Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गलत शिक्षा नीति बन्छ भने प्याब्सन चुपलागेर बस्दैन –श्रेष्ठ, निजी शैक्षिक संस्थाहरु बन्द गर्नु पर्छ भन्नेहरुसंग सचेत !

प्रभातफेरी अनलाइन ६३४६ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार (४ साल अघि)
गलत शिक्षा नीति बन्छ भने प्याब्सन चुपलागेर बस्दैन –श्रेष्ठ, निजी शैक्षिक संस्थाहरु बन्द गर्नु पर्छ भन्नेहरुसंग सचेत !

प्रल्हाद शर्मा हुमागाई
बनेपा-ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सोमबार बनेपामा सम्बोधन गर्दै निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष पूण कुमार श्रेष्ठले उक्त धारणा राख्नु भएको हो ।

यदि स्थानिय सरकारले निजी विद्यालय संचालकहरुको अरबौंको लगानी डुबाउने किसिमबाट शिक्षा नीति बनाउछ भने प्याब्सनको धर्म हो लगानी कर्ता लगानी डुब्न नदिनु । त्यसैले त्यस्ताखालको नीतिको डटेर मुकाविला गर्न पछि नपर्ने उद्घोष अध्यक्ष श्रेष्ठले गर्नु भयो । स्थानिय सरकारले शैक्षिक नीति बनाउदा ख्याल गरोस् शिक्षा विभेदकारी हुन्न । निजी विद्यालय र सामुदायिक विद्यालय भनेर विभेदको नीति अख्तियार भए परिणाम सकारात्मक नहुने संकेत समेत अध्यक्ष श्रेष्ठले दिए । केहि हप्ता अगाडिदेखि निजी विद्यालयप्रति लक्षित गरी आएका बजारिया अभिव्यक्तिप्रति तीखो प्रहार गर्दे अध्यक्ष श्रेष्ठको थप सम्बोधन थियो–सरकारका प्रवक्ताको द्वयत किसिमको अभिव्यक्तिप्रति कडा प्रतिवाद गर्दै निजी विद्यालयका लगानी कर्ताहरुको मानसिकतामा मानसिक असर पर्ने किसिमको अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गरे ।

लगानी कर्ताहरुको मनोवल गिराउने खालको अभिव्यक्ति दिनु अव्यवहारिक भएको अध्यक्ष श्रेष्ठको टिप्पणी थियो । सरकारको प्रवक्ता जस्तो व्यक्तिले बाहिर एउटा अभिव्यक्ति दिने प्याव्सनको कार्यक्रममा अर्काे अभिव्यक्ति दिनु कहाँ सम्मको लज्जास्पद व्यवहार हो ? भन्दै अध्यक्ष श्रेष्ठले रोष प्रकट गर्नु भएको थियो ।
उच्च शिक्षा आायोगको प्रतिवेदनको नाउँमा निजी विद्यालयका लगानी कर्ताहरुलाई हतोत्साहीत गरी भड्काउन खोज्नु शिक्षाको स्तर खस्काउन चाहाने शैक्षिक माफियाहरुको चाल भएको जिकिर गर्दै आप्mना सन्तानहरुलाई विदेशमा पढ्न पठाउने अनि नेपालका निजी शैक्षिक संस्थाहरु बन्द गर्नु पर्छ भनेर भ्mयाली पिट्ने चरित्र बोकेकाहरुसँग सचेत हुन पनि अध्यक्ष श्रेष्ठले अभिभावक माझ आग्रह गर्नु भयो । राज्यको लगानीलाई बालुवामा पानी हाले सरह बनाएका शैक्षिक माफियाहरुको चक्रव्यूमा शैक्षिक नीति निर्माताहरु अल्झन नहुने खुलाषा गर्दै यदि यस्तो अवस्था भयो भने नेपालको शैक्षिक अवस्था अभैm खस्कने छ । शैक्षिक बेरोजगारहरुको संख्या तीब्र बृद्धि हुने छ ।

शैक्षिक उत्पादन विकाउ हुने छैन । तसर्थ निजी लगानी कर्तासँग अभिभावकहरुले पनि हातेमालो गर्न आवश्यक भएको बताउनु भयो । यदि अरबौंको लगानी डुबाउने खेल कतैबाट हुन्छ भने त्यसका लागि निजी विद्यालयका संचालकहरु संयमित हुन नसक्ने धारणा राख्दै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले काभ्रे जिल्ला मात्र नभई मुलुक भन्दा पनि अगाडि गई अन्तराष्ट्रिय विश्व विद्यालयहरुमा समेत आप्mना उत्पादन उत्कृष्ट बनाउन सफल भएकोेमा प्याव्सनको तर्पmबाट आभार प्रकट गर्नु भएको थियो । अन्त्यमा आप्mनो सम्बोधन बारे पुष्टी गर्दै अध्यक्ष श्रेष्ठको थप कथन छ–सिंगो मुलुकको शैक्षिक सुचांक बोकी दिएको निजी शैक्षिक संस्थाप्रतिको प्रहारले शैक्षिक क्षेत्रमा सकारात्मक संकेत नदिने संकेत गर्दै सामुदायिक विद्यालयप्रतिको लगानी कमिशन मै सकेपछि शैक्षिक माफियाले निजी शैक्षिक संस्था प्रति प्रहार गरेको अध्यक्ष श्रेष्ठको भनाई थियो । बेरोजगार शैक्षिक उत्पादनले मुलुक कति दिन टिक्ला ? यो सबैको पछाडि शैक्षिक माफियाको खेल भएको र त्यसैको चङ्गुलमा शिक्षा नीति निर्माण कर्ताहरु बिकेको आरोप समेत अध्यक्ष श्रेष्ठको थियो । तसर्थ नेपालीपन सुहाउदो नीति नियम बनाउन स्थानिय सरकारलाई अध्यक्ष श्रेष्ठले सुझाव समेत दिएका थिए ।

कार्यक्रममा सोमबार १७ बर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै ज्ञानकुञ्जले स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको हो । ‘शिक्षा विद्यार्थीका लागि, विद्यार्थी राष्ट्रको समुन्नती र विकासको लागि’ भन्ने मुल नाराका साथ प्रतिष्ठानले १७ औं बार्षिकोत्सव प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न भएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले काभ्रेमा पनि एकै छानामुनी प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्यन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको दावी गर्नुभयो। बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका संचालक समितिका सदस्य प्रताप वैद्यले एक बर्षमा विद्यालयले हासिल गरेको उपलब्धी सार्वजनिक गर्नुभएको थियोे भने अर्का संचालक आत्मराम थापाले भौतिकसँगै , नैतिक र व्यवहारिक शिक्षा ज्ञानकुञ्जवाट प्रदान भहेको र समय सापेक्ष सुधारको लागि अभिभावकहरुसँग सुझावलिई अगाडी बढ्ने बताउनुभयो।कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलगाई, सहायक प्रिन्सिपल जेन वादे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ गौतम, उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, बनेपा नपा–८ का अध्यक्ष दानबहादुर मानन्धर, वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ लगायतले आफ्नु मन्तव्य राख्नु भएको थियोे ।कार्यक्रममा अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामा, ईलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाई, फोटो पत्रकार महासंघ प्रदेश ३ का संयोजक केशवराज पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।प्रतिष्ठानले काभ्रेको शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै शिक्षासेवीहरु नारायणकृष्ण वादे, नारायणप्रसाद वैद्य, रत्नप्रसाद कायस्थ र जुजुभाइ पोटेलाई सम्मान गरेको थियोे ।प्रतिष्ठानले तल्लो तहदेखिनै विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउँदै लगेको छ ।

जिल्ला स्तरमा हुने खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरुमा ज्ञानकुञ्ज सदैव अब्बल देखिने गरेको छ । त्यस्तै क्याम्पस तहमा समेत यो विद्यालयले उत्कृष्ट अंक ल्याउने गरेको छ । यो बर्षमात्रै एबिएसमा जिल्ला टप गरेर आफूलाई उत्कृष्ट संस्था रहेको प्रमाणित गरेको छ । एमबिएसको प्रथम सेमेष्टरमा उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुने कंचन दाहाल दोस्रो हुने रोमी रंजित र तेस्रो हुने दिपा श्रेष्ठ, जस्मिन कपालीलाई सम्मान गरेको छ ।सो अवसरमा २०७१ सालको एसएलसी परिक्षामा उत्कृष्ट विद्यार्थी उत्तम बिष्टले बिइ केमिकल इञ्जिनियरीङमा केयू टप गरेकोमा सम्मान गरेको छ । प्रतिष्ठानमा १० बर्षदेखि कार्यरत दिर्घजीवी शिक्षक इ।जेन्दी वादे तथा कर्मचारीहरु अनुशासन प्रमुख सुधिर थापा, भान्सा प्रमुख लक्ष्मीनारायण तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मान गरेको थियोे । प्रतिष्ठानले हरेक बर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । यो बर्ष प्रतिष्ठानले एक सय विद्यार्र्थीलाई २५ लाखको छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

  • गलत शिक्षा नीति बन्छ भने प्याब्सन चुपलागेर बस्दैन –श्रेष्ठ
  • निजी शैक्षिक संस्थाहरु बन्द गर्नु पर्छ भन्नेहरुसंग सचेत !
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0