Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मष्तिष्क पक्षघातबारे धुलिखेल अस्पतालमा तालिम

प्रभातफेरी अनलाइन ५३२१ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
मष्तिष्क पक्षघातबारे धुलिखेल अस्पतालमा तालिम

धुलिखेल-काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालको आयोजनामा मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि स्वास्थ्यकर्मी र बिरामीको अभिभावकहरुलाई समेत साथै राखेर प्रयोगात्मक तालिम सुरु भएको छ ।

स्कूलको फिजियोथेरापी विभाग, बालरोग विभाग र नेदरल्याण्डको एडलान्टे पेडिएट्रिक रिह्याब सेन्टर(एपिआरसी)को आयोजनामा सो तालिम सुरु भएको हो । तालिमको केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा. राजेन्द्र कोजू र एपिआरसीका प्रमुख प्राडा. युजिन रिमेकर्सले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गर्नु भयो । सो अवसरमा डा. कोजूले मष्तिष्क पक्षघात भएका बिरामीहरु विशेष गरी बालबालिकाहरुको उपचार अस्पतालमा भए पनि त्यसपछिको पुनस्र्थापनालगायतका सबै हेरचाह घरपरिवारमै हुने भएकाले परिवारका सदस्यहरुलाई तालिम आवश्यक भएको विचार व्यक्त गर्नुु भयो ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले मष्तिष्क पक्षाघात भएका बिरामीहरु सानो हुँदा हेरचाह गर्नमा सजिलो भए पनि उमेर बढ्दै जाँदा हेरचाहमा समस्या आउने गरेको बताउनु भयो । अस्पतालका बालरोग विभागका प्रमुख प्राडा. प्रकाशसुन्दर श्रेष्ठले मष्तिष्क पक्षाघात बच्चा जन्मेकै बेलादेखि हुन सक्ने भएकाले गर्भावस्थामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । नेपाल फिजियोथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारीले विदेशमा मष्तिष्क पक्षघात भएका बिरामीहरुलाई कसरी हेरचाह गरिने रहेछ भनेर ६ दिन अवधिको तालिममा सिक्न पाइने भएकाले अवसरको सदुपयोग गर्न आग्रह गर्नु भयो । नेपालमा मस्तिष्क पक्षाघातबाट पीडितको संख्या ७५ हजार रहेको अनुमान छ ।

नेपालमा मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि नेपाली फिजियोथेरापिष्टहरुलाई सन् २०१४ देखि नै प्रशिक्षक प्रशिक्षण तालिम दिएर सक्षम बनाइएको प्रा.डा. युजिनले उदाहरण दिनु भयो । एसिआरपीबाट तालिम पाएका प्रशिक्षकहरुले मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि केन्द्रहरु बनाएर नेपालमै सेवा दिइरहेकाले एपिआरसीलाई खुशी लागेको उहाँले उल्लेख गर्नु भयो । तालिमको संयोजन गरिरहनु भएकी केयु स्कूल अफ मेडिकल साइन्सेजकी लेक्चरर एवं बाल फिजियोथेरापिष्ट स्मिता केसीले तालिममा १० जना अभिभावकका साथै विभिन्न अस्पताल तथा पुनस्र्थापना केन्द्रका फिजियोथेरापिष्टहरु सहभागी रहेका जानकारी दिनु भयो । सहभागीहरुलाई एपिआरसीका प्रा.डा. युजिनसहित ३ जना विशेषज्ञहरु र नेपाली प्रशिक्षकको तर्फबाट केसीसहित कल्पना बस्नेत, शरणा श्रेष्ठ सुवाल र श्याम महर्जनलगायतले प्रशिक्षण दिइरहनु भएको छ । प्रशिक्षण आगामी शुक्रबार समापन हुँदैछ ।

  • मष्तिष्क पक्षघातबारे धुलिखेल अस्पतालमा तालिम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0