Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रका कृषकहरु बिषादीको विकल्पमा खेति गर्दै, स्वच्छ तरकारी तथा फलफुल उत्पादनमा बृद्धि

प्रभातफेरी अनलाइन ५६३८ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख ४, बुधबार (७ साल अघि)
काभे्रका कृषकहरु बिषादीको विकल्पमा खेति गर्दै, स्वच्छ तरकारी तथा फलफुल उत्पादनमा बृद्धि

आई.आर.के मैनाली
बनेपा-कृषिको लागि चर्चीत रुपमा रहेको काभे्रका कृषकहरुले जिवनासक बिषादिको विकल्पमा खेतिगर्न अग्रसरता देखाएका छन् । तरकारी तथा फलफुल खेतिमा प्रयोग हुने बिषादीले मानव स्वस्थ्य, पशुपन्क्षि साथै वातावरणमा समेत असर पु¥याउने भएकोले आइ.पि.एम तरिकाबाट खेतिगर्न थालेका छन् ।

कृषकहरुले जिवनासक बिषादीको विकल्पमा जैविक बिषादीहरु प्रयोगमा ल्याउन थालेपछि काभे्रमा उत्पादन हुने तरकारी तथा फलफु बिषादि रहित उत्पादन हुने गरेको छ । काठमाडौंको बजारमा माग भएमध्य ४० प्रतिशत सम्म थेग्ने काभे्रमा बिषादी रहित ढंगको तरकारी तथा फुलफुल उत्पादन हुन सुरु भएपछि उपभोक्ताहरु काभे्रमा उत्पादन हुने तरकारी तर्फ आकर्षण हुने गरेको तरकारी व्यापारीहरुको भनाई रहेको छ ।

आइ.पि.एम तरिकाले खेतिगर्दा उत्पादन बृद्धि साथै स्वस्थकर तरकारी तथा फलफुल उपभोग गर्न पाउने भएकोले कृषकहरु सो तर्फ आकर्षण भएका हुन् । बिशेष गरेर कृषि नगरीको रुपमा चर्चित पाँचखाल नगरका कृषकहरुले आइ.पि.एम तरिकाले खेति गर्दा उत्पादन बृद्धि भएको देखेपछि जिल्लाका अधिकांस स्थानका कृषकहरु आकर्षित भएका हुन् । पाँचखाल र आसपासको स्थानमा ठुलो परिणाममा फलफुलहरु उत्पादन हुने गरेको भएपनि किराको कारण उत्पादनमा ५० प्रतिशत कमि आउनाको साथै वचेको पनि गुणस्तरीय नभएको अवस्थामा जैबिक बिधिबाट उपचार गर्दा फलफुल खेती समेत फस्टाउने भएको छ ।

पछिल्लो समयमा आएर कृषकहरुको खेतबारी साथै वगैंचामा पंहेलपुर देखिन्छ । सो देखिने पंहेलो कागजका टुक्राहरु किरा नियन्त्रण गर्नको लागि राखिएको (एलो स्टिकर) पासो हो । जसमा किराहरु आएर टांसिने गर्छ जसको कारण किराले कुनै क्षति गर्न सक्दैन । पाँचखालमा बिषादी प्रयोगलाई अत्यन्त कम गर्दै किरालाई नियन्त्रण गरी बिषादि रहित ताजा तरकारी उत्पादन हुन थालेपछि पाँचखालकै तरीकाले काभे्र जिल्लाको साथै अन्यत्र पनि सोही तरिका सुरु गर्ने तयारी भएको छ ।

पाँचखालमा उत्पादन भएको ताजा तरकारीमा बिषादि न्वुनिकरण गर्दै खेतिगर्दा उत्पादन बृद्धि हुनाको साथै खर्च कम आम्दानि बढी भएपछि जिल्लाका अधिकांस कृषकहरुले पाँचखालका कृषकहरुले गरेको कार्यलाई पच्छाउदै अगाडी बढेका छन् । लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा आइ.पि.एम तरिकाबाट खेति गराउने बिषयमा कृषकहरुलाई सचेत गराउदै आएको छ । संस्थाले पाँचखालको बिभिन्न स्थानमा कृषक पाठशाला संञ्चालन गरी आइ.पि.एम तरिकाले खेति गर्ने बिषयमा प्रयोगात्मक तरीका समेत अपनाउने गरेको छ ।

लवग्रीन नेपालले कृषकहरुको हितको लागि समय समयमा कृषि बिज्ञहरुलाई झिकाएर कृषकहरुसंग अन्तक्र्रिया कार्यक्रम समेत गर्ने गरेको छ । त्यसैगरी प्राबिधिकहरुको सहयोगमा आइ.पि.एम तरिकाबाट खेति गराउने कार्य भएको छ । विगत ४ बर्ष अगाडीबाट दक्षीण अफ्रिकामा पाईने गोलभेडामा लाग्ने गबारो किराले दुखदिदा नियन्त्रण हुन नसकि कृषकहरु चिन्तित थिए । तर आइ.पि.एम तरिकाबाट खेति गर्दा सो समस्या समेत हल भएको छ । कृषकहरुले फलफुल तथा तरकारी खेतिमा किरा नियन्त्रण गर्नको लागि (एलो स्टिकर) पासो थाप्ने गरेका छन् । खेतिमा दुःखदिने किराहरु सो पासोमा टासिएर मर्ने हुंदा जिवनासक बिषादि प्रयोग गर्न नपर्ने भएको छ । तरकारी खेति साथै फलफुल खेतिमा फरक फरक ढंगको किराले दुःख दिने भएकोले किराको पहिचान गरी आइ.पि.एम तरीकाले नियन्त्रण गर्ने गरेको छ ।

पाँचखालमा उत्पादन हुने तरकारी तथा फलफुलको बिषयमा लवग्रिन नेपालका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिसंग सम्पर्क राख्दा मानव स्वास्थ्य र वातावरणलाई समेत नोक्सान पु¥याउने बिषादि प्रयोगलाई न्वुनिकरण गर्दै पाँचखालको वातावरण जोगाउने बिषयमा आफुहरु लागेको बताउनु भयो । उहाँले थप्नुभयो “हाम्रो उद्देस्य भनेको वातावरण साथै मानव स्वास्थ्य जोगाउने र कृषकहरुको खर्च घटाउने, आम्दानिमा बृद्धि गराउने हो ” । त्यसको लागि बिषादिलाई अनावस्यक प्रयोगमा रोक लगाउंदै न्वुनिकरण गर्नको लागि जैबिक बिषादी साथै किरालाई नियन्त्रण गर्न बिभिन्न प्रकारका पासोको प्रयोग गरेको बताउनु भयो ।

ज्ञवालिले थप्नुभयो बिषादिलाई न्वुनिकरण गर्नको लागि काम सुरु गरेको दुई बर्ष पनि भएको छैन तर कृषकहरुलाई बिषादीको बारेमा सचेत गराउदा अव पाँचखालमा उत्पादन हुने तरकारीमा कुनै बिषादिको अवशेष नहुने भएको छ । बिभिन्न स्थानहरुमा कृषक पाठशालाहरु संञ्चालन गरी कृषकहरुलाई जागरुक गराउंदा कृषकहरुले आइ.पि.एम तरिकालाई अगाडि वढाएको बताउनु भयो । कृषकहरुको खेतमा धेरै ठाउमा धेरै प्रकारको तरकारीहरु हामै्र निगरानिमा आइ.पि.एम तरिकाबाट खेती गर्दा राम्रोसंग सफल भएको छ । जुन तरिकाबाट खेती गर्दा कृषकको खर्च कम भएको र आम्दानी बढी भएको बताउनु भयो ।

  • काभे्रका कृषकहरु बिषादीको विकल्पमा खेति गर्दै
  • स्वच्छ तरकारी तथा फलफुल उत्पादनमा बृद्धि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0