logo
२०८३ अषाढ ३१, बुधबार |
📰
🔍

दक्षिण एसियाली कराते प्रतियोगिताका लागि नेपाली टोली बंगलादेश प्रस्थान

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
दक्षिण एसियाली कराते प्रतियोगिताका लागि नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं — १० औँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागिता जनाउन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ। प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा जुलाई १५ देखि १९ तारिखसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालबाट ८० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाउन लागेको जनाएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष तथा राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायत कराते क्षेत्रका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा उँचो बनाउने विश्वास आयोजक तथा खेलकुद अधिकारीहरूले व्यक्त गरेका छन्।