Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उर्वरा भूमीमा बस्ति बिकास गर्न दिदैनौ -उप—प्रमुख,जवरजस्ति गरे प्लानिङ्गमा बुल डोजर

प्रभातफेरी अनलाइन ५७११ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
उर्वरा भूमीमा बस्ति बिकास गर्न दिदैनौ -उप—प्रमुख,जवरजस्ति गरे प्लानिङ्गमा बुल डोजर

पाँचखाल-“पाँचखाल नगर, कृषि शहर” भन्ने मुल नाराका साथमा अगाडी बढेको नगरको उर्वरा भूमिमा बस्ति बिकास गर्न रोक लगाउंछौं । नगरको सुझाबलाई कसैले अटेर गर्दै प्लानिङ्ग गरे बुलडोजर लगाईन्छ ।

उक्त भनाई पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले पाँचखाल नगरपालिकाको आ.व ०७५÷०७६ दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बताउनु भएको हो । कार्यक्रममा उहाँले थप्नुभयो नगरवासिहरुले अधिकार खोज्ने मात्र नभई कर्तव्य पालना गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा उप—मेयर दनुवारले समृद्ध पाँचखाल निर्माणको लागि सम्पुर्ण जनप्रतीनिधिहरुका साथै कर्मचारीहरु समेत एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । पाँचखालको विकास निर्माणको बिषयमा सम्पुर्ण जनप्रतीनिधिहरुले आफ्नो काम कर्तव्य र जिम्मेवारी के हो भनेर बुझ्न जरुरी रहेको बताउनु भयो । नगरमा रहेका महिला जनप्रतिनिहरु तर्फ लक्षीत गर्दै उप—मेयर दनुवारले थप्नु भयो भत्ता पाउने ठाउमा उपस्थित हुनसक्ने तर सार्वजनिक कार्यमा उपस्थित नहुने हुंदा महिलाहरुको लिएको लक्ष पुरा नहुने वताउंदै सक्रिय ढंगबाट अगाडी बढ्नु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले पाँचखाल नगरलाई कृषि शहरको रुपमा परिचय गराउने ढंगबाट अगाडी बढेको बताउनु भयो । कानुनको जंगलमा न्याय हरायको देश भएकोले कानुनी अन्वलताको कारण सेवाग्राहिहरुले सहज ढंगबाट सेवा लिन नपाएको बताउनु भयो । नगरको लक्ष अनुसारको कार्यहरु गर्दै पाँचखाल विजुलीको गतिमा अगाडी बढेको बताउंदै कर्मचारीहरुले जनताको खलासि भएर काम गरेको वताउनु भयो ।

कार्यक्रमा पाँचखाल प्रहरी चौकीका प्रमुख शिवप्रसाद पराजुलीले कार्य क्षेत्र ठुलो साथै जनशक्ति कम हुंदा पनि पाँचखालको सुरक्षा अवस्था मजबुत पारेको बताउनु भयो । नगरको साथ र समन्वयले गर्दा सुरक्षाको लागि थप सहज मिलेको बताउनु भयो । बजार क्षेत्रमा विगतमा हुने गरेको चोरीलाई नियन्त्रण गर्न १० वटा सि.सि. टिभि जडान गरी निगरानी राखेको बताउनु भयो ।नगरले गरेको सार्वजनिक कार्यक्रममा शान्ति सुरक्षाको बिषयमा प्रहरीले सकारात्मक भूमिका निर्वाह गरेको भनि सुन्न पाउंदा खुसि लाग्नाको साथै काम गर्ने थप उर्जा मिलेको बताउनु भयो ।

नगरका शाखा अधिकृत रोशन पुनले संञ्चालन गरेको कार्यक्रममा शाखा अधिकृत राजेश वञ्जाराले स्वागत मन्तव्य राख्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा राजश्व संकलनको बिषयमा बढी जोड दिनुपर्ने सहभागिहरुको सुझाव रहेको थियो । दोस्रो चौमासिक प्रतिवेदनको आधारमा पाँचखाल वडा नं ६ ले गरेको कार्य अन्यत्रको तुलनामा उत्कृष्ट ठहरीएको थियो । सो वडाले गरेको राजश्व संकलन तथा विकास निर्माणको कार्यमा निर्वाह गरेको भूमिका स्वागत योग्य रहेको प्रशासकिय प्रमुख भोलाप्रसाद चापागाई तथा उप—मेयर लक्ष्मी दनुवारले बताउनु भएको थियो ।

  • उर्वरा भूमीमा बस्ति बिकास गर्न दिदैनौ -उप—प्रमुख
  • जवरजस्ति गरे प्लानिङ्गमा बुल डोजर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0