Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको तरकारीमा बिषादिको अवशेष छैन- खरेल

प्रभातफेरी अनलाइन ६३०७ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १७, मंगलबार (४ साल अघि)
पाँचखालको तरकारीमा बिषादिको अवशेष छैन- खरेल

आइ.आर.के.मैनाली
पाँचखाल-“पाँचखाल नगर कृषि शहर” भन्ने मुल उद्देश्यका साथमा अगाडी बढेको पाँचखाल नगरमा रहेका कृषकहरुलाई यान्त्रीक तरिकाले खेती गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरेको छ ।

पुरानो तरिकाले खेति गर्दा खर्च वढ्ने भएकोले खर्चलाई कमगर्दै समयको वचत गर्ने उद्देश्यले यान्त्रीक तरिकाले खेति गराउनको लागि पाँचखाल नगरपालिका वडा नं ९ का कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी ट्याक्टर बितरण गरेको छ ।

ट्याक्टर बितरण कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल नगरका कृषकहरुको हितको खातिर नगरले बिभिन्न खाले योजना अघि बढाएको वताउनु भयो । पाँचखालका कृषकहरुले उत्पादन गरेको ताजा तरकारीहरुको बजारीकरण साथै बिक्रि केन्द्रको व्यवस्थाको बारेमा नगरले योजना अगाडी बढाई सकेको बताउनु भयो । सिंचाईको अभावले गर्दा खेतिगर्न केही समस्या भएकोले सो को लागि तात्कालिन र दिर्घकालिन गरी दुई तरिकाले व्यवस्था मिलाउने तयारी गरेको बताउनु भयो । तात्कालिन समस्या समाधानको लागि स्थानिय स्तरमा रहेको खोलानालामा ड्याम बाँधि बर्षातको पानी संकलन गर्ने र सो संकलित पानी हिउंदमा सिंचाईमा परिणत गर्ने र दिर्घकालिन रुपमा सिंचाईको व्यवस्थागर्न इन्द्रावतिको पानी लिफ्ट गरी पाँचखाल ल्याउने बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख खरेलले भन्नुभयो पाँचखालमा उत्पादन भएको ताजा तरकारी तथा फलफुल बिषादी रहित ढंगको उत्पादन भएको छ । लामो समयदेखि पाँचखाल र आसपासको क्षेत्रमा वातावरण संरक्षणको लागि समेत कार्य गर्दै आएको लवग्रीन नेपालसंग नगरले समन्वय गरी आइ.पि.एम तरिकाले खेति गराउने कार्य भएको बताउनु भयो । नगरको बिभिन्न स्थानमा आइ.पि.एम पाठशाला संञ्चालन गर्दै कृषकहरुलाई सचेत गराएको बताउनु भयो । नेपालको बिभिन्न स्थानमा रहेको कृषिको पकेट क्षेत्रहरुमा बिषादी प्रयोगगरी गरेको खेतिमा उत्पादन घटेको तर खर्च बढेको र तरकारीहरुमा बिषादिको अवशेस समेत रहेको बताउनु भयो । त्यस्ता स्थानहरुलाई मध्य नजर राख्दै पाँचखालमा गरीने कुनैपनि प्रकारको खेतिमा बिषादी प्रयोगमा होसियारी अपनाउने वातावरणको निर्माणमा नगरले अग्रसरता गरेको बताउनु भयो । पाँचखालमा यान्त्रीक ढंगबाट खेती गराउन आवश्यक महसुस गर्दै नगरले आगामि बर्ष पुरै नगरलाई यान्त्रिक मय बनाउने लक्ष लिएको बताउनु भयो ।

ट्याक्टर वितरण कार्यक्रमका सभापति एवं पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले आफ्नो वडामा यान्त्रिक तरिकाले खेति गराउने तर्फ ध्यान दिदै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको बताउनु भयो । उहाँले थप्नुभयो विगतको बर्षमा आफु आवद्ध सहकारीबाट २ थान ट्याक्टर वितरण गरी खेति गराउंदा निकै प्रभावकारी भएकोले हाल आएर वडाको तर्फबाट २७ वटा बितरण गरेको बताउनु भयो । पाँचखालमा रहेको सवै वडामा ३ लाख कृषिमा बजेट व्यवस्था गरेको तर वडा नं ९ मा ४ लाख बजेट व्यवस्था भएको र सो ४ लाखले नपुग हुंदा सिम्राडिमा मंन्दिर बनाउन छुट्याईएको १ लाख बजेटलाई समेत वडावासिहरुको सुझावको आधारमा कृषिमा लगानी गर्दै ५ लाख बजेटको व्यवस्था गरेको बताउनु भयो । बजारमा ५५ हजार पर्ने उक्त ट्याक्टर कंम्पनिसंग सिधै सम्पर्क राखि ३७ हजारमा वडा सम्म डेलिभरी गर्ने गरी उपलब्ध गराई ५० प्रतिशत अनुदानमा कृषकहरुसंग १८ हजार ५ सय लिई बितरण गरेको बताउनु भयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो वडाबाट धेरै माग भएपनि पहिलो चरणमा माग अनुसारको उपलब्ध गराउन नसकेको बताउनु भयो । भिरालो जमिनको लागि ७.५ हर्ष पावरको ट्याक्टर सजिलो हुने र समथर जग्गामा १८ हर्ष पावरको सहज हुने भएकोले वेसि भूभागको लागि आगामि बर्ष १८ हर्ष पावरको ट्याक्टर उपलब्ध गराउने तयारी गरेको बताउनु भयो । पाँचखाल नगरको वडा नं ९ धार्मिक दृष्टिकोणले परिचित वडा हो, आगामी समयमा कृषि र पर्यटनको रुपबाट परिचित गराउने कार्यमा जनप्रतिनिधि साथै वडावासिहरु अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा पाँचखाल कृषि शाखा प्रमुख इश्वर अधिकारीले पाँचखाल जहिले सम्म औजार उपकरणको माध्यमबाट खेति सुरु हुंदैन तव सम्म कृषकले खेतिबाट नाफा कमाउन नसक्ने बताउनु भयो । पाँचखालको वडा नं ९ बाट सुरुभएको कृषकलाई वितरण गरिने औजार नगरको सवै वडा सम्म पु¥याउनु पर्ने बताउनु भयो ।

  • पाँचखालको तरकारीमा बिषादिको अवशेष छैन- खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0