Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बृहत खानेपानीको लागी पाँचखालवासिको सक्रियता ,निर्धारित समयमै रकम जम्मा गर्न भिडम भिड

प्रभातफेरी अनलाइन ६६८६ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
बृहत खानेपानीको लागी पाँचखालवासिको सक्रियता ,निर्धारित समयमै रकम जम्मा गर्न भिडम भिड

आइ.आर.के मैनाली
पाँचखाल÷पाँचखाल नगरमा दिनपरदिन जनघनत्व बढ्दो साथै पानीको स्रोतहरु सुक्दै जाने अवस्थालाई मध्य नजर गर्दै दिर्घकालिन रुपमा पिउने पानिको व्यवस्थाको लागि सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समिति सकृय ढंगबाट अगाडी बढेको छ । विगत तीन बर्षदेखी निरन्तर रुपमा अगाडी बढेको समितिले नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानीमा सुनकोशि पाँचखाल खानेपानी योजना संञ्चालन गर्ने तयारीमा रहेको छ ।

विस्तृत अध्ययन प्रतिवेदनको आधारमा २ अर्व २१ करोडको लागतमा सुरुहुन लागेको उक्त खानेपानी योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ५ प्रतिशत जम्मा गर्नु पर्ने हुन्छ । जसको लागि ११ करोड ५ लाख रकम उपभोक्ताले जम्मा गरेपछि योजनाको कार्य सुरु हुने जानकारी प्राप्त भएको छ । योजनाको नियम अनुसार उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा नगरेसम्म कार्य सुरु नहुने भएकोले उपभोक्ताहरुले सक्रिताको साथ रकम जम्मा गर्ने कार्यलाई अगाडी बढाएका छन् । चैत्र मसान्त सम्म रकम जम्मा गरीसक्नु पर्ने भएकोले सो जानकारीको लागि उपभोक्ता समितिले जानकारीको लागि दैनिक रुपमा माईकिङ्ग गर्ने कार्य गरेको छ ।

“अवको लगानी इनार डिप बोरिङ्गमा होईन, दिर्घकालिन रुपमा सुनकोशि खानेपानीमा” भन्ने अभियानको साथमा अगाडी बढेको उपभोक्ता समितिको कार्यलाई स्थानियले पुर्ण रुपमा साथ दिएका छन् । कुल लगानीको ९५ प्रतिशत अरुले उपलब्ध गराउंदा उपभोक्ताको तर्फबाट गर्नुपर्ने ५ प्रतिशतलाई पनि आनाकानी गरेमा पाँचखालको भविश्य अन्धकार हुने भन्दै समय सिमा भित्र रकम जम्मा नगर्र्ने उपभोक्ता हुन नसक्ने सुझाबको आधारमा समय भित्र रकम जम्मा नगर्ने उपभोक्ता नहुने र योजना संञ्चालन पश्चात उपभोक्तामा सहभागी हुन चाहनेलाई (हाल पाँचखालमै बसोवास भएकाहरुलाई) १ लाख जम्मा गर्नुपर्ने र योजना संञ्चालन पश्चात बसाई सराई आउनेको हकमा पुन अर्को निर्णय गर्ने गरी उपभोक्ता समिति अगाडी बढेको छ ।

उपभोक्ता समितिले गरेको पहिलो सर्वेको आधारमा ५ हजार ९ सय उपभोक्ता रहेकोले प्रति उपभोक्ता १८ हजारको दरले जम्मा गर्नुपर्ने सुचना जारी गरेको छ । तात्कालिन रुपमा ईनार वा वोरिङ्गको पानीको स्रोतलाई पुर्णता मान्दै दिर्घकालिन रुपको बृहत खानेपानी योजनाको उपभोक्ताको रुपमा सहभागि हुन नचाहनेलाई पछि समावेश हुन ठुलो लगानी गर्नु पर्ने देखिन्छ । आर्थीक अवस्था कमजोर रहेकालाई सहज रहोस भन्दै पाँचखाल नगरमा संञ्चालन रहेको सहकारीहरुलाई १० प्रतिशत व्याजमा लगानी गर्न नगर प्रमुख महेश खरेलले आग्रह समेत गर्नु भएको छ । प्रमुख खरेलले सहकारीको लगानीको ग्यारेन्टि नगरको तर्फबाट लिलने बताउंदै योजना सफल पार्न सहकारीहरुले साथ सहयोग गर्नु पर्ने सुझाव दिनु भएको छ ।

नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानिमा दैशै भरमा १९ वटा योजना रहेको छ । १९ योजना मध्य जुन उपभोक्ता समितिले पहिला रकम जम्मा गर्छ सोही योजना पहिला सुरुहु्ने जानकारी प्राप्त भएको छ । त्यसैगरी निर्धारित समयभित्र उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा नभए योजना फेल हुने शंकेत देखा परेको छ ।

उपभोक्ता समिति साथै पाँचखालका जनप्रतीनिधिहरुको ठुलो प्रयासमा संञ्चालन हुन लागेको वृहत खानेपानी योजना असफल भएमा केही बर्ष पछि पाँचखालका जनताहरु काकाकुलको अवस्थामा पुग्नु पर्ने सुनिष्चित रहेको छ । स्थानियमुलहरु सुकेर विकल्पको रुपमा इनारको माध्यमबाट पानीको व्यवस्था गर्दै आएको अवस्थामा केही बर्ष अगाडीबाट सो स्रोत समेत भरपर्दो नहुंदा पुन विकल्पको खोजिको क्रममा डिप वोरिङ्गको माध्यम अपनाएपनि सो समेत भरपर्दो अवस्थामा नरहेकोले दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था हुन नसके पाँचखालमा पानीको लागि ठुलो समस्या आउने दिन नजिकदो छ ।

सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले पाँचखालको प्रमुख समस्याको रुपमा रहेको खानेपानी जुन सुकै हालतमा समाधान गर्नेको लागि जुटेको बताउनु भयो । “योजना फेल हुनु भनेको सिंगो पाँचखाल खानेपानीको लागी पछि पर्नु मात्रै नभएर पाँचखालको इतिहासनै कमजोर हुनु हो” । योजनालाई फेल हुन नदिनको लागि घरदैलो अभियान साथै माईकिङ्ग गर्ने कार्य निरन्तर रुपमा भएको छ । नगरमा रहेका विद्यालयहरुले प्रचारप्रशारमा ठुलो सहयोग गरेको छ । जनप्रतिनिधिहरु साथै स्थानियहरुको साथ सहयोग साथै हौसलाले गर्दा उपभोक्ता समिति निरन्तर रुपमा अगाडी बढेको बताउनु भयो ।

योजना सम्पन्न गर्न ठुलो चुनौती रहेको तर दिर्घकालिन रुपमा पानीको समस्या समाधानको लागि अर्को कुनै विकल्प नभएकोले पाँचखाल नगरवासिहरुले समयमै सचेत नरहे भावि पुस्ताले पानीको लागि ठुलो समस्या खेप्नु पर्ने अवस्था आउने संभावना रहेको छ । कुल लागत स्टमेट २ अर्व २१ करोडको ७० प्रतिशत एशियाली विकास वैंकले पाँचखाल नगरको जमानिमा ऋण लगानि गर्ने, २५ प्रतिशत नगरबिकासको तर्फबाट ऋण उपलब्ध गराउने तयारी भइसकेको अवस्थामा ५ प्रतिशत उपभोक्ताले जम्मा गर्नुपर्ने रकम जम्मा हुन नसकेर योजना असफल भए समस्या निम्तन सक्ने भन्दै जनप्रतीनिधिहरुले सकृय ढंगबाट अगाडी बढेको अवस्था छ ।

उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ । दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने तयारी भएको हो । पाँचखालमा पौरानिक मुलहरु त, केही वर्ष अगाडिनै सुकिसकेको र विकल्पको रुपमा इनारको माध्यम अपनाएको सो पनि सुक्न थालेपछि बोरिङ्ग गरी पानीको व्यवस्था गरेकोमा सो स्रोत पनि भरपर्दो नभएको अवस्थनामा दिर्घकालिन ढंगको भरपर्दो पानीको याजना सफल हुंदा जवसम्म कोशि वगिरहन्छ तवसम्म पाँचखालमा पानीको समस्या रहन्न ।

  • निर्धारित समयमै रकम जम्मा गर्न भिडम भिड
  • बृहत खानेपानीको लागी पाँचखालवासिको सक्रियता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0