Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली राष्ट्र सेवकहरूको भव्य सम्मान

प्रभातफेरी अनलाइन ४८३९ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ ९, बुधबार (७ साल अघि)
काभ्रेली राष्ट्र सेवकहरूको भव्य सम्मान

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुलप्रसाद बाँस्कोटाज्यूको प्रमुख आतिथ्य र लोकसेवा आयोगका माननीय अध्यक्ष श्री उमेश प्रसाद मैनालीज्यूको विशेष आतिथ्यमा काभ्रे सेवा समाज, काभ्रेले २०७५ माघ ०५ गते शनिवार नेपाल सरकार, संगठित संस्थान( नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, गोर्खापत्र संस्थान, कृषि विकास बैंक, त्रि।वि।वि।,नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल आदि निकायका ५० भन्दा राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका पदमा कार्यरत काभ्रेली राष्ट्रसेवकहरूको सम्मान कार्यक्रमको आयोजना गर्यो ।

प्रफुल्ल मुद्रामा प्रस्तुत हुँदै प्रमुख अतिथि माननीय मन्त्रीले समग्र आर्थिक विकासको सम्बन्धमा काभ्रेले विशेष जोड दिनुपर्ने विषयहरू पर्यटन, बुध्द सर्किटको निर्माण,वर्तमान र भावी पुस्ताको लागि पिउने पानीको जोगाड,सडक,जलविद्युत लगायतका क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । पदमा हुँदा कोही र केही नचाहिए जस्तो लागे पनि जिन्दगीको अर्को अध्याय सेवानिवृत्ति भएको तथ्य स्मरण गरी बेलैदेखि सामाजिक क्षेत्रमा लागे एक्लोपना, निराशा जस्ता समस्याबाट ग्रस्त हुनुपर्दैन मन्त्रीको जोड थियो । सम्बोधनको सिलसिलामा मन्त्री बाँस्कोटाले राजनीति निरपेक्ष भएर मातृभूमिको सम्बन्धमा साझा चिन्तन मनन गर्न, ज्ञानका विभिन्न विधाका प्रतिभाहरू पहिचान र सम्मानका लागि काभ्रे सेवा समाजजस्ता संस्थाले सबैको साझा मञ्चको रूपमा कार्य गर्न सक्नुपर्छ भन्दै सबै काभ्रेली प्रतिभाहरूलाई काभ्रेको हित र भलाईको सम्बन्धमा छलफल गर्न आफ्नो ढोका सदा खुला रहेको बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि लोकसेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले सम्मानित राष्ट्रसेवकहरूलाई बधाई दिनु हुँदै काभ्रेको माटोले गरेको सम्मान र अपेक्षालाई मनन गर्दै निष्पक्ष भएर इमान्दारितापूर्वक राष्ट्र सेवामा खट्न आग्रह गर्नु भयो ।सम्मानित व्यक्तित्वको तर्फबाट काभ्रे रोशीबासी हाल मकावानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले आभारी मन्तव्य राख्नु भएको थियो ।

नेपाल सरकार, भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्री गोपीनाथ मैनाली, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ।।।।।।।।राउत, काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष श्री प्रल्हाद के।सी।को उपस्थिति रहेको उक्त सम्मान कार्यक्रमको सञ्चालन समाजका महासचिव निभराज जोशीले गर्नु भएको थियो ।

सम्मान कार्यक्रमको अध्यक्षता गरिरहनु भएका काभ्रे सेवा समाजका अध्यक्ष
श्री केशव थापाले कविता ९चढ्दै गर्दा कतै लडियो भने पहिले काभ्रेले चित्त दुखाउँछसयहाँले सफलताको शिखर चुम्नु पूर्व नै काभ्रे हर्षाश्रु बगाउँछ ।० बाट समारोहलाई सम्बोधन गर्दै कविताबाटै सभा समापनको घोषणा गरी कार्यक्रमलाई नवीनता प्रदान गर्नु भएको थियो ।

  • काभ्रेली राष्ट्र सेवकहरूको भव्य सम्मान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0