Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुध बिक्रि हुन्छ तर भुक्तानीको लागी तीनमहिना,भुक्तानी सहजताको लागि सहकारीले दुध संकलन गर्दै

प्रभातफेरी अनलाइन ७२५२ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन १४, मंगलबार (७ साल अघि)
दुध बिक्रि हुन्छ तर भुक्तानीको लागी तीनमहिना,भुक्तानी सहजताको लागि सहकारीले दुध संकलन गर्दै

आइ.आर.के.मैनाली
पाँचखाल-कृषिप्रधान देशका कृषकहरुका लागि एक पछि अर्को समस्या थपिदो छ । राज्यले कृषि र कृषकको बिषयमा खासै भरपर्दो व्यवस्था नगर्दा कृषकहरु मारमा पर्ने गरेका हुन् ।

कृषकहरुले उप्पादन गरेको सामाग्रीहरुले उचित दाम नपाउनु साथै बिक्रि भएको सामानको समयमा भुक्तानी नपाउनुले कृषकहरु थप मारमा पर्ने गरेका छन् । उनिहरुले उत्पादन गरेको सामाग्रीको मुल्य निर्धारण गर्ने अधिकार व्यापारीसंग निर्भर रहन्छ । कुन व्यापारी कस्तो मुल्य निर्धारण गर्ने र भुक्तानि दिने अधिकार उसैमा निर्भर रहन्छ ।

त्यस्तै जटिल खाले समस्या बाट पिडा भोगिरहेका छन् पाँचखाल र आसपासका क्षेत्रमा दुग्ध उत्पादन गर्ने कृषकहरु । आफुले उत्पादन गरेको दुध दुग्ध संकलककै मुल्यमा खन्याउनु पर्ने र उनीहरुको खुसिमा भुक्तानी लिनु पर्ने बाध्यत्मक अवस्थाले गर्दा कृषकहरु चिन्तित रहेका छन् । जसको कारण दुग्ध उत्पादन घट्दो अवस्थामा रहेको छ । कृषकहरुलाई हौसला प्रदान गर्नेको बदला निरुत्साहीत पार्ने खालको कार्यले गर्दा गाई भैसि पाल्न छोडेको एक अगुवा कृषकको दुखेसो रहेको छ ।

अगुवा कृषक दिनेस दनुवार बताउनु हुन्छ , एक लाख तिरेर भैसि किन्नु पर्छ दुध उत्पादन गर्ने बिषय चानचुने मेहनतले हुदैन । तर बेच्न लग्यो ४ महिना भएपछि बल्ल भुक्तानि आउछ त्यै पनि ३ महिनाको । हामीले बेचेको दुधको हिषाब १५÷१५ दिनमा आउने हो भने धेरै समस्या समाधान हुने थियो । वरपर कसैकसैले १५÷१५ दिनमा भुक्तानी दिन्छन तर लामो समयबाट आफुले बेच्दै आएको ठाउंमा समयमा भुक्तानी नहुंदा समस्या भएको छ । दिनेशको जस्तै समस्या धेरै कृषकले व्यहोरी रहेका छन् ।

हाल पाँचखालमा करिव २० हजार लिटर दुध उत्पादन हुन्छ, तर विगतमा ३० हजार भन्दा पनि बढी उत्पादन हुन्थ्यो । पाँचखाल नगरमा करिब ५५ संकलन केन्द्र रहेको छ । ति मध्य थोरैले मात्र समयमा भुक्तानि गर्दै आएका छन् । केहीले आफुले संकलन गरेको दुध बेचेर भुक्तानी आएपछि इमान्दारीका साथ घांसिलाई भुक्तानी दिएको पाइन्छ त केहीले भुक्तानि आएपछि पनि आफ्नै बिभिन्न गर्जो टार्ने र थोरै मात्र भुक्तानी दिएको समेत पाइएको छ । कृषकहरुले भैसि किन्न सहकारीसंग ऋण काडेका हुन्छन् मासिक रुपमा व्याज तिर्नुपर्ने हुन्छ । दुग्ध संकलकहरुले समयमा भुक्तानी नदिदा कृषकहरु व्याज तिर्ने क्रममा जरिवानामा पर्ने गरेका छन् ।

पाँचखालमा रहेका संकलकहरुसंग बढी दुध खरिद गर्नेहरु मध्य सवभन्दा वढी यजश्रीकृष्ण डेरी उद्योग, दोस्रोमा दुग्ध बिकास संस्थान र तेस्रोमा काठमाडौ डेरी रहेको छ । खुज्रा संकलकहरुसंग खरिद गरेको दुधको भुक्तानी समयमा उपलब्ध नगराउंदा घांसिहरुलाई समयमा भुक्तानी गर्न नसकेको वताउंछन् खुज्रा संकलकहरु । केही संकलकहरुले भने आफुलाई भुक्तानि नआएपनि व्यवसायमा लगानी गर्नु पर्ने र घांसिलाई समस्यामा पार्न नहुने भन्दै आफ्नै लगानीबाट समय समयमा भुक्तानी दिने गरेका छन् । कतिपयलेत घांसिलाई पेस्की दिने तर बर्ष दिन सम्म हिषाब नगरी दिनाले गर्दा थप समस्यामा पार्ने गरेका छन् । घांसिहरु समस्ययामा पर्नाको प्रमुख कारण भनेको पाँचखालमा रहेको थोक दुध संकलकक नै हो । उनीहरुले समयमा भुक्तानि दिनुको बदला आफ्नो बिभिन्न व्यवसायमा लगानी गर्दा समस्या आएको दुखेसो पोख्छन खुज्रा दुध संकलकहरु ।

उता ठुला व्यवसायीहरु भने घांसीले समयमा भुक्तानी नपाउनुको प्रमुख दोशी राज्य रहेको बताउंदै आएका छन् । उनिहरुको भनाइ रहेको छ , स्वदेशमा उत्पादन भएको दुध साथै दुग्धजन्य पदार्थ छिमेकी मुलुक भारतबाट बढी आयत गर्दा स्वदेसी उत्पादकले बजार नपाउंदा समयमा भुक्तानी गर्न नसकेको बताउछन् । उनीहरुका अनुसार नेपालमा उत्पादन भएको घिउ भारतको भन्दा धेरै गुणस्तरको रहेको छ , त्यसैगरी पाउडर दुध पनि राम्रो छ तर भातबाट आयातित सामानले गर्दा नेपालमा उत्पादन भएको घिउ तथा पाउडर बिक्रि नभएर स्टक रहंदा भुक्तानि दिन समस्या परेको दावि गर्दै आएका छन् । सरकारले कृषकको समस्याको बिषयमा ध्यान दिने र स्वदेशि उत्पादनलाई प्राथमिकता दिने हो भने हालको समस्या समाधान हुने व्यवसायिहरु बताउदै आएका छन् ।

दुध उत्पादन गर्ने घांसिको समस्यालाई मध्य नजर राख्दै कृषि सहकारीले दुध संकलन कार्य थालेको छ । पाँचखाल ३ काफ्ले डिहिमा प्रधान कार्यालय रहेको प्रतिष्ठा कृषि सहकारीले दुध संकलन केन्द्र खोल्न सुरु गरेका छन् । हाल सम्म ३ संकलन केन्द्रबाट दुध संकलन गरेपनि घांसिको मागअनुसार विस्तार गर्दै जाने सहकारी अध्यक्ष पुर्ण प्रसाद दुलालले जानकारी गराउनु भएको छ । सहकारी मार्फत संकलन गरेको दुधको भुक्तानी महिनाको ७ र २२ गते भुक्तानी दिदै आएको छ । त्यसैगरी घांसिको हितको लागि बजार भाउको तुलनामा सस्तोमा गुणस्तरीय ढुटो तथा दाना साथै कृषिको लागि आवस्यक रासायनिक मल समेत उपलब्ध गराउदै आएको छ । सहकारीले संञ्चालन गरेको संकलन केन्द्रमा घांसिले दुध दिदा समयमै भुक्तानि हुने र घांसिको समस्या हरु हल हुने भएकोले सो संकलन केन्द्र तर्फ आकर्षित भएका छन् घांसीहरु ।

  • दुध बिक्रि हुन्छ तर भुक्तानीको लागी तीनमहिना
  • भुक्तानी सहजताको लागि सहकारीले दुध संकलन गर्दै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0