Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विकास निर्माणमा चुहावट भए वजेट रोकिन्छ – लम्साल

प्रभातफेरी अनलाइन ८४३१ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २, शनिबार (७ साल अघि)
विकास निर्माणमा चुहावट भए वजेट रोकिन्छ – लम्साल

पाँचखाल-प्रदेश सभा सांसद लक्ष्मण लम्सालले प्रदेस सरकार मार्फत हुने बिकास निर्माण कार्यको लागि आफु निरन्तर रुपमा अगि बढेको बताउनु भयो । कुनै पनि बिकास निर्माण कार्यमा चुहावट भए आगामी दिनमा त्यस्ता योजनाको लागि वजेटको व्यवस्था गर्न पहल नगर्ने बताउनु भयो ।

पाँचखाल वडा नं २ मा रहेको चक्मके, द्वारेडिही , हांगेठाटी , माझडिही , हर्षे सडक मर्मत कार्यको सिलन्यास गर्दै सांसद लम्सालले थप्नुभयो , बढी बस्ती भएको स्थानको साथै कृषि सडकलाई प्राथमिकता दिदैं वजेटको व्यवस्था गर्ने बताउनु भयो । मुलुकमा रहेको तीन तह मध्य जुन तहबाट विकास निर्माणको लागि बजेट आएपनि सो नेपाल सरकारकै भएकोले कुनैपनि बिकास निर्माण कार्य गुणस्तरीय हुनु पर्ने बताउनु भयो ।

शिलन्यास कार्यक्रममा सांसद लम्सालले थप्नुभयो चुहावट रहित ढंगबाट गुणस्तरीय बिकास निर्माण भएको स्थानमा आगामी दिनहरुमा पनि बजेटको लागि पहल गर्ने बताउनु भयो । सानोतिनो बिकास निर्माण कार्यको लागि प्रदेश सरकारलाई घच्घच्याउने होईन, त्यस्ता विकास निर्माण कार्यको लागि वडा वा नगरमा पहल गर्नुपर्ने बताउंदै ठुला बिकास निर्माण कार्यको लागि आफुले पहल गर्ने वताउनु भयो । कागजि प्रकृया अलि झण्झटिलो भएकोले वजेट निकासा हुन समय लाग्ने गरेको वताउंदै बजेट आउनासाथ समयमै कार्य सम्पन्न गर्न उपभोक्ता समितिलाई अनुरो गर्नुभयो ।

पाँचखाल नगरको प्रमुख आम्दानिको स्रोत कृषि भएकोले सिंचाईको व्यवस्थाको लागि पहल गर्दै गरेको कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले बताउनु भयो । तात्कालिन र दिर्घकालिन गरी दुई माध्यमबाट सिंचाईको व्यवस्था गर्ने लक्षका साथ अडाढी बढेको बताउंदै तात्कालिन समस्या समाधानको लागि स्थानिय स्तरमा रहेको खोल्चाहरुमा ड्याम निर्माण कार्यको पहल गरेको जुन काणले बर्षातमा खेर जाने पानीलाई सिंचाईमा सदुपयोग गर्न सहज हुने बताउनु भयो । उहाँले थप्नुभयो आफ्नो पहलमा प्रदेश सरकारबाट पाँचखालमा रहेको बिभिन्न सडकहरुको स्तर उन्नतीको लागि २ करोड ४० लाख, सर्वमंगला क्यामपसको लागि २० लाख, स्वास्थ्यमा २० लाख, खेलकुद मैदानको लागि १ करोड साथै धुलिखेल पाँचखाल मण्डन सडकको लागि २ करोड ७० लाख बजेटको व्यवस्था मिलाएको बताउनु भयो ।

कार्यक्रममा पाँचखाल वडा नं २ का अध्यक्ष हरिराम खतिवडाले पाँचखालमा रहेको १३ वटा वडाहरु मध्य कालोपत्रे नभएको वडा पाँचखाल नगरको वडा नं १ र २ मात्र भएकोले सो वडाहरुमा रहेको सडकहरुमा कालो पत्रे गर्ने कार्यको लागि तीनै तहको सरकारसंग पहल गर्ने बताउनु भयो । नगरमा रहेका अन्य वडाको तुलनामा धेरै ग्रामिण साथै कृषि सडक भएको वडा नं १ र २ नं वडामा रहेका सडकहरुको स्तर उन्नति गर्न अति आवश्यक भएको बताउनु भयो । सो कार्यको लागि प्रदेश सरकारबाट ५० लाख उपलब्ध भएकोमा खुसि व्यक्त गर्दै वडाअध्यक्ष खतिवडाले उपभोक्ता समितिलाई स्थानियहरुले साथ दिनु पर्ने बताउनु भयो । उहाँले थप्नुभयो काम सकिएपछि टिका टिप्पनि गर्ने होईन कामको सुरुवातमा आवस्यक सुझाव दिनु पर्ने बताउनु भयो । डि.पि.आर (प्रारम्भिक शर्वे) भनेको विकास निर्माणको लागि माग्ने भाँडो हो, त्यसैले डि.पि.आर गर्ने कार्यलाई वडाबाट पहल गरेको बताउनु भयो ।

शिलन्यास कार्यक्रमका सभापति एवं उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौलागाईले धुले सडकमा कालो पत्रे गर्ने अवधारणाको साथमा अगाडी वढेको वताउंदै सो अवधारणालाई चुम्नको लागि प्रदेश सरकार मार्फत आएको ५० लाख वजेटले सडकको मापदन्ड अनुसार ७ र ८ मिटर चौडा कायम गरी आर.सि.सि ढंगबाट नाली पेटी निर्माण गर्ने तयारी गरेको बताउनु भयो । उहाँले थप्नुभयो प्राप्त वजेटमा कुनै पनि चुहावट नहुने साथै गुणस्तरीय कार्य निर्धारित समयमै सम्पन्न गर्ने ठोकुवा गर्नु भयो ।

  • विकास निर्माणमा चुहावट भए वजेट रोकिन्छ - लम्साल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0