logo
२०८३ अषाढ ३२, बिहिबार |
📰
🔍

स्पेन र अर्जेन्टिना विश्वकप २०२६ को फाइनलमा आमनेसामने हुने

प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: १७ घण्टा अघि (१७ घण्टा अघि)
स्पेन र अर्जेन्टिना विश्वकप २०२६ को फाइनलमा आमनेसामने हुने

काठमाडाैं, स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेका छन्। दुवै टोलीले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। स्पेनका लागि मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे।

यता दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनायो। खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए।

एक गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले पुनरागमन गर्दै दुई गोल गर्यो र रोमाञ्चक जित हात पार्यो। खेलका क्रममा निको गोन्जालेजको प्रहार इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए भने एलेक्सिस म्याक एलिस्टेरका दुई प्रहार पोस्टमा लागेका थिए।