद्यालय भवनहरु हस्तान्तरण
  • हिमाली गाउँ संरक्षण नेपालकोे भवन निर्माण कार्य जारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0