मिलन श्रेष्ष्ठ
अध्यक्ष
पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा)
काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक तथा पर्यटनको क्षेत्रको रुपमा परिचित साविक पाँचखाल गा.वि.स वडा नं ६ हाल पाँचखाल नगरपालिका वडा नं ४ लामिडाँडामा पिता गंगासागर श्रेष्ठ तथा माता मिनादेवि श्रेष्ठको कोखबाट २०४४ साल पुष ३ गते जन्मनु भएका मिलन श्रेष्ठ बाल्यकालबाटै सामाजिक सेवा साथै स्थानिय युवाहरुको मार्ग निर्देशकको रुपमा रुची राख्ने स्वभावको व्यक्तित्व रहेको उहांका सहपाठीहरुको भनाई रहेको छ ।
लामिडाँडा स्थित सुनगाभा वोर्डिङ्ग स्कुलबाट कखरा सुरु गर्नुभएका मिलनले आफ्नो अध्ययनको क्रममा दुग्धेश्वरी माध्यमिक विद्यालय हुंदै गोल्डेन फ्युचर अंगे्रजी माध्यमिक विद्यालय बाट एस.एल.सि उतिर्ण गरी बनेपा स्थित काभे्र कलेजबाट उच्च शिक्षा हासिल गर्नु भएको थियो । आफुले शिक्षा हासिलको क्रममा समेत दुव्र्यसनीमा कुनै पनि युवाहरु फस्न नहुने भन्दै युवाहरुलाई सचेत गराउने गरेको उहाँका सहपाठिहरुको भनाई रहेको छ ।
काभे्र कलेजबाट उच्च शिक्षा हासिल गरीसकेपछि रोजगारीको लागि काठमाण्डौ वा अन्यत्र जाँदा आफ्नो जन्मभूमिको सेवा गर्न नसक्ने मनसाय गरी जन्म स्थानमा केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ पाँचखाल र आसपासमा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउने उद्देश्यका साथ २०६६ सालमा स्थानियहरुको सल्लाह र सुझावलाई मध्यनजर राख्दै पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा) को स्थापन गरी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । सामाजिक सेवामा निरन्तर लाग्ने उद्देश्यले पाँचखाल प्राथमिक स्वास्थ्य चौकीका पूर्व अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका मिलन पछिल्ला समयमा व्यवसायलाई पनि सगै अगाडी बढाउने उद्देश्यले न्यू भगवति निर्माण सेवाको प्रोपाईटरको रुपमा समेत रहनु भएको छ । सामाजिक कार्य र व्यवसायको साथमा राजनीतिक क्षेत्रमा समेत अग्रसर हुने क्रममा हाल पाँचखाल नगर तरुणदलको संयोजकको जिम्मेवारी समेत सम्हालिरहनु भएका मिलनसंग पाँचखालमा रहेका युवाहरुलाई नगरको गहनाको रुपमा कसरी परिचय गराउन सकिन्छ भन्ने लगायतको बिषयलाई प्राथमिकता दिँदै ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश…
तपाईले अध्ययन पश्चात रोजगारीको खोजी तर्फ नलागी आफ्नो जन्मभूमिमै रमाउनुको कारण के होला ?
वास्तवमा भन्नुपर्दा आफ्नो दैनिकि समस्या समाधानको लागि रोजगारी जरुरी रहन्छ, घरपरिवारमा रहेका परिवारले पैसा कमाएर सुखका साथ बस्न नरुचाउने कोहि हुदैन । तर समाजमा धेरै किसिमका मानिसहरुले वसोवास गर्छन, कुनै धेरै कमाउने, कुनै भएको सिध्याउने, कुनै जन्मेपछि समाजको लागि पनि केहि गर्नुपर्छ भन्ने हुन्छन् । यस्तो खाले सोचहरुको विकासको लागि परिवारको ठुलो हात रहन्छ । मैले कखरा सिक्दै गर्दा धेरै पढेर जागिर खाएर धेरै पैसा कमाउनु पर्छ भन्ने लाग्थ्यो । तर आफ्नो उमेर बढ्दै जाँदा समयको फेरवदलसंगै पैसा कमाउने कार्यलाई दोस्रो प्राथमिकतामा राख्दै आफुजस्तै युवाहरुलाई सहि मार्गमा डोहो¥याउन सके समाजको गहना नै युवाहरु हुन् भन्ने लाग्यो । मेरो सोचलाई घरपरिवारबाट पनि साथ र हौसला मिल्यो । मेरो बुवा अनि आमाको सोच पनि समाजमा केही गर्नुपर्छ भन्ने खालको थियो । उहाँहरुले देखाएको मार्ग साथै चाहनालाई पूर्ण गराउनको लागि रोजगारीलाई भन्दा आफ्नो जन्मभूमिमा रहेर जन्मभुमिलाई हसाउने कार्यलाई प्राथमिकता दिँदै अगाडी बढेको छु ।
आर्थिक बिना सामाजिक कार्य गर्न सम्भव रहन्छ र ? पैसा विना तपाईको दैनिकी कसरी चल्न सक्छ ?
तपाईले सोध्नु भएको प्रश्न एकदम जटिल छ, वास्तवमै पैसा विना आफ्नो दैनिकी चल्न असम्भव तर मेरो घरपरिवारको साथ र सहयोगको कारण मैले पैसा नकमाउँदा पनि सामाजिक कार्य गर्न सम्भव हुन्छ । पछिल्लो समयमा आएर मैले घरपरिवारलाई मात्रै आर्थिक भार थोपर्नु हुन्न भन्ने मनसायका साथ सामाजिक कार्यको साथमा व्यवसाय पनि थालेको छु । तर मैले गर्ने व्यवसायलाई दोस्रो प्राथमिकता दिएको छु, पहिलो सामाजिक कार्य नै हो । मलाई मेरो बुवाले हर समय भन्ने गर्नुहुन्छ “छोरो भएर जन्मिएपछि समाजमा केही गर्नु पर्छ, पेट भर्ने काम त किराले पनि गर्छ” । बुवाको भनाईलाई मेरो श्रीमतीले पनि अत्यन्त मनन गर्दै पैसा नै सवथोक होईन मानिस भएर जन्मिएपछि समाजमा केही गर्नु पर्छ भन्दै मलाई हौसला दिँदा सामाजिक कार्य गर्न थप सहज भएको छ ।
युवाकै कारण पाँचखाललाई अन्तराष्ट्रिय स्तर सम्म परिचित गराउन सकिन्छ, पाँचखालको विकासका लागि युवाहरु गहना हुन् भन्नुभयो, त्यस्ता गहना रुपी युवाहरुलाई कसरी अगाडी बढाउनु भएको छ ?
वास्तवमै भन्नु पर्दा पछिल्लो समयमा आएर मुलुकको कतिपय स्थान युवाविहिन भएको छ, जहाँ जन्ती मलामी समेत छैनन् । मलामी महिला जानुपर्ने बाध्यता छ, खेतबारीमा जोत्नको लागि महिला अगाडी बढ्नु परेको छ । यस्तो समस्या आउनाको प्रमुख कारण चेतनाको कमी हो, दोस्रो बेरोजगारी, तेस्रोमा युवाहरुलाई सहि मार्ग देखाउने पक्षको अभाव । यस्तै मुलुकका विभिन्न स्थानको दर्दनाक समस्याहरुलाई मध्यनजर गर्दै हामी पाँचखालका युवाहरु सचेत भएका छौं । रोजगारीको नाउमा विदेशमा गएर सुकिला कुल्लि बन्नु भन्दा आफ्नो जन्मभूमिमा रहेर केही गर्नुपर्छ भन्ने खालको चेतना फैलाउने कार्यमा हामी जुटेका छौं । जसले गर्दा पाँचखालका युवाहरु कमै मात्रामा विदेश पलाएन भएका छन् । पाँचखालको गहनाको रुपमा रहेको युवाहरुलाई आफ्नो जन्मभूमि साथै नेपालमानै रहेर कार्य गर्नुपर्छ भन्ने चेतना प्रदान गरेका छौं । कुनै पनि प्रकारको विकृति विसंगतिको अन्त्य गर्दै जन्म भूमिलाई स्वर्ग साथै आफ्नो घरलाई मन्दिर सम्झदै अगाडी बढ्ने कार्यमा जुटेका छौं, जुन कार्यको लागि स्थानियहरुले धेरै साथ सहयोग साथै सुझाव दिनुभएको छ ।
पछिल्लो समयमा कतिपय स्थानमा युवाहरु दुव्र्यसनीमा फसेको, भन्ने धेरै गुनासाहरु आएका छन्, पाँचखालका युवामा दुव्र्यसनीको अवस्था कस्तो छ ?
समयकोे फेरबदल साथै पछिल्ला समयमा आएको बिभिन्न सुबिधा र स्वतन्त्रताले गर्दा देखासेखी गर्ने क्रम मुलुकमा नवढेको होईन । वैदेशिक रोजगारमा जानेहरुले नेपालमा आएर विदेशीको नक्कल साथै मठ मन्दिरमा रहेका साधुहरुको सिको, उच्च तहमा रहेका राजनीतिक दलका नेताहरुदेखि धनाढ्यहरुले चाडवाड साथै भेटघाटको नाउमा गरिने ठुलो खर्च जसमा मदिरा सेवन र खेलवाडले गर्दा युवाहरुमा चेतनाको कमी हुंदा नक्कल गर्ने कार्य मुलुकमा भएको छ । त्यसको असर पाँचखालमा केही मात्रामा नपर्ला भन्न सकिन्न तर त्यस्ता विकृति विसंगति ढंगको कार्यबाट पाँचखालका युवाहरु सचेत रहनु पर्छ भन्ने मिसनका साथमा हामी अगाडी बढेका छौं । जसले गर्दा ५ बर्ष अगाडीका युवा र हालको पाँचखालको युवामा ठुलो भिन्नता छ ।
त्यसो भए पाँचखालमा विकृति विसंगति साथै दुव्र्यसनीको अन्त्य नै भैसकेको हो त ?
मैले भन्नु भन्दा पनि तपाईहरु मिडियाकर्मी आफै मुल्याङ्कन गर्नोस । ५÷७ बर्ष अगाडीको पाँचखालका युवा र हालको पाँचखालका युवाहरु । विगतमा हुने वादविवाद, झैझगडा र हालको अवस्था, विगतमा सामाजिक कार्यमा युवाको सहभागिता र हालको अवस्था । ५÷७ बर्षको अवधिमा मुलुकका विभन्न स्थानमा युवाहरु दुव्र्यसनीको सिकार साथै विकृति विसंगतिमा अग्रसरता, विभिन्न घटनाहरुमा युवाहरुको सहभागिता हुदै गरेको सुन्नमा आउंदा पाँचखालका युवाहरुको कुनै पनि घटनामा संलग्न भएको सुन्नमा नआउनुका कारण पाँचखालमा रहेका आम अभिभावकहरुको सुझाव साथै साथ सहयोगको आधारमा हामी युवाहरु अगाडी बढ्नु हो । आजको अवस्थामा पाँचखालमा रहेका तमाम युवाहरुको पहिलो उद्देश्यनै पाँचखाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु हो ।
मुलुकका विभिन्न स्थानका युवाहरुले पाँचखालमा रहेका युवाहरु नगरका गहना हुन भन्ने सन्देश दिँदै हामीले गरेको सकारात्मक कार्यको सिको गर्दै अगाडी बढुन भन्ने हामी पाँचखालका युवाहरुको चाहना हो । पछिल्लो समयमा आएर हामी पाँचखालका युवाहरुसंग कुनै राजनीतिक वा जातीय भेदभाव छैन । विचार आ—आफ्नो हुन सक्छ, धर्म तथा संस्कृति आ—आफ्नै हुन सक्छ तर पाँचखालको हितको लागि कार्य गर्दा सवै प्रकारको धर्म सवै प्रकारको विचार एकै ठाउमा केन्द्रित हुन्छौं । कुनै पनि मन्दिरमा दर्शन गर्न जाँदा हामीले लगाएको जुत्ता मन्दिरको बाहिर राखेर दर्शन गरेजस्तै सामाजिक कार्यमा जुट्दा हामीले विचारलाई सुरक्षीत रुपमा बाहिरै राख्ने गरेका छौं र गर्छौं । विचारको आधारमा अगाडी बढ्नुपर्ने समय निर्वाचनमा हो, सो समयमा हामी आफ्नो विचारको आधारमा अगाडी बढ्छौं तर पनि सवै प्रकारको विचार बोक्ने युवा साथीहरुको सहकार्यमा नै हामी युवाहरु जुट्दै आएका छौं र जुट्छौ पनि ।
प्रसंग बदलौं, तपाई पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा) को अध्यक्षको हैसियतले खेलकुदको क्षेत्रमा के कस्ता विकास गर्नुभयो ?
तपाईको यो प्रश्नले ०६५ सालतिर फर्कन बाध्य पा¥यो, जतिखेर हामी युवाहरुलाई लामिडाँडाका हाम्रा अग्रज दाईहरु ऋषिकेश श्रेष्ठ र पदमकेश श्रेष्ठ लगायतले पाँचखालमा युवाहरुले नयाँ शिराबाट अगाडी बढ्नुपर्ने सुझाव साथै हौसला दिँदै गर्दा आम पाँचखालका स्थानिय, शिक्षासेवी, समाजसेवी, बुद्धिजिवि, राजनैतिक दलका अगुवाहरु, व्यवसायिहरु लगायतले पाँचखालका युवाहरुलाई सहि मार्गमा डोहो¥याउन अथक पहल गर्दै गरेको क्षण हो । जुन समयमा आम पाँचखालवासीको चाहाना थियो, पाँचखालका युवाहरुलदाई गहनाको रुपमा विकास गर्नुपर्छ जसले गर्दा नवयुवाहरु समेत सहि मार्गमा हिड्न सकुन जसले गर्दा दुव्र्यसनी लगायतको विकृति र विसंगतिलाई अन्त्य गर्न सफल रहुन भन्ने थियो ।
हामी युवाहरुको अभिभावकको रुपमा रहनुभएका आम पाँचखालवासीको चाहनालाई पुर्ण गराउने उद्देश्यले हामी पाँचखालका सम्पुर्ण युवाहरु जुट्दै खेलकुदको माध्यमबाट अगाडी बढ्ने प्रण गरेउ । तर खेल मैदानको अभावले गर्दा समस्यामा परिरहेको अवस्थामा हाम्रा अभिभावकहरुको सुझावकै आधारमा पाँचखाल चौकीको नजिक रहेको सिमेन्ट कारखानाले माटो लिनको लागि प्रयोग गरेको तर पछिल्लो समयमा सिमेन्ट कारखाना बन्द भएपछि खेर गएर रहेको जग्गालाई खेल मैदानमा उपयोग गर्ने निर्णय ग¥यौं । पुरै खाल्डाखुल्डी भएर बेरुप भएको उक्त जग्गालाई सम्याउन हामीसँग आर्थिक अभाव भयो । सो आर्थिक अभावलाई सहजताको लागि हाम्रा अभिभावकहरुको सहयोगमा ठुलो धनरासी खर्चीएर खेल मैदानको सुरुवात गर्दै खेलकुदको क्षेत्रको माध्यमबाट युवाहरुलाई समेट्दै अगाडी बढेउ ।
हाल त तपाईहरुले प्रयोग गर्दै आएको खेल मैदान व्यक्तिको नाउमा छ भन्ने सुन्नमा आएको छ, यो अवस्थामा कसरी खेल मैदानमा प्रयोग गर्नु हुन्छ ?
हो सो खेल मैदान व्यक्तिको नाउमा गएको छ रे, तर सो जग्गाको व्यवस्थापन गर्न हामी पाँचखालका युवाहरुकोे पसिनाले माटो भिजेको छ, हाम्रा अभिभावकहरुको सहयोगमा ठुलो धनरासी खर्च भएको छ, जसको कारण सो जग्गाको महत्व बढेको छ । हाम्रो कारणले जग्गाको संरक्षण साथै महत्व बढेको र विगे्रको जग्गालाई व्यवस्थित गरेको कुरा जग्गावालाले पनि बुझेको छ जस्तो लाग्छ । हामीले खेल मैदान प्रयोग गरी रहेका छौं । जग्गावालाहरुले सो खेल मैदानको विकल्पमा मैदान व्यवस्था गरिदिने वचन दिदै सम्झौता पत्र पनि तयार भएको छ । तर सम्झौता पत्रअनुसार कार्य अगाडी बढेको छैन । हाम्रा अभिभावकहरुको त्यति धेरै रकम सहयोग गरेर व्यवस्था गरेको मैदान छोडाउने बिषयमा जग्गावालाले केहीनकेही सोचेकै होला, हामीलाई विगतमा सहयोग गर्ने हामी युवाहरुका अभिभावकको रुपमा रहनु भएका आम पाँचखालवासीको सुझाव र सल्लाह विना साथै सम्झौता लागु नभएसम्म खेल दैदान प्रयोग गरिरहन्छौं ।
अब त पाँचखालमा क्षेत्रीय खेल मैदान निर्माण हँदै छ भन्ने सुन्नमा आएको छ, सो मैदान भएपछि हालको खेल मैदानलाई प्रयोगमा नल्याउँदा नि हँुदैन ?
पाँचखाल प्रहरी चौकी पछाडी क्षेत्रीय खेल मैदान निर्माण हुँदैछ, प्रदेश सरकारले ९१ लाख वजेट विनियोजन गरेपछि मैदान बन्ने कार्यको सुरुवात भएको छ । जुन कार्यको लागि प्रदेश सांसद लक्ष्मण लम्साल पाँचखाल नगरका प्रमुख महेश खरेलले खेल्नु भएको भुमिका पाँचखालका खेलपे्रमी युवाहरुको हितमा रहेको छ । तर सो क्षेत्रिय खेल मैदान तयार भयो भन्दैमा विगत लामो समयदेखि खेल दैदानको रुपमा रहेको मैदान छोडीहाल्नु पर्छ भन्ने होईन । हाल हामीले प्रयोग गर्दै आएको खेल मैदान केही मात्रामा व्यक्तिको नाममा भएपनि अरु सार्वजनिक जग्गा छ । जग्गावालाले गरेको सम्झौता अनुसार हामीलाई केही जग्गा उपलब्ध गराउनु भो भने सानो खेल मैदान हालको स्थानमा समेत चलिरहन्छ ।
खेलकुदको माध्यमबाट युवाहरुलाई अगाडी बढाउन के कस्ता चुनौतीहरु आए ?
सुरुका दिनहरुमा धेरै चुनौतीहरुको सामना गर्नु प¥यो । जतिखेर खेल मैदान थिएन, खेल मैदानको अभावले गर्दा खेलाडिहरु थिएन । हामीले बाहिरबाट खेलाडीहरु झिकाएर पनि खेल सञ्चालन गर्नु प¥यो । विस्तार खेलकुदलाई व्यवस्थापन गर्दै जाने क्रममा युवाहरुलाई सहि मार्गमा डोहो¥याउन सफल भयौं । पाँचखाल र आसपासका केही युवाहरु संगतको कारण दुव्र्यसनी तर्फ आकर्षण भएको हो की भन्ने आभाष भएकोले त्यस्ता शंकाको घेरामा परेका युवाहरुलाई थप खेलकुदको क्षेत्रमा समावेश गराउंदै सामाजिक हितको कार्यमा हिडाउन सफल भयौं । हामीले पाँचखाललाई परिचय दिलाउने उद्देश्यका साथ राष्ट्रिय स्तरीय फुटबलको आयोजना गरेका थियौं । स्थानिय हाम्रा तमाम सुभचिन्तक साथै मिडियाका साथीहरुको सहयोगले गर्दा सहज, सौहार्द ढंगबाट सफल भयो ।
त्यसैगरी पाँचखालकै पहिचानको लागि पाँचखाल महोत्सवको आयोजना गरी पाँचखालको भेषभुषा साथै पाँचखालमा रहेको धर्म संस्कृति साथै ऐतिहासिक मठ मन्दिरको पहिचान गराउन सफल भयौं । पछिल्लो समयमा स्थापना भएको पाँचखाल उद्योग बाणिज्य संघमा आबद्ध सम्पुर्ण उद्योगीहरुको साथ सहयोग साथै पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीको सुझावको आधारमा नव वर्षको दिनमा पाँचखालका युवाहरु साथै आम पाँचखालवासी साथै आसपासका क्षेत्रका स्थानियलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी पाँचखालका युवाहरुले पर्व मनाउने नाउमा अन्यत्र भौतारिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सफल भएका छौं । बृहत साँस्कृतिक कार्यक्रमको दिन पाँचखालका राननीतिज्ञ व्यक्तित्व रुद्रबहादुर वानियाँको निधनले गर्दा हामी आयोजक युवाहरु मर्माहित हुँदै श्रद्धाञ्जलीको लागि साँस्कृतिक कार्यक्रमलाई विचमै बन्द गर्दै सवयात्रामा सहभागि भयौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |