Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, आरक्षणको भरमा मात्र रहंदा व्यक्तिगत बिकास हुदैन – प्रचण्ड

प्रभातफेरी अनलाइन ६६८२ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार (७ साल अघि)
महिला पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न, आरक्षणको भरमा मात्र रहंदा व्यक्तिगत बिकास हुदैन – प्रचण्ड

आर.एल.श्रेष्ठ
चितवन-“सशक्त महिला पत्रकार, समृद्ध राष्ट्र र सञ्चार”भन्ने मुलनाराका साथ महिला पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । चितवनको पर्यटकिय क्षेत्रको रुपमा रहेको राष्ट्रिय निकुञ्जको मुख्यालय संगै रहेको घट्गाई पटियाहानीमा सम्पन्न उक्त कार्यक्रमलाई पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड ले भन्नुभयो राज्यले महिलाहरुको लागि आरक्षणको व्यवस्था गरेको छ, तर उक्त आरक्षणको आशामा मात्र रहने नभई आफुलाई योग्य वनाउने बिषयमा केन्द्रित हुनुपर्ने बताउनु भयो । आरक्षण तिर मात्र केन्द्रित हुने हो भने व्यक्तिगत बिकासमा पुर्ण विराम लाग्न सक्ने खतरा हुने भएकोले आफ्नो क्षमता बिकासको लागि निरन्तर रुपमा अगाडि बढ्नु पर्ने बताउनु भयो । संविधानले प्रमुख पदहरुमा महिलाको अनिवार्य व्यवस्था गरेकोले सहभागि त भयो तर साहायक पदको रुपमा मात्रै उपस्थिति भएको पाईएकोले त्यस्ता साहयक पदमा मात्रै रहने बिषयको अन्त्य गर्दै प्रमुख पदको समेत जिम्मेवारी निर्वाह गर्ने बिषयमा अग्रसर हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व प्रधानमन्त्री दाहालले बिभिन्न क्षेत्रमा देखिएको विसंगतिको अन्त्यको लागि महिला पत्रकारहरुको ठुलो भुमिका रहने वताउनु भयो । महिला पत्रकारहरुले सामान्य रुपमा पत्रकारीताको भूमिका निर्वाह गरेपनि मुलुकको हितको लागि ठुलो योगदान पुग्ने बताउनु भयो । संविधानमा लामो संघर्ष र वलिदानमा स्थापित मुल्य मान्यता र मर्महरुबाट उतार्न सकिने बताउनु भयो । मुलुकमा जारी भएको संविधान सकारात्मक र प्रगतिशिल भएकोले मुलुकको हितको लागि सावित हुने ठोकुवा गर्नु भयो । संविधानमा सवैको प्रयासमा प्रेस स्वतन्त्रताको व्यवस्था गरेकोले सम्पुर्ण पत्रकारहरुको हित हुने बताउनु भयो ।

मुलुकको सवै पत्रकार महांसंघ जिल्ला शाखामा रहेका महिला पत्रकार (उपाध्यक्ष) हरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा महिलाहरुले पत्रकारीताको क्षेत्रमा गुणस्तरयिता, विस्वसनियता साथै निरन्तरताको बिषयमा जोड दिदै सम्मेलन सम्पन्न गरेको थियो । सम्मेलनबाट पत्रकारीताको संरक्षण गर्ने उद्देस्यले चितवन घोषणा—पत्र २०७५ जारी गरेको छ ।

नेपालको संविधान २०७२ ले अंगिकार गरेको सम्पूर्ण समानताको हक र समृद्धिको लक्ष्यलाई मध्यनजर गर्दै । श्रमजीवि ऐन, आम संचार नीति २०७२ र लैङ्गिकमैत्री संचार निर्देशिकामा गरिएका व्यवस्थालाई कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै सम्पूर्ण अग्रज पत्रकार महिलाहरु जसले भावि पूस्तालाई पत्रकारितामा आउन पथप्रर्दशकको भूमिका निर्वाह गर्नुभयो र अग्रजहरु जो अहिले त्यो पथमा हिडेर अरुलाई प्रोत्साहित गर्नुहुनेहरुको स्मरण गरेको छ ।

राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्ने नेपाल पत्रकार महासंघ चितवन शाखा, भरतपुर महानगरपालिका, भरतपुर महानगरपालिका अन्तर्गत २२ नं वडा, विश्व बन्यजन्तु कोष, चितवन राष्ट्रिय निकुन्जलगायत विभिन्न संघ संस्था र पटिहानीवासी आदरणीय जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछौं । जसले पत्रकारिता क्षेत्रमा काम गर्दै गर्दा आफ्नो जिवन उत्सर्ग गर्नूभयो र कामकै शिलशिलामा बेपत्ता पारिनुभयो उहाँहरुलाई स्मरण गर्दै पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलन मार्फत पटिहानी चितवन १३ बुंदे घोषणापत्र जारी गरेको छ ।

घोषणापत्र
१ सरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा राज्यले अंगिकार गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि जोडदार माग गर्दछौ ।
२.महिलाको क्षमता तथा दक्षता अभिबृद्धिको लागि आधारभूत र बिषयगत तालिमको ब्यबस्था तुरुन्त गरियोस ।
३ पत्रकार महिलाको भौतिक र पेशागत सूरक्षाको सुनिश्चित गर्नुका साथै पेशागत स्थायित्वका लागि उचित वातावरण निर्माण गरियोस् र श्रम ऐनले ब्यवस्था गरेका सुविधाहरु उपलब्ध गराईयोस् ।
४ नेपाल पत्रकार महासंघको बिधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरी अध्यक्ष वा महासचिव एक जना महिला हुनुपर्नै अनिवार्य ब्यवस्था हुने गरी संशोधन गरियोस् । साथै एक जना महिला उपाध्यक्षको व्यवस्थाका लागिसमेत विधानमा संशोधन गरियोस ।
५.नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा ३३ प्रतिशत महिला सहभागिताका लागि विधानमा व्यवस्था गरियोस ।
६.संचारमाध्यममा आन्तरिक लैंगिक नीति अनिवार्य रुपमा बनाई कार्यान्वयन गरियोस । नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गरियोस ।
७.आमसंचार नीति र श्रमजिवी पत्रकार ऐन जस्ताको तस्तै कार्यान्वयन हुने बातावरण निर्माणका लागि नयाँ बन्ने संघ र प्रदेशका कानूनहरु बनाईयोस् ।
८ संचार माध्यमले पत्रकार नियूक्ति र पदोन्नती गर्दा समाबेशी नीति अपनाईयोस् ।
९.केन्द्र र मोफसलमा महिलाद्घारा संचालित छापा तथा बिधूतिय संचार माध्यमलाई स्थायित्व र दिगो ब्यबस्थापन गर्नका लागि स्थानिय, प्रदेश र संघिय सरकारले नीतिगत ब्यबस्था गर्नका लागि जोडदार माग गर्दछ ।
१०.नेपाल पत्रकार महासंघले घोषणा गरेको राष्ट्रिय स्तरको आम संचार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि तुरुन्त पहल गरियोस ।
११.पत्रकार महिलाका बिशेष अबस्थालाई मध्यनजर गर्दै संचार माध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य ब्यवस्था गरियोस ।
१२.सरकारले ब्यबस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पुर्याउने गरी नितीगत निर्णय गर्नुपर्ने र सो विषयमा ठोस निर्णय न हुँदासम्म भएको व्यवस्थालाई कार्यव्नयन गर्नु पर्ने । यि बिदाका कारण उसको पद यथावत रुपमै कायम हुनुपर्नै र उसको पदोन्नतीमा यस बिदाको कारण बाधा अबरोध नपुराईयोस् ।
१३. नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकिय गन्तब्यमा पश्चिम चितवनको पटिहानी समेत परेकोमा स्वागत गर्दै पटिहानी लगायत पश्चिम चितवनको पर्या पर्यटनलाई लैंगिकमैत्री बनाउदै विकास गर्न नेपाल सरकारले थप योजना ल्याउन यो भेला माग गर्दछ ।

  • आरक्षणको भरमा मात्र रहंदा व्यक्तिगत बिकास हुदैन - प्रचण्ड
  • महिला पत्रकारहरुको राष्ट्रिय सम्मेलन सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0