Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा सिंचाईको व्यवस्था गरेरै छाड्छौ – लम्साल, जीवनमार्ग कृषि सहकारीकोे छैटौं बार्षिक साधारण सभा

प्रभातफेरी अनलाइन ६७१३ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
पाँचखालमा सिंचाईको व्यवस्था गरेरै छाड्छौ – लम्साल, जीवनमार्ग कृषि सहकारीकोे छैटौं बार्षिक साधारण सभा

आई.आर.के मैनाली
पाँचखाल-काभे्र प्रदेश नं ३ बाट निर्वाचित सांसद लक्ष्मण लम्सालले भन्नुभयो सहकारीहरुले ६० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगाउनु पर्छ । सहकारीहरुले हाल सम्म शेयर सदस्यहरुसंग आर्थिक कारोवार मात्रै गरेकोले अव आर्थिक कारोबारको साथै उत्पादनको क्षेत्रमा अनिवार्य रुपमा लगानि गर्नु पर्ने बताउनु भयो ।
जीवनमार्ग कृषि सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा उद्घाटनको क्रममा प्रमुख अतिथि लम्सालले थप्नुभयो पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थासंग झण्डै २ अरव पुजी रहेको बताउदै सो पुजीको ६० प्रतिशत उत्पादनको क्षेत्रमा लगानी गर्दा शेयर सदस्यहरुको रोजगारीमा समेत सहज हुने बताउनु भयो । कृषकको पसिना बाट जम्मा भएको उक्त रकम आर्थिक कारोबार मात्रै गर्ने हो भने त्यसको फाईदा सहकारीका शेयर सदस्यहरुले भन्दा ठुला बैंकहरुलाई हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले सहकारीहरुमा आवद्ध शेयर सदस्यहरुको रकम दुरुपयोग हुन नदिनको लागि साथै सुरक्षीत रहने वातावरण निर्माण गर्न प्रदेशले सहकारी ऐन निर्माण गरीसकेको बताउनु भयो । आफु नीति निर्माण गर्ने तहमा रहेकोले जनताको हित साथै सुरक्षाको लागि नीति निर्माण भईरहेको बताउनु भयो । आफुले विगतमा निर्वाचनको समयमा स्थानियहरुसंग जे बोलेको थियो सो पुर्ण गर्नको लागि निरन्तर रुपमा लागेको वताउंदै पाँचखाल र आसपासको कृषि योग्य भूभागमा सिंचाईको व्यवस्था गर्नको लागि पहल गरिरहेको बताउदै कुनै पनि हालतमा सिंचाईको व्यवस्थ ागर्ने बताउनु भयो । पाँचखाल बाट भक्तपुर सम्मको सुरुङ्ग मार्गको संभावना प्रवल रहेकोले सो कार्यको लागि समेत अध्ययन भएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थाहरुलाई राम्रो साथै व्यवस्थित ढंगबाट अगाडी बढाउनको लागि नगरले पहल गरेको बताउनु भयो । सहकारी नहुंदा सामान्य रुपको रकम खाँचो हुंदा समेत साहुंकोमा पुगी घरवारी पास गर्नु पर्ने अवस्थालाई सहकारीले गर्दा निमिट्यान्न पारेको बताउनु भयो । पाँचखालमा समस्याको रुपमा रहेको, कृषि उत्पादनमा विचौलियाले गर्दा समस्या भएकोले विचौलीयाको अन्त्यको लागि पहल गरेको छ ।

कार्यक्रममा बिशेष अतिथि दनुवारले भन्नुभयो कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखाल र आसपासको क्षेत्रका कृषकहरुको हितको लागि बजारको व्यवस्था गर्न पाँचखालमा रहेका ४, मण्डन देउपुरमा रहेको ४ र धुलिखेल नगरमा रहेको ४ सहकारी गरी जम्मा १२ ओटा सहकारीको छनोट गरेको बताउनु भयो । विचौलीयाको अन्त्यसंगै कृषकहरु साथै उपभोक्ताहरु समेतलाई हित हुने भएकोले सो कार्यको लागि नगरको तर्फबाट पहल भएको बताउनु भयो ।
संस्थाको अध्यक्ष शुसिलराज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखाल नगर सहकारी समन्वय समितिका प्रतीनिधि विद्यालक्ष्मी देउजा, प्रतिष्ठा कृषि सहकारी संस्थाका उपाध्यक्ष ज्ञानबहादुर थापा, चन्द्र शुर्य सहकारीका प्रतीनिधि उद्धव प्रसाद तिमल्सिना लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका सदस्य अजय हुमागाईबाट संञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव प्रज्ञा भट्टराईले प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष भिमसेन गिरीले आय व्यय बिवरण पस्तुत गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष शुसिलराज गिरीले उत्पादनको क्षेत्रमा अगाडी बढ्दै सहकारीमा आवद्ध शेयर सदस्यहरुको आम्दानिको स्रोतलाई बृद्धि गर्ने योजना बनाएको बताउनु भयो ।

  • जीवनमार्ग कृषि सहकारीकोे छैटौं बार्षिक साधारण सभा
  • पाँचखालमा सिंचाईको व्यवस्था गरेरै छाड्छौ - लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0