Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषकले पाउनुपर्ने अनुदान ढाडेले डाकार्यो -गौतम,धुलिखेलमा संवाद कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन ४८१७ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
कृषकले पाउनुपर्ने अनुदान ढाडेले डाकार्यो -गौतम,धुलिखेलमा संवाद कार्यक्रम सम्पन्न

धुलिखेल-प्रविधि र पूँजिमा साना तथा मझौला किसानहरुको पहुँच कत्तिको सहज भन्ने बिषयमा सरोकारवालाहरुसंग सोमबार कृषि ज्ञान केन्द्रको हल धुलिखेलमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा कृषिको अवस्था के कस्तो रहेको साथै सुधारको लागि गरिनु पर्ने पहल कसरी गर्नुपर्ने , कृषि कर्जाको अवस्था साथै विमा कार्यक्रमबाट कृषकहरुले के कस्ता सुबिधा पाएको भन्ने बिषयलाई प्राथमिकतामा राख्दै उक्त संवाद कार्यक्रम संञ्चालन गरेको थियो । संवाद कार्यक्रमबाट कृषकहरु सहज ढंगबाट बैंकमा कृषि कर्जाको लागि जान सक्ने, कृषि अनुदानको कार्यक्रममा सम्बन्धित निकायमा पुग्न सक्ने वातावरण सृजना भएको छ ।

कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित काभे्र जिल्लामा कृषिसंग सम्बन्धित संवाद कार्यक्रमले गर्दा माहुरी पालन, कुखुरा पालन, च्याउ खेती, पुष्प व्यवसाय, बाख्रा पालन, फलफुल खेती, तरकारी खेती, सामुहिक ढंगको कृषि, व्यवसायीक ढंगको कृषि साथै साना व्यक्तिगत ढंगबाट गरीने खेतीको लागि सहज भएको छ । संवाद कार्यक्रबाट सहभागि कृषकहरुले कृषि कर्जा, विमा, राज्यबाट प्राप्त अनुदान समेतको लागि के कस्ता प्रक्रियाहरु पु¥याउनु पर्ने साथै कुन तरिकावाट कृषि कर्म गर्दा फाईदा पुग्ने भन्ने बिषयमा जानकारी प्राप्त गर्ने अवसर मिलेको थियो ।

संवाद समुह काभे्रपलाञ्चाकको आयोजनामा सम्पन्न भएको उक्त संवाद कार्यक्रमको सभापतित्व जिल्ला समन्वय समिति काभे्रका उप—प्रमुख मञ्जु गौतमले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय तहका उप—प्रमुखहरु, बैंकका प्रतीनिधिहरु, कृषि विज्ञहरु, कृषि ज्ञान केन्द्र काभे्रका प्रमुख तथा विमा कंपनिका प्रमुख तथा प्रतिनिधिहरु, संञ्चारकमीहरु र अगुवा कृषकहरुको उपस्थित रहेको थियो ।

संवाद कार्यक्रमका सहजकर्ता एवं सञ्चारकर्मी मधुसुदन गुरागाईले कार्यक्रमको संञ्चालन गर्दै कार्यक्रमको औचित्य र आवश्यकताको वारेमा प्रस्ट्याउनु भएको थियो । कार्यक्रमका सभापति जिल्ला समन्वय समितिका उप—प्रमुख मञ्जु गौतमले वास्तबिक कृषकहरुलाई अनुदानको बिषय जानकारी नहुंदा ढाडेले (गैह कृषक) खाएर डकारेको बताउनु भयो । उहाँले थप्नुभयो त्यस्ता ढाडेरुपी गैह्र कृषकहरुलाई तहलगाउने कार्य यस्ता संवाद कार्यक्रले गर्दा सहज हुने बताउनु भयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण भक्त अधिकारीले राज्यबाट उपलब्ध हुने अनुदान दिन्छौं तर सदुपयोग हुनुपर्ने बताउनु भयो । कृषकहरुको हितको लागि काभे्रमा ११ र सिन्धुपाल्चोकमा ८ कृषि सडक बनाउनको लागि समेत लगानी गर्ने बताउनु भयो । उहाँले थप्नुभयो राज्यबाट वास्तविक कृषकले पाउने अनुदानको सदुपयोगको लागि संवाद कार्यक्रमको ठुलो भूमिका रहन्छ ।

कार्यक्रममा भूम्लु गाउंपालिकाको उप—प्रमुख कल्पना श्रेष्ठले कृषलाई माथि उठाउनको लागि गाउंपालिकाले १ करोड बजेट छुट्याएपनि वास्तविक अगुवा कृषकहरुको संख्या कम भएकोले ५० लाख मात्र खर्च भएको बताउनु भयो । कृषिको लागि महत्वपुर्ण स्थान ज्याम्दी भएकोले सो स्थानमा सिंचाईको व्यवस्था गर्ने तयारी गरेको बताउनु भयो । भूम्लु गाउंपालिकामा बालि विज्ञान शिक्षालय संञ्चालन गरी बुहारिलाई प्राथमिकताका साथमा अध्यापन गर्ने वातावरण मिलाएको बताउनु भयो ।

धुलिखेल नगरपालिका उप—प्रमुख विमला शर्माले स्थानिय सरकारले कृषि क्षेत्रलाई आधुनिकिकरण साथै यान्त्रिककरण गर्दै अगाडि बढाउन नसके समृद्ध नेपाल नवन्ने ठोकुवा गर्नुभयो । कृषिको नाउमा प्रदान गर्ने तालिम तालिममा मात्रै सिमित रहेको पाईएकोले वास्तविक कृषकको पहिचान गरी व्यवहारिक तालिम दिदै कृषक र कृषिलाई सम्मान गरे मात्रै कृषिको क्षेत्र अगाडी बढ्ने बताउनु भयो ।
त्यसैगरी पनौति नगर वरडा नं १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले जिल्लामा रहेको सवै स्थानिय तहले भन्दा पनौती नगरले कृषिमा बढि बजेट व्यवस्था गरेको बताउनु भयो । कृषिको बिकास नभई नगरको विकास नहुने भएकोले कृषिलाई प्राथमिकता दिएको बताउनु भयो । कृषिलाई प्रभावकारी वनाउनको लागि पशुबिमाको साथै बालि विमा अनिवार्य हुनुपर्ने बताउनु भयो । त्यसैगरी पत्रकार महांसंघ प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ देउपुरेले कृषकले उत्पादन गरेको कृषि उपजलाई राज्यवाट समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

संवाद कार्यक्रममा नेपाल बैंक लिमिटेड बनेपा प्रमुख उषा पौडेल, सानिमा बिकास बैंकका शंजय सापकोटा, सिद्धार्थ इन्सोरेन्सका प्रमुख राधाकृष्ण श्रेष्ठले कृषिको लागि सघाउने बताउनु भएको थियो । त्यसैगरी कुखुरा व्यवसायी उद्धवप्रसाद कोईराला, पुष्प व्यवसायी बिरेन्द्र श्रेष्ठ, च्याउ व्यवसायी लक्ष्मी प्रजापति, बाख्रा व्यवसायी राजेन्द्र प्रसाद हुमागाई, मौरी व्यवसायी रुक्मणि अधिकारी लगायतका कृषकहरुले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • कृषकले पाउनुपर्ने अनुदान ढाडेले डाकार्यो -गौतम
  • धुलिखेलमा संवाद कार्यक्रम सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0