Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार र सहकारीले जनताको लागि काम गर्छ ,कृषि सहकारीहरुलाई सरकारले ऋण लगानी गर्दैछ – मन्त्री गोकुल

प्रभातफेरी अनलाइन ९०३४ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
सरकार र सहकारीले जनताको लागि काम गर्छ ,कृषि सहकारीहरुलाई सरकारले ऋण लगानी गर्दैछ – मन्त्री गोकुल

आइ.आर.के मैनाली

वनेपा-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो सहकारीहरुले राम्रोसंग कार्यगरी अगाडी बढ्दा हासिल हुने मुनाफाले सहकारी र शेयर सदस्यको लागि मात्रै नभई सामाजिक कार्यमा समेत साथ दिने बताउनु भयो ।

जिल्ला सहकारी संघ काभे्रको ६२ औं स्थापना दिवसको अवसरमा मंगलबार बनेपामा प्रमुख अतिथि मन्त्री बाँस्कोटाले सहकारी संस्था होस यात संघ या अन्य कुनैपनि स्थानमा होस, काम भन्दा बढी कुरा ग¥यो भने लक्षमा पुग्न नसकिने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री बाँस्कोटाले फरक फरक जातजाती, भाषाभाषि, फरक आर्थीक हैसियत र फरकफरक बिचार बोक्नेहरु सवैलाई सामाजिक जिवनमा समान व्यवहार गर्ने बताउनु भयो । समान व्यवहारले गर्दा समावेसिता, संघियता र लोकतन्त्र तर्फ अगाडी बढाएको बताउनु भयो । जनताको साषण जिवनमा परिवर्तनको निम्ति खोजेको हो, त्यसैका लागि अहिले नयाँ व्यवस्था स्थापना भएको बताउनु भयो । स्थानिय तहदेखि केन्द्र सम्म फरक फरक जननिर्वाचित निकायहरुको व्यवस्था भएको छ । यस्तो हुनाको प्रमुख उद्देस्य भनेको जनताको प्रत्तेक दैनिक कामहरुसंग साथै मुलुकको अर्थतन्त्रलाई निर्माण गर्नको निम्ती आ—आफ्नो ठाउबाट योगदान दिने बताउनु भयो ।

हामी संधै झै धेरै कुराको अपेक्षा गछौं, कुरा धेरै गछौं, कुरा बढी काड्छौं र काम कम गर्छौ । यसै कारणले हामी अलि पछाडी परेको बताउनु भयो । जिल्ला सहकारी संघको यति धेरै जमिन छ, यो जमिनको कसरी सदुपयोग गर्ने हो, यो आफैमा उत्पादनको आधार बन्न सक्छ जसले गर्दा संस्था चलाउन कुनै समस्या पर्दैन । यति महत्वपुर्ण जमिन आमसभाको लागि प्रयोग भईरहेको छ । यसरी वाँझो राख्ने कार्यलाई रुपान्तरण गर्दै उपार्जनको लागि पहल गर्नु पर्ने बताउनु भयो । समृद्धीको लागि पैसा आवश्यक हुन्छ, त्यसैले उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । समृद्धि र सहकारी जोडिने बिषय हो , सरकार जनताको लागि काम गर्छ र सहकारीले पनि जनताको लागि काम गर्ने मन्त्री बाँस्कोटाले वताउनु भयो ।

भर्खरै लगानी सम्मेलन सकीएको छ, कााभे्रलीलाई धेरै धेरै बधाई छ , सरकारले पेस गरेका झण्डै ५० वटा योजना र नीजि क्षेत्रले पेस गरेको २७ वटा योजना मध्य ८ वटा ठुला परियोजनाहरु काभे्र जिल्लासंग सम्बन्धित रहेको बताउनु भयो । जसमध्य तीन यजोजनामा अन्तराष्ट्रिय लगानि कर्ताहरुले चासो दिएको बताउनु भयो । तीनवटा योजना अगाडी बढेको उपलब्धी मान्दै अरु वढाउने तरखरमा रहेको बताउनु भयो । राजनीतिक स्थिरता जनताको नीम्ति नभई गतिशिलताको निम्ति हो, त्यसैलाई समाजको सवै क्षेत्रमा नीति निर्माणको क्षेत्र, प्रशासनिक सुद्धताको क्षेत्र, गतिशिलताको क्षेत्र र लगानिको क्षेत्रमा उत्साहजनक अवस्थाको सृजना गर्ने बताउनुभयो । कृषिलाई उकास्नको लागि कृषि सहकारीहरुलाई सरकारले ठुलो मात्रामा ऋण लगानी गर्ने बताउनु भयो । कृषि सहकारिहरु प्रत्तेक्ष रुपमा समुदायसंग जोडिएकाले समुदाय सम्म पुग्ने बताउनु भयो ।

कार्यक्रमहरु ल्याएर मात्र हुंदैन प्रभावकारी हुनुपर्छ त्यसैले कृषि सहकारी मार्फत अगाडी बढ्ने तयारी गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । कृषि क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्र भनि रहंदा साथै हाम्रो आयात बढी रहंदा निर्यात गर्न नसकेपनि आत्मनिर्भरताको खोजितर्फ जाने हो भने समुदायलाई परिचालित गर्नुपर्ने बताउनु भयो । १० प्रतिशत भन्दा बढी कृषकहरुलाई ऋणको भार नपर्ने गरी सहकारी क्षेत्र मार्फत नै करिव ५ प्रतिशतको हाराहारीमा कृषि सहकारीहरुलाई लगानि गर्न सरकारले खोजेको बताउनु भयो । कृषि उत्पादन कृषिको व्यवसायिकरण, आधुनिकिकरण तर्फ अगाडी बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा काभे्र क्षेत्र नं १ बाट निर्वाचित सांसद गंगाबहादुर दोङ्ग (वमध्वज) ले तीन खाले खम्बा मध्य १ पिल्लरको भुमिका सहकारी संस्थाले निर्वाह गरेको बताउनुभयो । जव सहकारीहरुले घरघरमा सहकारीको एक सदस्य भन्ने अभियान पुर्ण गर्न सक्छ तव मात्र लक्ष पुर्ण हुने बताउनु भयो । दिगो विकासको लागि सहकारीहरुको समेत ठुलो भुमिका रहेकोले सहकारी र सरकारको विचमा सहकार्य गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो । सहकारीले लिएको लक्ष र सरकारले लिएको लक्ष जनतालाई धनि बनाउने हो । यस्तो ढंगको लक्ष मिट गर्नको लागि सहकारीहरु र सरकारको बिचमा हातेमालो गर्दै अगाडी बढ्न सकिने बताउनु भयो ।

जिल्ला सहकारी संघ लि.का अध्यक्ष विनोद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठ, जिल्ला सहकारी संघका सल्लाहकार कुलचन्द्र अधिकारी, समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति सदस्य दिपक पौडेल, नेफ्कुन केन्द्रिय सदस्य उद्धब सापकोटा, काभे्रपलाञ्चोक बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसी लगायतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संचालक समिति सदस्य कमला अधिकारीले गर्नुभएको थियो । कार्यक्रम ससंचालन संघका सचिव दिलिप शर्माले गर्नु भएको थियो ।

  • कृषि सहकारीहरुलाई सरकारले ऋण लगानी गर्दैछ - मन्त्री गोकुल
  • सरकार र सहकारीले जनताको लागि काम गर्छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0